५ वैशाख, काठमाडौँ । मलेसियामा जारी आइसिसी यु १९ विश्वकप छनोटको अन्तिम खेल नेपालका लागि दुर्भाग्यपूर्ण नियती बनेको छ । आगामी वर्ष दक्षिण अफ्रिकामा हुने यु १९ विश्वकपमा खेल्ने नेपालको आशा पछिल्लो दुर्भाग्यले पछाडि धकेलिएको छ ।
अन्तिम खेलमा युएईले ओमानलाई १० विकेटले पराजित गरेसँगै नेपाली सपना सपनै भएको छ । नेपाल युएईसँग १ रनले पराजित भएपछि पछ्याएको दुर्भाग्य फेरि युएईले ओमानलाई १० विकेटले हराएसँगै झन जहरिलो बनेको छ ।
रनरेटका आधारमा विश्वकपको यात्रा तय गर्नसक्ने नेपाली आशा युएईले थप अंक थपेसँगै समाप्त भएको हो । अहिले नेपाल अन्तिम सान्त्वना खेल कुवेतसँग खेलिरहेको छ ।
वि.सं.२०७६ वैशाख ५ बिहीवार १३:५३ मा प्रकाशित