back
CTIZAN AD

‘सानुबाबु सिलवाल तपाईनै होइन्’, भन्दै फोन आएपछि..

वि.सं.२०७६ वैशाख १३ शुक्रवार

1.2K 

shares

डाइभरसिटी भिषा डिभि मार्फत करिब दुइ बर्ष अघि मात्रै अमेरिका छिरि कोलोराडो राज्यमा बस्दै आइरहेका आज दिउँसो मात्रै सानोतिनो ट्राफिक एक्सिडेण्टमा परि समस्यामा परेका सोझासिधा एक जोडि भाइ बहिनिलाइ फोनबाटै समस्याबाट उद्दार गरिदिन पाएकोमा औधि खुशि छु ।

गाडी चलाउदै जाँदा गाडि ठोदिदिएछ एकजनाले ट्राफिक लाइट नपुग्दै पछाडीबाट । गाडी ठोकिदिनेले प्रहरी बोलाएछ । प्रहरी आयो । लाइसेन्स मागेछ । लाइसेन्स दिएछन भाइले र प्रहरीले सोधे के भयो ? तर भाइ बहिनीको अंग्रेजी भाषाको ज्ञानको अभावका कारण केही पनि बताउन सकेनन् । उता गाडी ठोक्ने गोरा भाइबहिनीलाइ दोषि बनाउदै रहेछ । अब के गर्ने ? अक्क न बक्कमा परेछन ति भाइबहिनी ।

एक ठाउको ब्यबसायिक काम सकेर गाडी चलाउदै थिए म । लगातार कल आयो फेसबुक मेसेन्जरबाट । मैले चिनिन र उठाइन, तर फेरि दोर्याएर फोन गरिसके पछि फोन उठाए । आत्तिएर उताबाट एकजना भाई भन्दै थिए, ‘दाइ हजुर नै होइन सानुबाबु सिलवाल ?’ मैले थपे ‘म बोल्दै छु ।’ उनी फटाफट समस्या सुनाउन थाले, किनभने उनीहरु सँग लामो कुरा गर्ने मौकै थिएन । प्रहरी लाइसेन्स लिएर आफ्नै गाडिमा गएको रहेछ । सायद गाडी ठोक्ने र ठोकिनेको लाइसेन्स सिस्टममा चेक गर्दै गरेको हुनु पर्दछ । भाइले भने, ‘दाइ हामि बर्बाद भयौ, प्रहरीसँग हामि कुरा गर्न सक्दैनौ । तपाइले भनिदिन पर्याे लाइटमा गाडि रोक्दारोक्दै उसले हाम्रो गाडीको पछाडि हानिदिएको छ ।’

मैले उनिहरुको सेल नम्बर मागे र फोनबाटै कुरा गरे ।

भाइलाइ भने गाडी ठोक्नेलाइ फोन देउ । उक्त गोरासँग कुरा गरे । उसलाइ भने, ‘उनीहरु मेरो भाइबहिनी हुन्, भाषाका कारण उनीहरुको तर्फबाट मैले कुरा गर्न चाहेको कुरा उसलाइ भने । तर उ, भाइलाइ गल्ति देखाउदै घटनाको बेलिबिस्तार लगाउन थाल्यो । उसको कुरा मैले बुझि हाले उसको नियत । मैलै उसलाइ भने कि, ‘लाइटमा अघिल्लो गाडिको मोसन हेरि पछाडिको गाडी होशियार हुनुपर्ने हुन्छ । यो ट्राफिक नियम हो ।’ मैले भन्दै गए, उ गल्दै गयो । त्यसै बखत ति भाइबहिनीको प्रतिनिधित्व गरि प्रहरीसङ्ग आफ्नो परिचय खुलाइ भाइबहिनीको भाषागत समस्याका कारण आफूले कुरा गर्न चाहेको बताए । भाइ र बहिनीले भन्दै गए, मैले ट्रान्सलेट गरिदिए र प्रहरीले सुन्दै गयो । गुड न्युज चाहि, सँगै अर्को विटनेस पनि रहेछ । प्रहरी निचोडमा पुगेर मलाइ उक्त केसमा सहयोग गरिदिएकोमा धन्यबाद दियो ।

परिस्थितिले एकै छिनमा अर्कै मोड लियो । गल्ति पछाडिकै गाडीको रहेको प्रहरीले बुझ्न समय लागेन । प्रहरी मसँग फोनमा बिदा भईसकेको थियो । तर, म भाइसँग फोनमै रहे । किनभने उक्त घटनाको छिनोफानो नहुदासम्म फोन छोड्न सकिन मैले । अन्तत्वगत्वा प्रहरीले गोरेलाइ टिकट दियो र उसको इन्स्युरेन्सको जानकारी लिएर भाइलाइ थमायो अनि भाइको इन्फरमेसन समेत लिएर गाडी गोराको इन्स्युरेन्सले बनाइदिने र केहि दिनमा उसको इन्स्युरेन्सबाट सम्पर्क गरिने जानकारी सहित प्रहरी बिदा भयो घट्नास्थलबाट ।

