
३ बैशाख, काठमाण्डौं । साउदी अरबको मक्का मदिनामा यो वर्ष हजगर्न जानेहरुका लागि गृहमन्त्रालयले अन्यन्त जरुरी सूचना सार्वजनिक गरेको छ ।
यो वर्ष हजका लागि साउदी जाने हजयात्रीहरुले अनिवार्य रुपमा सम्बन्धीत निकायमा पुगेर आफ्नो फिंगर प्रिन्ट (औठाछाप) दिन गृहमन्त्रालयले अनुरोध गरेको छ ।
फिंगर प्रिन्ट नदिने आवेदकहरुलाई हजका लागि साउदी पठाउन नसकिने भन्दै गृहमन्त्रालयले बैशाख २ गते (सोमबार) यस्तो सूचना जारी गरेको हो । ‘फिंगर प्रिन्ट नदिने आवेदकहरुलाई हजयात्रामा पठाउन नसकिने भएकोले देहायका मिति र स्थानमा सम्पर्क गरी छनौट भएका हजयात्रीले आफ्नो सक्कल राहदानी सहित अनिवार्य रुपमा उपस्थितिका लागि यो सूचना जारी गरिएको छ ।’ मन्त्रालयद्धारा जारी सूचनामा भनिएको छ ।
यसका लागि २०७६ बैशाख ९ र १० गते जिल्ला प्रशासन कार्यालय बाँके, नेपालगन्ज, जिल्लाहरु बाँके र दाङ । जेठ १२ र १३ गते, जिल्ला प्रशासन कार्यालय कपिलवस्तु तौलिहवा, जिल्लाहरु कपिलवस्तु र अर्घाखाँची । बैशाख १५ र १६ गते काठमाडौंको तकिया जामे मस्जिद, घण्टाघर, काठमाडौं, जिल्ला काठमाडौं, ललितपुर र नुवाकोट । बैशाख २७ र २८ गते जिल्ला प्रशासन कार्यालय रुपन्देही र भैरहवा, जिल्लाहरु रुपन्देही, नवलपरासी पूर्व, नवलपरासी पश्चिम र पाल्पा । बैशाख ३० र ३१ गते जिल्ला प्रशासन कार्यालय कास्की पोखरा, जिल्लाहरु कास्की, तनहुँ, स्याङजा र गोरखा ।
जेठ २ र ३ गते जिल्ला प्रशासन कार्यालय सिरहा, लाहान जिल्लाहरु सप्तरी र सिरहा, । जेठ ८ र ९ गते जिल्ला प्रशासन कार्यालय धनुषा, जनकपुरधाम, जिल्लाहरु धनुषा र महोत्तरी । जेठ ११ र १२ गते जिल्ला प्रशासन कार्यालय रौतहट, गौर, जिल्लाहरु सर्लाही र रौतहट । जेठ १४ र १५ गते जिल्ला प्रशासन कार्यालय पर्सा, विरगन्ज, जिल्लाहरु बारा र पर्सा रहेका छन् ।
वि.सं.२०७६ वैशाख ३ मंगलवार ०९:०५ मा प्रकाशित