back
CTIZAN AD

व्यक्तिवाद नफ्याँकेसम्म समाजवादमा पुगिदैन

वि.सं.२०७६ वैशाख ९ सोमवार

879 

shares

नियमित प्रशिक्षण, प्रशिक्षित कार्यकर्ता र जन आकर्षण बढाउने कम्युनिष्ट सभ्यतालाई ठिक ढंगले योजनाबद्द रुपमा लागु गर्न सक्नु पर्दछ । यसो हुन सक्यो भने जनताका बिच पार्टीको छविमा धुमिल बढ्न पाउँदैन एकातिर भने समाजवादको यात्रामा गैरसमाजवादीको रुपान्तरण हुने सम्भावना रहन्छ । बिभिन्न कम्युनिष्ट समुहमा रहेका सबै कामरेडहरुमा भाइचारा, मित्रता र आत्मियता बढदै नेपाललाइ सबै खाले शोषणबाट मुक्त पार्ने अभियानमा नजिकिदै एक हुन सकौ । सबैमा यहि छ शुभकामना ।

नेपाली कम्युनिष्ट आन्दोलन आज ७० बर्ष मा प्रवेश गरिसकेको छ । यस अघिको समिक्षामा लामो बहश गरिरहनु त्यति सान्दर्भिक छैन तथापी यो ७० बर्षमा मा हामीले भोगको तीता, अप्ठ्यारा र प्रतिकूलतालार्ई मिठा, सहजता र अनुकुलतामा बदल्न आजको दिनले हामीलार्ई घच्घच्याइरहेको छ । हामी पुरानै मान्यतामा, पुरानै पाराले र घुमिफिरी उस्तै र उहि ठाउँमा रहन सक्दैनौं । त्यसकारण पनि हामीले फेरि शून्य ठानेर, मानेर वा पाटी पुनर्गठनको तयारी भनेर चित्त बुझाउन सक्दैनौं । हामीले बि सं २००६ देखि नै नेपाली समाजको आमुल परिवर्तनका लागि धेरै मोर्चा मार्फत अनेकौ लडाइ लडिसकेका छौं र देश तथा जनताको समृद्धिका कुरा दोहो¥याइरहेका पनि छौं । कामरेड पुष्पलाल, निरंजन गोबिन्द बैध्य, नर बहादुर कर्माचार्य, नारायणबिलास जोशि, मोतीदवी हरुबाट स्थापीत कम्युनिष्ट आन्दोलनलाइ सकार,सदन,सडक र भुमिगत मोर्चामा पनि प्रभावकारी बनाउन सकेकै छौ ।

स्थापना पछाडी नेपाली कम्युनिष्ट आन्दोलन मुलत २ धारको बिचबाट परीमार्जित हुदै आएको छ । नेकपाका तत्कालीन महासचिव केशरजंग रायमाझिले नेतृत्व गरेको राजाबादी रायमाझी धार र बाचुन्जेलसम्म सर्वहारावर्गीय अडानमा लडदै आएका नेकपाका संस्थापक पुष्पलालको जनबादी गणताीन्त्रक धार मुख्य प्रतिनिधि धारहरु हुन । रायमाझि धारको एक उपधार राजतन्त्रलाइ प्रगतिशिल ठान्दै कम्युनिष्टहरु संग नजिक रहंदै आयो भने अर्को उपधार लम्पट सामान्तबादमा परीणत भयो । यता पुष्पलालको कम्युनिष्ट धार भित्र जनबादी गणतन्त्रको कट्ठर धार र समय सापेक्ष सुधार तथा परीमार्जन सहितको अर्को धार मुख्यरुपमा देखापर्दै आए । तत्कालीन झापा बिद्रोह, मालेले चलाएका वर्गसंघर्षहरु, तत्कालीन चौम, मशाल र मसालका वर्गसंघंसमुखी गतिबिधिहरु, १० बर्षको जनयुद्द र अहिले बिप्लव नेतूत्वको नेकपा जनबादीगणतन्त्र पक्षिय धार हुन भने तत्कालीन माक्सवादी, २०४७ पछि बनेको एमाले, २०६५ को एमाओबादी तथा हालको नेकपाले दोस्रो धारको प्रतिनिधित्व गर्दछन । मुख्यत पुष्पलाल स्कुलिंगको ठान्ने यी दुबै उपधारभित्र पार्टी, गुट र उपगुटहरुको समिकरण बेला मौकामा परीवर्तन हुदै आएको पनि देखीन्छ ।

समाजबाद भजन होइन ब्यबहार
आज हामी झण्डै दुइ तिहाइको सरकार गठन सहित विधि र पद्दति संस्थागत गराउने क्रममा पुगेका छौ । अभ्यास आफैंमा संक्रमण भएकाले संक्रमणका समयमा अरु धेरै चीजको अपेक्षा गर्नु संभव थिएन भन्नेमा केही सत्यता पनि छ । तर, अब मुलुकले यो वा त्यो बहानामा प्रगतिको रथलार्ई घिस्रेको वा घिसारेको मात्रै देख्न सक्तैन । हाम्रो प्रगतिको रथलार्ई संविधानले नै बाटो कोरीदिएको छ । यतिबेला प्रमुख र जिम्मेवार राजनैतिक दलहरु समाजवादबाट तल झर्ने स्थितिमा छैनन् भने धर्म निरपेक्षता र संघीयतालार्ई उल्ट्याउने तागत पनि कसैसँग छैन । तर समाजबाद शब्द भजेर, राखेर, जपेर वा गाएर मात्रैे यात्रा शुरु भएको भन्न सकिदैँन । राष्ट्रको नेतृत्व गर्नेहरुको प्रतिवद्धता, आचरण र व्यवहारबाट मात्र समाजवादको आधार सुदृढ हुने गर्दछ । हाम्रो सन्दर्भमा भन्नु पर्दा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष तथा सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओली तथा कामरेड प्रचण्डमा पनि व्यक्तिवादी स्वार्थ, उपगुटका घेरा र गुटहरुका बाध्यता तोडेर सहमतीय संस्कृतिमा निपुर्णता ल्याउने आँट अझै बढ्न जरुरी छ । त्यसो त नेकपाका नेता माधब नेपाल, झलनाथ खनाल, बामदेव गौतम, नारायणकाजी श्रेष्ठ, विष्णु पौडेल, रामबहादुर थापा र इश्वर पोखरेल लगायतका सचिवालय सदस्य, स्थायी समितिदेखि केन्द्रीय सदस्य एवं पार्टी सदस्य सम्मबाट व्यक्तिवाद मुक्त व्यवहार संप्रेषण हुन जरुरी छ । नेपाली कम्युनिष्ट आन्दोलन ब्यक्तिबादी महारोग र संपति थुपार्ने भयानक संक्रमणबाट थला परेको छ ।

प्रश्नहरुको उत्तर खोजौ
आज हाम्रा सामु प्रश्न निकै उठेका छन । नेताहरुको बिचार र ब्यबहारबाट प्रश्न थपिदै गएका पनि छन, समाजको ऐतिहासिक विकास बारे हाम्रो दृष्टिकोण ऐतिहासिक द्वन्दवादमा आधारित छ कि दैवी लिलामा ? ,सामाजिक अन्तर्बिरोध र त्यसको समाधानको बाटो वर्ग संघर्षलाई मान्छौं कि वर्ग समन्वयलाई ? हाम्रो रणनैतिक गन्तव्य दलाल पूँजीवादी बाटो हुदै साम्राज्यवाद हो कि समाजवादी बाटो हुदै वैज्ञानिक साम्यवाद अर्थात हामी प्रतिक्रियावादी दलाल पूँजीपति वर्गको सत्ताका पक्षपाती कि सर्वहारा र श्रमजीवी वर्गको सत्ताका, कम्युनिस्ट पार्टीको मूल नेतृत्वको राजनैतिक, आर्थिक, सामाजिक तथा सांस्कृतिक रुपान्तरण सर्वहारा श्रमजीवी रुपान्तरण खोइ ? निजी सम्पत्तिका लागि भ्रष्टाचार, छलकपट तथा मरीहत्ते गर्नेहरु कसरी कम्युनिस्ट हुन्छन ? समाजवादी सरकार हुन्छ की सत्ता (भरत शर्मा)जस्ता प्रश्नको उत्तर दिन सक्नै पर्दछ भने नेपाली समाजको अन्तरबिरोध, पार्टी संचालनमा लेनीनबादी सिद्धान्तको प्रयोग ,नेपाली क्रान्तिको अबको कार्यक्रम, समाजबादका अवरोधहरुको अन्त्य, अन्तराष्टिय सम्बन्ध र कुटनीति लगायतका बिषयमा पनि सुष्पष्ट मार्गचित्र बनाइनु पर्दछ ।

रुपान्तरण नै एकमात्र बिकल्प
सरकारको नेतृत्व गरेको र मूलधारको पार्टीका रुपमा रहेको नेपाल कम्युनिष्ट पार्टी नेकपाका मुख्य नेताहरुले आफूहरु साम्यवादी आर्दश र समाजवादी बाटोबाट बिचलित नहुने बताइरहेपनि नेतृत्वका कथनी र करणीले शंसय र अविस्वासहरु उठेका छन् । तथापि नेपाली जनताको मतद्धारा अनुमोदित ठूलो शक्तिका उच्च तहका नेताहरुबाट आसा र विस्वास नगर्नुको पनि विकल्प छैन । नेताहरुमा रहेको व्यक्तिवाद नै समाजवाद कार्यान्वयनको मुख्य अबरोधक हुने हुँदा नेतृतव्ले व्यक्तिवाद पूरै रुपमा हटेको देखाउन सक्नुपर्दछ । व्यक्तिवाद राखेर सामुहिक संस्कृति बन्दै नबन्ने भएकोले यसलाई मुख्य रुपमा र जोड गर्दै फाल्नु पर्दछ । नेतृत्वको रुपान्तरणका लागि विधि, नीति र पद्दति बसाल्नु पर्दछ । तर, यसका लागि विधि भित्र रहेर अन्तरपार्टी जनवादको अभ्यास गराइरहनु पर्दछ ।

उत्पादन र स्वाधिनता
आज मुलुक नोकरशाही पूँजीवादले पूरै थला परेको छ । उत्पादन मार्फत् पूँजीको विकास गर्ने संस्कृति निकै कमजोर छ र पार्टीभित्र पनि राज्य वा सरकारको छाप यहि विकृतिबाट गाँजिएको छ । पार्टीका प्रत्येक तहका बैठकहरुमा आ–आफ्नो तह (संघ, प्रदेश, जिल्ल, पालिका वा वडासम्म) गत विकासका संभावना र उत्पादन तथा बजारीकरणमा जोड दिने परिपाटी बसालिन जरुरी छ । देश र माटोप्रति बफादार कार्यकर्ताको पंक्ति बनाउन जरुरी छ । अहिलेको सन्दर्भमा भन्नुपर्दा आ–आफ्ना तहबाट सुव्यवस्थित योजना बनाई ८–१० लाख कम्युनिष्ट सदस्य र समर्थकलाई उत्पादनमा जोडाउन जरुरी छ । जनताको तहबाट आइरहेको छ कि, राष्ट्रियता कमजोर नै, निर्धक्क भन्दा नेता रिसाउँछ कि भनेर जनता वा कार्यकर्ता डराउने स्थिति उस्तै भएकाले गणतन्त्र पनि सुदृढ छैन भने जनजीविका रेमिट्यान्स सँग गाँसिएको छ । यस्तो अवस्थामा आत्मनिर्भर–स्वाधीन र समाजवादी अर्थ व्यवस्था बनाउन सकिदैन भन्ने बुझेर उत्पादन, आत्मनिर्भरता, स्वाधीनता र समृद्दिको कोर्षमा मुलुक लैजान सबै परिचालित हुन जरुरी छ ।

निर्वाचन प्रणालिको पुनरावलोकन
अर्को बहश प्रश्न निर्वाचन प्रणालीसँग जोडिएको छ । वडादेखि संघ सम्म चुनाव लड्नेले गर्नु परेको खर्च, राज्यको खर्च र जनता वा मतदाताको खर्च जोड्दा सबै गम्भीर हुनुपर्ने स्थितिमा छौं । इतिहास, पृष्ठभूमि, योगदान, जनमैत्री वा व्यवहार र आचरण असल भएको कयौं व्यक्तिहरु अहिलेको चुनावी प्रणालीबाट भाग्न परिरहेको छ भने जसरी पनि निर्वाचन जित्ने अभियानमा पसेर चुनावै जितेका जनप्रतिनिधिहरु पनि चुनाव खर्चका कारण टाउको समाउन वा नचाहिँदा बहकाउमा लाउन बाध्य भएका छन् । त्यसैले निर्वाचन प्रणाली सुधार अहिले मूल मुद्दा बनाउनु पर्दछ ।

