back
CTIZAN AD

मगर संघ युके यूएचएसबी शाखाको बैठक सम्पन्न

वि.सं.२०७६ वैशाख ११ बुधवार

651 

shares

२२ अप्रिल २०१९ का दिन मगर भवन फान्ब्रोमा मगर संघ यूकेको यूएचएसबी शाखाको पहिलो बैठक अध्यक्ष श्रीमती हेमा रानाको अध्यक्षतामा सम्पन्न भएको छ । सचिव बिर बलालको सञ्चालनमा सम्पन्न बैठकले बिभिन्न नयाँ कार्ययोजना तर्जुमा गर्दै कार्यसमितिमा केही सदस्यहरुलाई मनोनित गरिएको छ ।

बैठकले श्रीमती पार्वती थापा काउचा, श्रीमती जमुना रानाका साथै श्रीमती सुनिता भुजेललाई नयाँ कार्यसमितिलाई स्वागत गरेको  छ । सोही बैठकले केन्द्रीय मगर संघ युकेमा नवनिवाचित अध्यक्ष यस साखाको संस्थापक अध्यक्ष रहेका ले।री। सुनिल राना तथा उनकी धर्मपत्नी मगर महिला लेडिज कमिटीका सस्थापक संयोजक श्रीमती गोमा राना र महिला उपाअध्यक्ष छबिमाया पुनलाई खादा र पुष्पगुच्छाको साथ बधाई तथा शुभकामनाका साथ सम्मान गरेको थियो ।

शाखाले आउँदो कार्यकालको निम्ती ट्रष्टी र सल्लाहकार नियुक्ति साथै शाखा महिला कमिटीका अध्यक्ष श्रीमती भिमा ढेगाको नेतृत्वमा कार्यसमितिले पनि महिला समिती सल्लाहकार चयन गर्दै स्वागत तथा सम्मान समारोह सम्पन्न गरेको छ ।

ट्रष्टीहरूमा : अध्यक्ष हेमा राना, सचिव बिर बलाल, कोषाध्यक्ष गणेश बुढाथोकी, केन्द्रका पूर्वअध्यक्ष मेजर रि. कुल थापा, शाखाकै पूर्वअध्यक्ष क्याप्टेन ताम ढेगा, सस्थापक उपाध्यक्ष ओम थापा काउचा नियुक्ती भएका हुन् ।

कार्यसमितिको सल्लाहकारमा निबर्तमान अध्यक्ष लेख राना ,क्याप्टेन रि बिर बहादुर गाहा मगर, टेक थापा, निबर्तमान उपाध्यक्ष नरेश थापा, बेल बुढाथोकी, हिरा पुन, पूर्वयस शाखाकी मगर महिला लेडिज कमिटीका निबर्तमान अध्यक्ष श्रीमती पदम थापा नियुक्त भएका छन । साथै शाखाको  मगर महिला लेडिज कमिटीको सल्लाहकार समितिमा नर्मती पुन, केन्द्रकी महिला उपाध्यक्ष छबिमाया पुन, सस्थापक सयोजक गोमा राना, पदम थापा,जमुना गर्भुजा, मिना राना, शान्ती थापा, सिता थापा, हरिकला थापा, हेमा राना, चयन भएका छन् ।

त्यस्तै बैठकले बिषेस नया युवाहरूसँग कसरी प्रभावकारी सहकार्य गर्न सकिन्छ भन्दै युवाहरूको सुझावका लागि छलफल गरेको थियो । बेलायतमा बर्षमा हुने एक मात्र नेपाली ओप्न कन्सर्ट नेपाली खुला मैदान साँस्कृतिक कार्यक्रम यही आउँदो १ जुन २०१९ लाई भब्य सफल पार्न साखाले के कसरी सहयोग पुराउन सकिन्छ भन्ने विषयमा छलफल  समेत गरेको थियो  । साथै सोही कार्यक्रमको निम्ती आर्थिक सहयोगको लागी पहिलो दिनमै -(sponsor) £2,503 संकलन गर्न सफल भएको छ ।

सोहि अवसरमा कोषाध्यक्ष गणेश बुढाथोकीले संस्थाको आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । उनले सबैलाई सस्थाको सदस्य बन्र अनुरोध गदै आउँदो नेपाली ओपन कन्सटलाइ भब्य सफल बनाउन आफ्नो स्वेच्छाले स्पोन्सर लिइदिन अनुरोध गर्दै आर्थिक सहयोगमा हातेमालो गर्नका लागि आह्वान गरेका थिए ।

नयाँ कार्यसमितिले आफुहरूको नयाँ कार्ययोजना प्रस्तुत गर्दै भबिष्यमा के कस्ता कार्य  गर्न सकिन्छ भन्दै त्यसका लागि सबैको सहयोग र सहकार्य अपेक्षा राखेको बताउँदै बैठक सम्पन भएको घोषणा गरिएको थियो ।

सहभागी सबैमा शाखाका नया एडमिन सेक्रेटरी रिकी रानाले द पालेस रेष्टुरेन्टको स्वादिस्ट खानपिनको बन्दोबस्त गरेकी थिइन् ।

वि.सं.२०७६ वैशाख ११ बुधवार १४:२२ मा प्रकाशित

नेपोसद्वारा आयोजित बास्केटबल प्रतियोगितामा नेपालय टिम प्रथम

नेपोसद्वारा आयोजित बास्केटबल प्रतियोगितामा नेपालय टिम प्रथम

नर्वे । नेपाली पोर्चुगीज समाज (नेपोस) नर्बेले आयोजना गरेको तेश्रो...

बेल्जियममा सम्पन्न टेक फोरममा नेपाल र ईयूबीच प्रविधि क्षेत्रमा सहकार्य गर्न जोड

बेल्जियममा सम्पन्न टेक फोरममा नेपाल र ईयूबीच प्रविधि क्षेत्रमा सहकार्य गर्न जोड

ब्रसेल्स । ब्रसेल्समा आयोजित टेक फोरममा नेपाल र युरोपेली संघ...

नेपोस नर्वेको आयोजनामा तेस्रो बास्केटबल रनिङ शिल्ड प्रतियोगिता आयोजना हुने

नेपोस नर्वेको आयोजनामा तेस्रो बास्केटबल रनिङ शिल्ड प्रतियोगिता आयोजना हुने

नर्वे । नेपाली पोर्चुगिज समाज (नेपोस) नर्वेको आयोजनामा नर्वेको ओस्लोमा...

पर्वत समाज यूएईको आयोजनामा निःशुल्क स्वास्थ्य परीक्षण

पर्वत समाज यूएईको आयोजनामा निःशुल्क स्वास्थ्य परीक्षण

युएई । पर्बत समाज यूएईको आयोजनामा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम...