back
CTIZAN AD

हज गर्न साउदी जानेहरुका लागि अत्यन्त जरुरी सूचना

वि.सं.२०७६ वैशाख ३ मंगलवार

672 

shares

 

३ बैशाख, काठमाण्डौं । साउदी अरबको मक्का मदिनामा यो वर्ष हजगर्न जानेहरुका लागि गृहमन्त्रालयले अन्यन्त जरुरी सूचना सार्वजनिक गरेको छ ।

यो वर्ष हजका लागि साउदी जाने हजयात्रीहरुले अनिवार्य रुपमा सम्बन्धीत निकायमा पुगेर आफ्नो फिंगर प्रिन्ट (औठाछाप) दिन गृहमन्त्रालयले अनुरोध गरेको छ ।

फिंगर प्रिन्ट नदिने आवेदकहरुलाई हजका लागि साउदी पठाउन नसकिने भन्दै गृहमन्त्रालयले बैशाख २ गते (सोमबार) यस्तो सूचना जारी गरेको हो । ‘फिंगर प्रिन्ट नदिने आवेदकहरुलाई हजयात्रामा पठाउन नसकिने भएकोले देहायका मिति र स्थानमा सम्पर्क गरी छनौट भएका हजयात्रीले आफ्नो सक्कल राहदानी सहित अनिवार्य रुपमा उपस्थितिका लागि यो सूचना जारी गरिएको छ ।’ मन्त्रालयद्धारा जारी सूचनामा भनिएको छ ।

यसका लागि २०७६ बैशाख ९ र १० गते जिल्ला प्रशासन कार्यालय बाँके, नेपालगन्ज, जिल्लाहरु बाँके र दाङ । जेठ १२ र १३ गते, जिल्ला प्रशासन कार्यालय कपिलवस्तु तौलिहवा, जिल्लाहरु कपिलवस्तु र अर्घाखाँची । बैशाख १५ र १६ गते काठमाडौंको तकिया जामे मस्जिद, घण्टाघर, काठमाडौं, जिल्ला काठमाडौं, ललितपुर र नुवाकोट । बैशाख २७ र २८ गते जिल्ला प्रशासन कार्यालय रुपन्देही र भैरहवा, जिल्लाहरु रुपन्देही, नवलपरासी पूर्व, नवलपरासी पश्चिम र पाल्पा । बैशाख ३० र ३१ गते जिल्ला प्रशासन कार्यालय कास्की पोखरा, जिल्लाहरु कास्की, तनहुँ, स्याङजा र गोरखा ।

जेठ २ र ३ गते जिल्ला प्रशासन कार्यालय सिरहा, लाहान जिल्लाहरु सप्तरी र सिरहा, । जेठ ८ र ९ गते जिल्ला प्रशासन कार्यालय धनुषा, जनकपुरधाम, जिल्लाहरु धनुषा र महोत्तरी । जेठ ११ र १२ गते जिल्ला प्रशासन कार्यालय रौतहट, गौर, जिल्लाहरु सर्लाही र रौतहट । जेठ १४ र १५ गते जिल्ला प्रशासन कार्यालय पर्सा, विरगन्ज, जिल्लाहरु बारा र पर्सा रहेका छन् ।

 

वि.सं.२०७६ वैशाख ३ मंगलवार ०९:०५ मा प्रकाशित

अवरुद्ध तातोपानी नाका जोड्ने सडकको इको खण्ड खुल्यो

अवरुद्ध तातोपानी नाका जोड्ने सडकको इको खण्ड खुल्यो

सिन्धुपाल्चोक । पहिरोका कारण ४० दिनदेखि अवरुद्ध चीनसँगको प्रमुख व्यापारिक...

काँग्रेसले महिला उद्यमशीलता सम्मेलन आयोजना गर्दै

काँग्रेसले महिला उद्यमशीलता सम्मेलन आयोजना गर्दै

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको...

स्याङ्जामा बोलेरो जिप दुर्घटना हुँदा दुईको मृत्यु, १० जना घाइते

स्याङ्जामा बोलेरो जिप दुर्घटना हुँदा दुईको मृत्यु, १० जना घाइते

स्याङ्जा । स्याङ्जाको गल्याङ नगरपालिका–८ करादीस्थित भित्री सडकखण्डमा बोलेरो जिप...

उद्धव थापालाई पदमुक्त गर्न उजुरीसहित प्रमुख सचेतक तामाङले प्रदेशसभा सचिवालय बुझाइन पत्र

उद्धव थापालाई पदमुक्त गर्न उजुरीसहित प्रमुख सचेतक तामाङले प्रदेशसभा सचिवालय बुझाइन पत्र

हेटौँडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की बागमती प्रदेश प्रमुख सचेतक...

संवेदनशील विषयमा बयान र खानतलासीको भिडियो सार्वजनिक गर्न तत्काल रोक लगाउन पूर्वउपप्रधानमन्त्री श्रेष्ठको आग्रह

संवेदनशील विषयमा बयान र खानतलासीको भिडियो सार्वजनिक गर्न तत्काल रोक लगाउन पूर्वउपप्रधानमन्त्री श्रेष्ठको आग्रह

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका नेता तथा पूर्वउपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठले...

मुख्यमन्त्री थापालाई विश्वासको मत दिने–नदिने विषयमा राप्रपामा फरक–फरक ह्विप, ‘फ्लोर क्रस’को सम्भावना

मुख्यमन्त्री थापालाई विश्वासको मत दिने–नदिने विषयमा राप्रपामा फरक–फरक ह्विप, ‘फ्लोर क्रस’को सम्भावना

काठमाडौँ । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापालाई विश्वासको मत दिने–नदिने...