विप्लवलाई वार्तामा
अहिले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सत्तामा रहे पनि मोहन बैद्य नेतृत्वको नेकपा, क्रान्तिकारी, नारायणमान बिजुक्छे नेतृत्वको नेमकिपा, मोहनविक्रम सिंह नेतृत्वको नेकपा मसाल, सीपी मैनाली नेतृत्वको नेकपा, गोपाल किराँती नेतृत्वको नेकपा माओवादी केन्द्र तथा अन्य माक्र्सवादी र माओवादी ट्याग झुण्ड्याइएका केही साना समूहहरु गैरसंसदीय, संसदीय र वर्ग संघर्षको कार्यनीतिमा लागिरहेका छन् भने देशैभरी प्रभाव पु¥याउने हैसियतमा विप्लव नेतृत्वको नेकपाले एकिकृत जनक्रान्तिको ट्रायल गरिरहेको बताएको छ । यी सबै समूहहरुलाई सम्मान गर्दै मैत्रीपूर्ण रुपले कार्यगत एकता वा पार्टी एकताको तहसम्म नेकपाले आव्हान गर्न सक्नु पर्दछ भने विप्लव समूहलाई राज्यको आँखाबाट होइन, शसक्त कम्युनिष्ट समूहका रुपमा स्वीकार्दै वार्ताबाटै समाधानमा जोड दिनुपर्दछ ।

नियमित प्रशिक्षण, प्रशिक्षित कार्यकर्ता र जन आकर्षण बढाउने कम्युनिष्ट सभ्यतालाई ठिक ढंगले योजनाबद्द रुपमा लागु गर्न सक्नु पर्दछ । यसो हुन सक्यो भने जनताका बिच पार्टीको छविमा धुमिल बढ्न पाउँदैन एकातिर भने समाजवादको यात्रामा गैरसमाजवादीको रुपान्तरण हुने सम्भावना रहन्छ । बिभिन्न कम्युनिष्ट समुहमा रहेका सबै कामरेडहरुमा भाइचारा, मित्रता र आत्मियता बढदै नेपाललाइ सबै खाले शोषणबाट मुक्त पार्ने अभियानमा नजिकिदै एक हुन सकौ । सबैमा यहि छ शुभकामना ।

वि.सं.२०७६ वैशाख ९ सोमवार १२:०२ मा प्रकाशित

हेटौंडा कपडा उद्योग एक वर्षमै ‘सेतो हात्ती’ बन्न सक्ने भन्दै पूर्व प्रशासकको सरकारलाई सुझाव

हेटौंडा कपडा उद्योग एक वर्षमै ‘सेतो हात्ती’ बन्न सक्ने भन्दै पूर्व प्रशासकको सरकारलाई सुझाव

न्यौपानेका अनुसार हेटौंडा कपडा उद्योगसँगै विगतमा बन्द भएका अन्य सरकारी...

१२ वर्ष देखी नेपाली फुटबल खेलेका आइभरी कोस्टका खेलाडीको स्वदेश फर्किन सहयोगको अपिल

१२ वर्ष देखी नेपाली फुटबल खेलेका आइभरी कोस्टका खेलाडीको स्वदेश फर्किन सहयोगको अपिल

काठमाडौँ । नेपाली फुटबलमा विगत १२ वर्षदेखि सक्रिय रहेका आइभरी...

गैरआवासीय नेपालीलाई नागरिकसरह समान अधिकार दिन आग्रह गर्दै निर्मल पुर्जाले लेखेका थिए स्टाटस

गैरआवासीय नेपालीलाई नागरिकसरह समान अधिकार दिन आग्रह गर्दै निर्मल पुर्जाले लेखेका थिए स्टाटस

काठमाडौं । पाकिस्तानको काराकोरम पर्वत शृङ्खलामा रहेको ८,०५१ मिटर अग्लो...

What Nepal Can Learn from China’s Agricultural Transformation

What Nepal Can Learn from China’s Agricultural Transformation

When people think about China's agricultural transformation, they often imagine...

जिम्बु थकाली रेष्टुरेन्टले गुरुग्राममा शाखा सञ्चालनमा ल्याउँदै

जिम्बु थकाली रेष्टुरेन्टले गुरुग्राममा शाखा सञ्चालनमा ल्याउँदै

जिम्बु थकाली रेष्टुरेन्टले भारतको हरियाणा राज्यस्थित गुरुग्राममा आफ्नो पहिलो अन्तर्राष्ट्रिय...

सापटी दिएको पैसा फिर्ता माग्दै समाजसेवी थापाले भने ….

सापटी दिएको पैसा फिर्ता माग्दै समाजसेवी थापाले भने ….

काठमाडौं । अमेरिकामा बसोबास गर्दै आएका नेपाली समाजसेवी हेम थापाले...