back

इजिप्टका राष्ट्रपतिको शासन लम्ब्याउन संसदमा मतदान

वि.सं.२०७६ वैशाख ४ बुधवार

39 

shares

४ बैशाख, कायरो । इजिप्टको संसदले राष्ट्रपति अब्देल फताह अल-सिसीको शासनकाल सन् २०३० सम्म लम्ब्याउन सक्ने गरी संविधान संशोधन प्रस्ताव पारित गरेको छ ।

राज्य सञ्चालित सञ्चार माध्यमका अनुसार, संसदले देशको सेनालाई मुलुकको राजनीतिक मामिलामा प्रवेश गराउने तथा न्यायपालिकामाथि राष्ट्रपतिले बढी नियन्त्रण गर्न पाउने प्रावधान समेत पारित गरेको छ । राष्ट्रपति सिसी देशको सैनिक नेतृत्वबाट राजनीतिमा प्रवेश गरेका थिए ।

संसदले पारित गरेको संविधान संशोधनसम्बन्धी प्रस्तावलाई जनमतसङ्ग्रह मार्फत अनुमोदन गरिनेछ । तर जनमतसङ्ग्रहको मिति भने घोषणा गरिएको छैन ।

वर्तमान संवैधानिक व्यवस्था अनुसार सन् २०१८ मा निर्वाचित भएका राष्ट्रपति अल–सिसीको कार्यकाल निर्वाचित भएको मितिबाट छ वर्षमा सकिनेछ । संविधान संशोधन भएपछि उनी अर्काे छ वर्षे कार्यकालका लागि पुनः निर्वाचित हुन सक्नु हुनेछ ।

सभामुख अलि अब्देल आलले संविधान संशोधनको पक्षमा ५३१ तथा विपक्षमा २२ मत परेको जानकारी दिएका थिए ।

राष्ट्रपति सिसीले सन् २०१३ मा जननिर्वाचित राष्ट्रपति मोहमद मोर्सीलाई सैनिक बलमा पदच्यूत गरी राष्ट्रपति बन्नु भएको थियो ।

सिसी सन् २०१४ को राष्ट्रपति निर्वाचनमा विजयी हुनुभएको थियो भने सन् २०१८ को मार्चमा सम्पन्न निर्वाचनमा पनि ९७ प्रतिशतभन्दा बढी मत पाएर विजयी भएका थिए ।
विपक्षी राजनीतिक व्यक्तिहरुमाथि दमन गरेको आरोप राष्ट्रपति सिसीमाथि लाग्ने गरेको छ ।

सांसदहरुले राष्ट्रपति सिसीले जतिसक्दो चाँडो राजनीतिक, आर्थिक तथा सुरक्षाका विषयमा महत्वपूर्ण सुधारका कार्यहरु गर्ने अपेक्षा राखेका छन् ।

वि.सं.२०७६ वैशाख ४ बुधवार १२:४४ मा प्रकाशित

बस दुर्घटना हुँदा थाइल्यान्डमा १४ जनाको मृत्यु, ३५ जना घाइते

बस दुर्घटना हुँदा थाइल्यान्डमा १४ जनाको मृत्यु, ३५ जना घाइते

बैंकक । थाइल्यान्डमा बस दुर्घटना हुँदा १४ जनाको मृत्यु भएको...

हिमपातका कारण म्युनिखमा ७०० उडानहरू रद्दः बस-रेल सेवा स्थगित

हिमपातका कारण म्युनिखमा ७०० उडानहरू रद्दः बस-रेल सेवा स्थगित

म्युनिख । भारी हिमपातका कारण शनिबार जर्मनीको म्युनिख विमानस्थल हुँदै...

पेरुको खानीमा आक्रमण हुँदा ९ जनाको मृत्यु, १५ घाइते

पेरुको खानीमा आक्रमण हुँदा ९ जनाको मृत्यु, १५ घाइते

लिमा । उत्तरी पेरुको ला लिबर्टाड विभागको पोडेरोसास्थित खानीमा शनिबार...

‘नेपालबाट इन्डोनेशिया प्रवेश गर्दा स्टिकर भिषा अनिवार्य’

‘नेपालबाट इन्डोनेशिया प्रवेश गर्दा स्टिकर भिषा अनिवार्य’

काठमाडौँ । नेपाल हेर्ने इन्डोनेशियाको ढाकास्थित दुतावासले नेपालबाट इन्डोनेशिया प्रवेश...

गाजाबाट थप १२ बन्धक रिहा

गाजाबाट थप १२ बन्धक रिहा

गाजापट्टी (प्यालेस्टिनी अधिनस्थ क्षेत्र) । प्यालेस्टिनी बन्दीहरूको बदलामा थप बन्धक...

गाजामा युद्धविराम मध्यस्थता प्रयास जारी

गाजामा युद्धविराम मध्यस्थता प्रयास जारी

गाजा,जेरुसेलम । विद्यमान इजराइल–हमास मानवीय युद्धविरामलाई अगाडि बढाउन मध्यस्थता प्रयासलाई...