
गोरखा समाज अष्ट्रेलियाले नयाँ वर्षको अवसर पारेर बार्बिक्यू तथा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गरेको छ ।
अप्रिल १४ तारिक (बैशाख १ गते) नयाँ बर्षको अवसर पारेर आयोजना गरिएको सिड्नीको ब्लयाक्सल्याण्ड, ओलम्पिक पार्कमा सय भन्दा बढिको सँख्यामा गोर्खालीहरु तथा अन्य ब्यक्तित्वहरूको उपस्थितिमा उक्त कार्यक्रम सम्पन्न गरिएको सस्थाले जनाएको छ ।
बिदेशमा रहेर पनि बिभिन्न सामाजिक कार्यहरू गर्दै आएको उक्त सस्थाले आपसि भाईचारा, सामाजिक सद्भाब र नेपाली नयाँ बर्षको शुभकामना आदान प्रदान गर्ने अभिप्रायले यस कार्यक्रमको आयोजना गरिएको सस्थाका अध्यक्ष त्रिलोचन पोखरेलले बताए ।
गत बर्ष अगष्ट २६ तारिकका दिन गोरखा समाज अष्ट्रेलियाले अष्ट्रेलियामै पहिलोपटक गाई जात्रा कार्यक्रम सम्पन्न गरेको थियो ।
नेपाली हिन्दु समाज अष्ट्रेलियाको सहयोगमा संयुक्त रूपमा सम्पन्न उक्त कार्यक्रमबाट कार्यक्रमको खर्च कटाएर बचत रकम अष्ट्रेलियाको सिड्नीमा निर्माण हुन लागेको नेपाली मन्दिर निमाणार्थ सहयोग गर्ने घोषणा गरेको थियो । यहि अनुरूप कार्यक्रमको सम्पूर्ण खर्च कटाएर बचेको १६३५ डलर गोरखा समाज अष्ट्रेलिया र नेपाली हिन्दु समाज अष्ट्रेलियाबाट संयुक्त रूपमा नेपाली मन्दिर समितिकी अध्यक्ष मीना शर्मालाई हस्तान्त्रण गरिएको थियो ।
कार्यक्रमा बिभिन्न खेलकुदहरुका साथै अन्य मनोरञ्जनका कार्यक्रमहरु पनि आयोजना गरिएको थियो ।

संस्थाले आगामी जुन ६ मा रक्तदान कार्यक्रम र अगष्ट १७ मा दोस्रो गाई जात्रा कार्यक्रम आयोजना गरिने घोषणा समेत गरेको छ ।
कार्यक्रम सफल बनाउन उपस्थित हुने र कार्यक्रलाई सहयोग गर्नुहुने सम्पूर्णमा सँस्थाले हार्दिक धन्यबाद प्रकट गरेको छ ।

वि.सं.२०७६ वैशाख ४ बुधवार १२:४३ मा प्रकाशित






























