back
CTIZAN AD

मन्त्री विष्ट भन्छन,स्थानीय सरकारलाई थप बलियो बनाउँछौँ

वि.सं.२०७६ वैशाख ४ बुधवार

933 

shares

४ वैशाख, गलकोट । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले स्थानीय सरकारलाई थप बलियो बनाउन वर्तमान सरकार लागिपरेको बताएका छन् । बागलुङ जिल्लाको गलकोट नगरपालिकाले आज बिहान आयोजना गरेको स्वागत कार्यक्रममा मन्त्री विष्टले केन्द्रीय सरकारले चालेको आयोजना स्थानीयस्तरमा आउँदा प्रभावकारी नहुने परिपाटीको अन्त्यका लागि स्थानीय सरकारलाई थप जिम्मेवार बनाउने बताए ।

उनले स्थानीय सरकारलाई काम गर्न दिँदा छिटो विकास हुने बताउँदै ठूला योजनाबाहेक सबै योजनालाई स्थानीय सरकारबाटै कार्यान्वयनमा ल्याउने बताए । मन्त्री विष्टले यही वैशाख १ गते गलकोटको विभिन्न क्षेत्रमा बाढीले पु¥याएको क्षतिको विवरण प्राप्त हुँदासाथ केन्द्रीय सरकारले राहत प्रदान गर्ने प्रतिबद्धतासमेत व्यक्त गरेका थिए ।

मन्त्री विष्टले एक पालिका र अर्को पालिकाबीच समन्वय गरेर ठूला योजनाको प्रस्तावना ल्याएमा आफूले सहयोग गर्ने भन्दै तत्काल गलकोटमा १५ श्ययाको अस्पताल बनाउनका लागि पहल गरिने बताए । उनले सामाजिक सुरक्षाको दायरा बढाउँदै लैजाने प्रतिबद्धता व्यक्त गरेका थिए ।

कार्यक्रममा नगरप्रमुख भरत शर्मा गैरेले नगरपालिकामा अस्पताल, कार्यालयका लागि जग्गा प्राप्ति तथा लोकमार्गको मापदण्डका बारेमा मन्त्री विष्टलाई जानकारी गराएका थिए । उनले नगरपालिकाको विकास योजनाको प्रस्तावनापत्र मन्त्री विष्टलाई हस्तान्तरण गरेका थिए । कार्यक्रममा गण्डकी प्रदेशसभा सदस्य इन्द्रलाल सापकोटा, चन्द्रसागर बुढालगायतको उपस्थिति रहेको थियो ।

वि.सं.२०७६ वैशाख ४ बुधवार १२:३५ मा प्रकाशित

भोटेकोशी र त्रिशूलीमा जोखिम कायमै

भोटेकोशी र त्रिशूलीमा जोखिम कायमै

काठमाडौं । गृह मन्त्रालयअन्तर्गतको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन...

बाढी अपडेट : भोटेकोशीको बाढी देवघाट पुग्यो, नदी तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह

बाढी अपडेट : भोटेकोशीको बाढी देवघाट पुग्यो, नदी तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह

काठमाडौं । रसुवाको भोटेकोशीमा आएको बाढी अहिले नारायणी नदी हुँदै...

रसुवा बाढी : हेलिकप्टर, ड्राने र कुकुरको साहायता लिएर खोजी तथा उद्धार

रसुवा बाढी : हेलिकप्टर, ड्राने र कुकुरको साहायता लिएर खोजी तथा उद्धार

काठमाडौँ । रसुवामा आएको बाढीबाट प्रभावितहरूको खोजी तथा उद्धारको कार्यलाई...

प्रधानमन्त्री बालेन्द्रद्वारा बाढी प्रभावित क्षेत्रका सांसदसँग परामर्श

प्रधानमन्त्री बालेन्द्रद्वारा बाढी प्रभावित क्षेत्रका सांसदसँग परामर्श

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट...

उद्धार तथा राहतमा जुट्न अनेरास्ववियू (क्रान्तिकारी) र वाइसिएलको अपिल

उद्धार तथा राहतमा जुट्न अनेरास्ववियू (क्रान्तिकारी) र वाइसिएलको अपिल

काठमाडौं । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी)ले रसुवाको...

बाढी प्रभावित क्षेत्रमा हेलिकप्टरबाट उद्धार गर्न जिल्ला प्रशासनलाई निर्देशन

बाढी प्रभावित क्षेत्रमा हेलिकप्टरबाट उद्धार गर्न जिल्ला प्रशासनलाई निर्देशन

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण भोटेकोशी र...