back
CTIZAN AD

सुडान सङ्कटः तीन सैनिकको राजीनामा, व्यापक प्रदर्शनको तयारी

वि.सं.२०७६ वैशाख १२ बिहीवार

651 

shares

१२ बैशाख, खार्तुम । सुडानको सत्तारुढ सङ्क्रमणकालीन सैनिक परिषदका तीन उच्च सैनिक अधिकारीहरुले आफ्नो पदबाट राजीनामा दिएका छन् । तर उनीहरुको राजीनामा स्वीकृत हुन बाँकी रहेको परिषदले जनाएको छ ।

राजीनामा गर्नेहरुमा परिषदको राजनीतिक समितिको नेतृत्व गरिरहेका लेफ्टिनेन्ट जनरल ओमार जाइन अल–अबिदीन सहित लेफ्टिनेन्ट जनरलद्वय जलाल अल–दीन अल–शेख र अल–तायिब बबाकर अलि फादील हुन् ।

सुडानमा जनविद्रोहको मुख्य नेतृत्वकर्ता सुडानी पेशागत सङ्घ एसपिए ले सैनिक परिषद विरुद्ध राजधानी खार्तुम सहित देशका प्रमुख शहर र ग्रामीण इलाकामा दशौं लाख जनतालाई सडकमा उत्रन आह्वान गरेसँगै सैनिक अधिकारीहरुले राजीनामा दिएका छन् ।

सङ्घले प्रदर्शनमा उत्रिएका जनतालाई दमन गरेको र धेरै प्रदर्शनकारीको हत्या आरोप लागेका यी तीनै अधिकारीलाई परिषदबाट तत्काल बर्खास्त गर्न माग गरिरहेको छ ।

बुधबार साँझ विपक्षी र सैनिक परिषदबीच आपसी मतान्तर सुल्झाउन एउटा समिति गठन गर्न सहमति भएको थियो ।

सुडानका तत्कालीन शासक ओमार अल–बसिरलाई सेनाले नै सत्ताच्यूत गरेपनि नागरिक सरकार गठन हुन सकेको छैन । बरु सेनाको नयाँ नेतृत्वले सैनिक परिषदको नाममा पुनः सैनिक शासन चलाउने प्रयत्न थालेको सुडानी विपक्षीहरुको आरोप छ ।

“सुडानको वर्तमान सङ्कटको सुरक्षित अवतरणका लागि सेना र विपक्षीबीच छलफल जारी छ र हामी दुबै सङ्कट समाधानमा सहयात्री हुन चाहन्छौं,” सैनिक परिषदका प्रवक्ता शाम्स अल दिन कब्बासीले सरकारी टेलिभिजनलाई दिएको अन्तर्वार्तामा बताएका छन् । उनले भने, “सैनिक परिषदले वार्ताका लागि विपक्षीहरुलाई आमन्त्रण गरिसकेको छ, र संवाद एवं सम्झौताका लागि परिषद खुला छ ।”

विपक्षीहरुले पनि समस्याको समाधान वार्ताबाटै गर्न चाहेको बताएका छन् ।

एसपिएले जारी गरेको पछिल्लो वक्तव्यमा “हाम्रो एक मात्र चाहना सङ्क्रमणकालीन नागरिक शक्तिलाई सत्ताको शान्तिपूर्ण हस्तान्तरण हो र यसले मात्र क्रान्तिका सहभागीको भावनालाई प्रतिबिम्बित गर्नेछ” भनिएको छ । सत्ता हस्तान्तरण बाहेक अन्य विषयमा सैनिक परिषदसँग वार्ता गर्न आफूहरु तयार नभएको पनि एसपिएले स्पष्ट गरेको छ ।

मङ्गलबार सेनाले सैनिक मुख्यालय र रक्षा मन्त्रालय बाहिर प्रदर्शनकारीले सडकमा राखेका अबरोधहरु हटाउने प्रयत्न गरेको थियो । तर प्रदर्शनकारीहरुले मुख्य सडकमा अझ बढी अबरोधहरु खडा गरेका छन् ।

सुडानमा सैनिक शासनको विरोधमा महिनौंदेखि प्रदर्शन जारी छन् । बर्तमान सैनिक सरकार परिवर्तन गरी नागरिक सरकार बनाउनुपर्ने र लोकतान्त्रिक प्रक्रियामा मुलुकलाई लैजानुपर्ने जनताको माग छ ।

प्रदर्शनकै बीचमा करिब ३० वर्ष शासन चलाएका तत्कालीन राष्ट्रपति बसिरलाई सेनाले गत अप्रिल ११ तारिखका दिन नै अपदस्थ गरेको छ । उनलाई हाल सेनाले नजरबन्दमा राखेको बताइन्छ ।

वि.सं.२०७६ वैशाख १२ बिहीवार १३:०८ मा प्रकाशित

पेरिसनजिक थिम पार्क बनाउन फ्रान्स र साउदी अरबबीच सहमति

पेरिसनजिक थिम पार्क बनाउन फ्रान्स र साउदी अरबबीच सहमति

पेरिस । फ्रान्स र साउदी अरबले पेरिसनजिकै ६ अर्ब युरो...

युवाहरू व्यावहारिक सीप सिक्नतर्फ आकर्षित

युवाहरू व्यावहारिक सीप सिक्नतर्फ आकर्षित

पछिल्लो समय युवाहरू खर्च घटाउने तत्कालीन उपायभन्दा भविष्यमा उपयोगी हुने...

बलुचिस्तानमा बम विस्फोटमा एक सुरक्षाकर्मीको मृत्यु, छ घाइते

बलुचिस्तानमा बम विस्फोटमा एक सुरक्षाकर्मीको मृत्यु, छ घाइते

इस्लामाबाद । पाकिस्तानको दक्षिण–पश्चिमी बलुचिस्तान प्रान्तमा शनिबार सुरक्षाकर्मीको टोलीलाई लक्षित...

युद्धका बेला चुनाव गराउँदा युक्रेन विभाजित हुने जेलेन्स्कीको चेतावनी

युद्धका बेला चुनाव गराउँदा युक्रेन विभाजित हुने जेलेन्स्कीको चेतावनी

किएभ । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसी आक्रमण जारी रहेका...

बीजिङ खेलमा चिनियाँ रोबोटले उसेन बोल्टको १०० मिटर विश्व कीर्तिमान तोड्याे

बीजिङ खेलमा चिनियाँ रोबोटले उसेन बोल्टको १०० मिटर विश्व कीर्तिमान तोड्याे

(बेइजिङ, रोयटर्स) । चीनको बेइजिङमा आयोजित विश्व ह्युमनोइड रोबोट खेलकुद...

एआई अभियानका लागि अलिबाबाले १० अर्ब डलरको शेयर निष्कासन गर्ने

एआई अभियानका लागि अलिबाबाले १० अर्ब डलरको शेयर निष्कासन गर्ने

हङकङ । चिनियाँ प्रविधि कम्पनी अलिबाबाले कृत्रिम बुद्धिमत्ता (एआई) क्षेत्रमा...