
८ बैशाख, काठमाडौं । नेपाल आयल निगमले अन्तराष्ट्रिय बजारमा मूल्य घट्दा या बढ्दा पेट्रोलियम पदार्थको मूल्य समायोजन गर्ने नीति अवलम्बन गरेको थियो । तर, दुई महिना यता निगम पेट्रोलियम पदार्थको मूल्य समायोजन गर्न इच्छुक देखिएको छैन । उपभोक्ता हितमा भन्दा नाफाका निम्ति आफ्नै नीति विरुद्ध आयल निगम उभिएको छ ।
इन्धनको मूल्य समायोजन नगर्दा निगम दुई महिना यता ‘आकर्षक’ नाफामा छ । निगमले माघ १९ पछि मूल्य समायोजन गरेको छैन । माघ १९ मा निगमको मासिक नाफा दुई अर्ब ३२ करोड थियो । निगमको मासिक नाफा ६० करोड पुगेको छ ।
निगमले २०७१ असोजदेखि स्वचालित मूल्य प्रणाली कायान्वयनमा ल्याएको थियो । उक्त प्रणाली अनुसार अन्तराष्ट्रिय बजारमा थपघट हुने इन्धनको मूल्यका आधारमा निगमले पनि १५ दिनमा उपभोक्त मूल्य कायम गर्नुपर्छ । आइतबारको अन्नपूर्णपोष्ट दैनिकमा राजेश बर्माले लेखेका छन् ।
वि.सं.२०७६ वैशाख ८ आइतवार ०७:१९ मा प्रकाशित