back
CTIZAN AD

विद्यालय भर्ना अभियानलाई सफल बनाउन शिक्षामन्त्रीको आग्रह

वि.सं.२०७६ वैशाख ३ मंगलवार

648 

shares

३ वैशाख, काठमाडौ ।  शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले विद्यार्थी भर्ना अभियान २०७६ लाई सफल बनाउन सरोकारवाला सबैसँग आग्रह गरेका छन् । सोमबार सार्वजनिक ‘अपिल’ जारी गर्दै उनले ज्ञानको ज्योति बाल्ने यस महान अभियानमा आ-आफ्नो स्थानबाट खुला हृदयले सरिक भई विद्यालय बाहिर रहेका बालबालिकालाई विद्यालयमा प्रवेश गराउने वातावरण तयार गर्न आम नेपाली दाजुभाइ दिदीबहिनीलाई अनुरोध गरेका छन् ।

उनले अभियानलाई प्रभावकारी बनाउन विगतमा जस्तै सरकारी तथा गैरसरकारी क्षेत्र, राजनीतिक दल, सामाजिक सङ्घसंस्था एवं उद्योगी, व्यवसायी, अभियन्ता, शिक्षक, विद्यार्थी, अभिभावक, राष्ट्रसेवक, जनप्रतिनिधिसहित सिङ्गो नेपाल परिचालित हुनुपर्ने आवश्यकता औल्याएका छन् ।

शैक्षिक सत्र २०७६ का लागि सञ्चालन भइरहेको विद्यार्थी भर्ना अभियानबाट विद्यालय उमेर समूहका कुनै पनि बालबालिका विद्यालय शिक्षाबाट वञ्चित नहुने अवस्था सिर्जना गरिनुपर्नेमा जोड दिँदै मन्त्री पोखरेलले विद्यालय उमेर समूहका सबै बालबालिकालाई विद्यालय शिक्षाको अवसर सुनिश्चित गर्न र शैक्षिक गुणस्तर अभिवृद्धि गर्नका लागि विद्यार्थी भर्ना अभियान महत्वपूर्ण ढोका भएको बताएका छन् ।

“यस ढोकाबाट विद्यालयमा प्रवेश गरेका सबै बालबालिकालाई गुणस्तरीय सिकाइ अवसर प्रदान गर्ने र अपेक्षित सिकाइ क्षमता विकास गर्ने दायित्व आम शिक्षक वर्गसँगै विद्यालय व्यवस्थापन समिति, अभिभावक तथा सरोकारवाला र सरकारी तथा गैरसरकारी क्षेत्र सबैमा रहेको छ”, शिक्षामन्त्रीको अपिलमा भनिएको छ ।

यस वर्षको विद्यार्थी भर्ना अभियानसँगै सामुदायिक विद्यालय सुधार तथा रुपान्तरणको अभियानमा जुट्ने प्रतिबद्धता व्यक्त गर्दै शिक्षामन्त्री पोखरेलले मन्त्रालयले १० बुँदे मार्गचित्र, २२ बुँदे कार्ययोजनासँगै हरित विद्यालय, नमूना विद्यालय, प्राविधिक विद्यालय, लक्षित छात्रवृत्ति, निःशुल्क पाठ्यपुस्तक, शिक्षक तालीम, अभिभावक सचेतनाजस्ता कार्यक्रम तथा अवधारणा कार्यान्वयनसँगै साक्षर नेपाल घोषणाको तयारीसमेत भइरहेको बताए ।

विद्यालय उमेर समूहका विद्यालय बाहिर रहेका बालबालिकालाई अभियानकै रुपमा विद्यालयमा प्रवेश गराउने कार्यक्रमका रुपमा विसं २०६१ देखि प्रत्येक वर्ष वैशाखदेखि विद्यार्थी भर्ना अभियान सञ्चालन हुँदै आएको छ । शैक्षिकसत्र २०७६ का लागि ‘हाम्रो नगर हाम्रो गाउँ, सबै बाबालिकालाई विद्यालय पु¥याऔँ’ भन्ने आदर्श वाक्य चयन गरी सोमबारबाट भर्ना अभियान २०७६ शुरु भइसकेको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले यही वैशाख १६ गतेसम्म विद्यालय भर्ना अभियान सञ्चालन गर्ने निर्णय गरेको थियो । त्यस्तै हरेक वर्ष वैशाख २ गतेलाई ‘विद्यालय भर्ना’ दिवसका रुपमा मनाउने निर्णय पनि गरेको थियो ।

वि.सं.२०७६ वैशाख ३ मंगलवार ०९:२१ मा प्रकाशित

अवरुद्ध तातोपानी नाका जोड्ने सडकको इको खण्ड खुल्यो

अवरुद्ध तातोपानी नाका जोड्ने सडकको इको खण्ड खुल्यो

सिन्धुपाल्चोक । पहिरोका कारण ४० दिनदेखि अवरुद्ध चीनसँगको प्रमुख व्यापारिक...

काँग्रेसले महिला उद्यमशीलता सम्मेलन आयोजना गर्दै

काँग्रेसले महिला उद्यमशीलता सम्मेलन आयोजना गर्दै

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको...

स्याङ्जामा बोलेरो जिप दुर्घटना हुँदा दुईको मृत्यु, १० जना घाइते

स्याङ्जामा बोलेरो जिप दुर्घटना हुँदा दुईको मृत्यु, १० जना घाइते

स्याङ्जा । स्याङ्जाको गल्याङ नगरपालिका–८ करादीस्थित भित्री सडकखण्डमा बोलेरो जिप...

उद्धव थापालाई पदमुक्त गर्न उजुरीसहित प्रमुख सचेतक तामाङले प्रदेशसभा सचिवालय बुझाइन पत्र

उद्धव थापालाई पदमुक्त गर्न उजुरीसहित प्रमुख सचेतक तामाङले प्रदेशसभा सचिवालय बुझाइन पत्र

हेटौँडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की बागमती प्रदेश प्रमुख सचेतक...

संवेदनशील विषयमा बयान र खानतलासीको भिडियो सार्वजनिक गर्न तत्काल रोक लगाउन पूर्वउपप्रधानमन्त्री श्रेष्ठको आग्रह

संवेदनशील विषयमा बयान र खानतलासीको भिडियो सार्वजनिक गर्न तत्काल रोक लगाउन पूर्वउपप्रधानमन्त्री श्रेष्ठको आग्रह

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका नेता तथा पूर्वउपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठले...

मुख्यमन्त्री थापालाई विश्वासको मत दिने–नदिने विषयमा राप्रपामा फरक–फरक ह्विप, ‘फ्लोर क्रस’को सम्भावना

मुख्यमन्त्री थापालाई विश्वासको मत दिने–नदिने विषयमा राप्रपामा फरक–फरक ह्विप, ‘फ्लोर क्रस’को सम्भावना

काठमाडौँ । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापालाई विश्वासको मत दिने–नदिने...