back
CTIZAN AD

दक्षिण अफ्रिकामा ५१ जनाको मृत्यु

वि.सं.२०७६ वैशाख ११ बुधवार

606 

shares

११ बैशाख, जोहानसबर्ग  । दक्षिण अफ्रिकाको पूर्वी क्षेत्रमा आएको बाढीमा परी कम्तीमा ५१ जनाको मृत्यु भएपछि राष्ट्रपति सिरिल रामाफोसाले स्थलगत अवलोकन गरेका छन् ।

दक्षिण अफ्रिकामा हालका दिनहरुका भारी वर्षाले सताएको र सोही कारण गत हप्ताबाट दक्षिण र पूर्वी भागहरु प्रभावित भएका छन् ।

लिबिया र सुडानमा जारी द्वन्द्वको विषयमा इजिप्टमा भएको सम्मेलनबाट फर्किएका रामाफोसाले यस बाढीबाट ज्यान गुमाएका परिवार र समुदायप्रति दुःख प्रकट गर्दै सरकारले पूर्ण सहयोग गर्ने बताए ।

यस बाढीबाट प्रभावित परिवारलाई सहयोग गर्न राष्ट्रपतिले सबैसँग आह्वान गर्नुभयो । यस बाढी र पहिरोमा परी मङ्गलबारसम्म ३३ जनाको मृत्यु भएको थियो । तर पहिरोमा पुरिएका व्यक्तिलाई निकाल्ने क्रममा सो सङ्ख्या ५१ पुगेको बताइएको छ ।

यस बाढीका कारण भवनहरु भत्किएका र विद्युत प्रशारण लाइनमा पनि समस्या आएको छ । सहयोग, उद्धारलगायत बाढी प्रभावित व्यक्तिहरुलाई सुरक्षित स्थानमा सार्नका लागि दक्षिण अफ्रिकी सेनालाई परिचालन गरिएको छ ।

वि.सं.२०७६ वैशाख ११ बुधवार १८:३६ मा प्रकाशित

युक्रेनमा रूसी आक्रमण, १४ जनाको मृत्यु

युक्रेनमा रूसी आक्रमण, १४ जनाको मृत्यु

युक्रेन । युक्रेनमा भएको पछिल्लो रूसी आक्रमणमा परी कम्तिमा १४...

हाइटी किल्लामा भागदौड, ३० जनाको मृत्यु

हाइटी किल्लामा भागदौड, ३० जनाको मृत्यु

पोर्ट–अउ–प्रिन्स । हाइटीको ऐतिहासिक पर्यटकीय स्थल सिटाडेल लाफेरियरमा भएको भीडभाडपछि...

इरान-अमेरिका वार्ता निष्कर्षविहीन

इरान-अमेरिका वार्ता निष्कर्षविहीन

इस्लामावाद  । मध्यपूर्वमा चर्किंदै गएको युद्ध अन्त्य गर्ने उद्देश्यले पाकिस्तानको...

फ्रान्समा चार आप्रवासीको मृत्यु : फ्रान्सेली अधिकारी

फ्रान्समा चार आप्रवासीको मृत्यु : फ्रान्सेली अधिकारी

फ्रान्स । उत्तरी फ्रान्सको तटमा नहर पार गर्ने क्रममा बिहीबार...

द्वन्द्वग्रस्त सुडानमा अस्पताल असुरक्षित, हजारौँ नागरिक प्रभावित

द्वन्द्वग्रस्त सुडानमा अस्पताल असुरक्षित, हजारौँ नागरिक प्रभावित

खार्तूम  । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) र संयुक्त राष्ट्र बाल...

इरानमा हिंसामा संलग्न दुईलाई फाँसी, इजरायल-अमेरिकासँगको सम्बन्ध आरोप

इरानमा हिंसामा संलग्न दुईलाई फाँसी, इजरायल-अमेरिकासँगको सम्बन्ध आरोप

तेहरान । इरानले ‘इजरायल र अमेरिकासँग मिलेर काम गरेको’ आरोपमा...