त्यसपछि भाइ र बहिनीलाइ भोलिसम्ममा उक्त गोराको इन्स्युरेन्सले सम्पर्क गर्नेछ । त्यसबेला गाडी नबनाएसम्म रेन्टल गाडि पनि उक्त इन्स्युरेन्स कम्पनिले नै ब्यहोर्ने हँुदा रेन्टल गाडि माग्नु भनेको छु भाइलाइ । यदि बोल्न सकिएन र अप्ठेरो भयो भने मलाइ सम्पर्क गर्नु फोनमै इन्स्युरेन्स कम्पनिको एजेन्ट र एडजस्टरसँग सँगै फोनमा म नै कुरा गरिदिउला भने ।

फोन राख्न खोज्दाखोज्दै भाइ रुन थाले, ‘दादा आज हजुर नभएको भए हामिलाइ दोषी ठर्याउने र हामि समस्यामा पर्ने रहेछौ । बोल्न नसक्नु पनि केहि रहेनछ । हामिलाइ यसरी उद्दार गरिदिनु भएकोमा हामि धेरै आभारी र ऋणी छौ’ भन्न भ्याए । मैले भने, ‘ठिकै छ भाइ, तपाइहरुको सेवा गर्न पाउनु मेरो कर्तब्य र गौरब हो ।’

यस्ता घट्नाहरु अमेरिकी सडक र अमेरिकि ड्राइभरहरुलाइ जतिसुकै बेला जुनसुकै बेला आइपर्ने समस्या त हुन, तर भाषागत समस्या, तत सम्बन्धि जानकारि, नियम कानुनको निम्नतम जानकारी र ज्ञानको अभावमा ति भाइ जस्तै थुप्रै नेपाली दाजुभाइ दिदिबहिनीहरुले दुःख, पिडा र अप्ठेरा परिस्थिति भोग्नु परिरहेको छ ।

ति भाइले अन्त्यमा भने ‘दादा हजुरको लेख र जानकारीहरु कुनै पनि नछुटाइकन पढ्ने र हजुरको बारेमा जानकारी भएकाले आज यो ठूलो समस्याबाट पार पाइयो । गाडी नबनाइदिएसम्म दादा हजुरले हाम्रो फोन र म्यासेजको रेस्पोन्स गरिदिनु होला है ।’ उनको बिनम्र आग्रहलाइ स्विकार्दै ‘हस’् भनि बिदा भए आज ।

वि.सं.२०७६ वैशाख १३ शुक्रवार ०९:४४ मा प्रकाशित

कुशल शिक्षाविद तथा पेसागत आन्दोलनका नेता प्रा. हर्षनारायण धौभडेल प्रति हार्दिक श्रद्धासुमन !

कुशल शिक्षाविद तथा पेसागत आन्दोलनका नेता प्रा. हर्षनारायण धौभडेल प्रति हार्दिक श्रद्धासुमन !

पेसागत महासंघ नेपालकाे पहिलो र दाेश्राे महाधिवेशनबाट निर्वाचित अध्यक्ष तथा...

युवाहरू व्यावहारिक सीप सिक्नतर्फ आकर्षित

युवाहरू व्यावहारिक सीप सिक्नतर्फ आकर्षित

पछिल्लो समय युवाहरू खर्च घटाउने तत्कालीन उपायभन्दा भविष्यमा उपयोगी हुने...

आठ वर्षसम्म स्कुलमा टेक्न नपाएको खनालको खुलासा

आठ वर्षसम्म स्कुलमा टेक्न नपाएको खनालको खुलासा

पूर्व अर्थमन्त्री रामेश्वर खनालले आफू आठ वर्षसम्म स्कुलमा टेक्न नपाएको...

‘आमा’ भनेर कति पटक चिच्यायौ होला, शिवान ?

‘आमा’ भनेर कति पटक चिच्यायौ होला, शिवान ?

नवलपरासी (बर्दघाट सुस्ता पूर्व)को गैँडाकोट नगरपालिका–१४, भागरका साढे दुई वर्षीय...

चिराचिरा परेको जमिनले ताम्सुवासीमा त्रासमा, कतिखेर पहिरो जान्छ थाहा छैन

चिराचिरा परेको जमिनले ताम्सुवासीमा त्रासमा, कतिखेर पहिरो जान्छ थाहा छैन

बाजुरा । “जमिनमा परेको चिरा हेर्दा आफ्नै मन फाटेजस्तो लाग्छ...