back
CTIZAN AD

आन्तरिक पर्यटकले नयाँ वर्षसँगै गुराँस उत्सव पनि सँगै मनाए

वि.सं.२०७६ वैशाख २ सोमवार

591 

shares

२ वैशाख, बागलुङ ।  यहाँको पर्यटकीय लेक घुम्टेमा आयोजित ‘गुराँस उत्सव’मा प्रकृतिप्रेमी पर्यटक रमाएका छन् । उत्सव हेर्न पुगेका आन्तरिक पर्यटकले नयाँ वर्ष पनि सँगै मनाए । तीन हजार १२० मिटर उचाइबाट नयाँ वर्ष–२०७६ लाई स्वागत गरे ।

शनिबार र आइतबार गरी दुई दिनसम्म गुराँस उत्सव चलेको आयोजक गलकोट घुम्टे पर्यटन विकास केन्द्रले जनाएको छ । गुराँस फुल्ने याम र नयाँ वर्षको अवसर पारेर केन्द्रले विगत सात वर्षदेखि ‘गुराँस उत्सव’ गर्दै आएको छ । वसन्तमा फुल्ने थरीथरीका गुराँसले घुम्टेको जङ्गल राताम्मे हुने गर्छ ।

घुम्टेको प्रवद्र्धन र राष्ट्रिय फूल लालीगुराँस संरक्षणको सन्देश दिन उत्सव आयोजना गरिएको केन्द्रका अध्यक्ष झङ्कबहादुर बस्नेतले बताए । वर्षको अन्तिम सूर्यास्त र नयाँ वर्षको पहिलो सूर्योदय हेर्न कतिपय अघिल्यै दिन घुम्टे पुग्छन् ।

बढीजसो पर्यटक नयाँ वर्षको दिन घुम्टे चढ्ने गरेका छन् । उत्सवको पहिलो दिन शनिबार पदयात्रा, अवलोकन भ्रमण, ‘क्याम्प फायर’ र सांस्कृतिक साँझको आयोजना गरिएको थियो । आइतबार सूर्योदय अवलोकन, पूजापाठ, झण्डोत्तलन, मौलिक कला, संस्कृतिकोे प्रदर्शनीसहित मूल समारोह सम्पन्न भएको केन्द्रले जनाएको छ । केन्द्रले घुम्टेलाई ‘गुराँसको पहाड’ र वैशाख १ गतेलाई ‘राष्ट्रिय लालीगुराँस दिवस’ घोषणा गर्न सरकारसँग माग गर्दै आएको छ ।

विसं २०७० मा घुम्टेको धुरीमै मैत्रीपूर्ण पर्यटन भेला गरी केन्द्रले घुम्टेको पर्यटन प्रवद्र्धन शुरु गरेको थियो । धार्मिक, प्राकृतिक र जैविक हिसाबले महत्वपूर्ण मानिने घुम्टेको पर्यटकीय विकासमा गुराँस उत्सवले टेवा पु¥याएको छ ।

केन्द्रले घुम्टेलाई पर्यटकीय क्षेत्र घोषणा गर्ने, संरक्षित वनक्षेत्र बनाउने र जडीबुटीको अध्ययन केन्द्र बनाउने योजना अघि सारेको छ । “पर्यटकीय गन्तव्यमा सूचीकृत गराउन पहल भइरहेको छ”, केन्द्रका वरिष्ठ उपाध्यक्ष राज थापाले भने ।

मन्दिर पुनःनिर्माण, पदमार्गलगायत पर्यटकीय पूर्वाधार निर्माणको काम भइरहेको केन्द्रले जनाएको छ । सरकारी निकायको सहयोग र स्थानीयको जनश्रमदानमा हाल घुम्टेसम्म जाने छ किलोमिटर पदमार्ग निर्माण भइसकेको छ ।

घुम्टेको धुरीदेखि तल देउरालीसम्म सडक पु¥याउने योजना गलकोट नगरपालिकाले बनाएको छ । गलकोट नगरपालिका र ताराखोला गाउँपालिकाको सीमामा पर्ने घुम्टेमा वैशाखे पूर्णिमामा परम्परागत मेला लाग्दै आएको छ ।

उक्त मेला भर्न हजाराँै पर्यटक तथा भक्तजन घुम्टे चढ्छन् । पौराणिककालमा पाण्डवले घुम्टेमा तपस्या गरेको जनश्रुती पाइन्छ । सदरमुकाम बागलुङ बजारदेखि ५० किमि मोटरको यात्रापछि तीन घण्टाको पैदलदूरीमा घुम्टे पुगिन्छ ।

वि.सं.२०७६ वैशाख २ सोमवार १०:५८ मा प्रकाशित

स्वीकृत विदेशी लगानीको १४ प्रतिशत मात्रै भित्रियो

स्वीकृत विदेशी लगानीको १४ प्रतिशत मात्रै भित्रियो

काठमाडौँ । नेपालमा स्वीकृत विदेशी लगानीको तुलनामा वास्तविक भित्रिने रकम...

राष्ट्रपति रनिङ शिल्डः भीमदत्तलाई उपाधि

राष्ट्रपति रनिङ शिल्डः भीमदत्तलाई उपाधि

महेन्द्रनगर । जिल्लास्तरीय १६औँ राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिताको उपाधि...

म्याग्दीको गाजनेमा व्यावसायिक स्याउखेती

म्याग्दीको गाजनेमा व्यावसायिक स्याउखेती

म्याग्दी । म्याग्दीको बेनी नगरपालिका–५ गाजनेमा जिल्लामै पहिलो पटक व्यावसायिक...

पटक-पटक म्याद थप्दा पनि सात वर्षदेखि लेदुवा खोलाको पुल अधुरै

पटक-पटक म्याद थप्दा पनि सात वर्षदेखि लेदुवा खोलाको पुल अधुरै

धरान (सुनसरी) । धरान उपमहानगरपालिका–५ स्थित देवी गाउँको लेदुवा खोलामा...

४० लाख मूल्य बराबरको अवैध समानसहित दुई पक्राउ

४० लाख मूल्य बराबरको अवैध समानसहित दुई पक्राउ

सिरहा । सशस्त्र प्रहरी बल नेपालले सिरहाको सीमावर्ती क्षेत्रमा ठूलो...