back
CTIZAN AD

नेपाललाई चौकिदारको मुलुक भन्दा चित्त दुखाउनु पर्दैन

वि.सं.२०७६ वैशाख १३ शुक्रवार

834 

shares

सोह्रौं लोकसभाको लागि भारतमा चलिरहेको निर्वाचनमा प्रधानमन्त्री मोदीले ‘मैं चौकिदार हुँ’ भन्ने नारा अघि सारेपछी पटक–पटक नेपालको नाम पनि जोडिएर आउने गरेको छ ।

नेपालीहरुको लागि पहिलो वैदेशिक रोजगारदाता मुलुक भारत हो । सदियौंदेखि मुग्लान र लाहुर जाने परम्परा नेपालमा चल्दै आएको छ ।नेपालीहरुले चौकिदारीभन्दा अनेकौ निम्न कोटीका मजदुरी गर्दै आएको कुरा तीतो सत्य हो ।

चौकिदारी (सेक्युरिटी) पेशा नेपाली कामदारहरुका लागि अपेक्षाकृत सम्मानजनक पेशा मानिदै आएको छ ।भारतबाहेक मलेशिया र खाडीका मुलुकहरुमा काम गर्ने नेपालीहरुबीच सेक्युरिटीको जागिर अहिले पनि विशेष मानिन्छ ।

चौकिदारीको पेशा इमान्दारीसँग पनि जोडिएको छ । त्यसमाथि योग्यता अनुसारको श्रम कुनै पनि निन्दनीय मानिदैन । चौकिदारीभन्दा विदेशी सेनामा काम गर्नु अर्थात् भाडाको सैनिक पेशा मर्यादाका हिसाबले तुच्छ हो ।

थुप्रै नेपालीहरुले भारतका विभिन्न शहरहरुमा अहिलेसम्म पनि भरिया, कान्छा, घरेलु कामदारको रुपमा काम गरिरहेकै छन् । त्यस्ता कामहरु भन्दा चौकिदारी तुच्छ हो भन्न मिल्दैन ।चौकिदारीको लागि नेपाली खोजिनुको कारण सस्तो श्रमको लागि मात्रै होइन, नेपालीहरु इमान्दार र बहादुर हुन्छन भन्ने मान्यता पनि हो ।

त्यसैले प्रसङ्गबस कसैले नेपाललाई चौकिदारहरुको मुलुक भन्यो भनेर चित्त दुखाउनु आवश्यक छैन ।

भारत र चीनजस्ता ठूला मुलुकको सिमामा लम्पसारिएको नेपाललाई ती दुबै देशले सिमा सुरक्षा गरिदिने चौकिदार मानेकै छन् । दुबै मुलुकको सुरक्षा चासोको ख्याल नेपालले राखिदिनुपर्छ भन्ने कूटनैतिक भाषाको अर्थ त्यही हो ।

नेपाल हाम्रा पुर्खाको बलिया पाखुरीको बलमा जोगिएको हो भन्ने संकथन प्रायोजित हो । सुगौली सन्धी भनेकै नेपालले लडाई हारेर गरिएको अपमानजनक सन्धी थियो । बलुचिस्तान, कस्मिर, नेपाल, सिक्किम र भूटानजस्ता साना मुलुकहरुको अस्तित्व जोगिनुमा चीन र इष्टइन्डिया कम्पनीहरुबीचको ‘जोगीदेखी भैंसी, भैसीदेखी जोगी डराई’ भनेजस्तै मनोविज्ञानको परिणाम थियो भन्ने कुरा नबुझ्नु भ्रममा बाँच्नु मात्र हो ।

वि.सं.२०७६ वैशाख १३ शुक्रवार ०९:२१ मा प्रकाशित

युवाहरू व्यावहारिक सीप सिक्नतर्फ आकर्षित

युवाहरू व्यावहारिक सीप सिक्नतर्फ आकर्षित

पछिल्लो समय युवाहरू खर्च घटाउने तत्कालीन उपायभन्दा भविष्यमा उपयोगी हुने...

आठ वर्षसम्म स्कुलमा टेक्न नपाएको खनालको खुलासा

आठ वर्षसम्म स्कुलमा टेक्न नपाएको खनालको खुलासा

पूर्व अर्थमन्त्री रामेश्वर खनालले आफू आठ वर्षसम्म स्कुलमा टेक्न नपाएको...

‘आमा’ भनेर कति पटक चिच्यायौ होला, शिवान ?

‘आमा’ भनेर कति पटक चिच्यायौ होला, शिवान ?

नवलपरासी (बर्दघाट सुस्ता पूर्व)को गैँडाकोट नगरपालिका–१४, भागरका साढे दुई वर्षीय...

चिराचिरा परेको जमिनले ताम्सुवासीमा त्रासमा, कतिखेर पहिरो जान्छ थाहा छैन

चिराचिरा परेको जमिनले ताम्सुवासीमा त्रासमा, कतिखेर पहिरो जान्छ थाहा छैन

बाजुरा । “जमिनमा परेको चिरा हेर्दा आफ्नै मन फाटेजस्तो लाग्छ...

नेपाली वैज्ञानिक डा. शिवप्रसाद अधिकारी अमेरिकामा पुरस्कृत

नेपाली वैज्ञानिक डा. शिवप्रसाद अधिकारी अमेरिकामा पुरस्कृत

नेपाली वैज्ञानिक डा. शिवप्रसाद अधिकारी अमेरिकामा प्रतिष्ठित अन्तर्राष्ट्रिय पुरस्कारबाट सम्मानित...