back
CTIZAN AD

जापानमा एक नेपाली युवाको मृत्यु

वि.सं.२०७६ वैशाख १३ शुक्रवार

570 

shares

जापानमा एक नेपाली युवाको मृत्यु भएको छ ।  म्याग्दीको बेनी नगरपालिका ४ सिंगा घर भई हाल काठमाडौंमा बसोबास गर्ने बिनय खड्काको २२ अप्रिलमा निधन भएको हो ।

मोना जापानमा सल्लाहकार महेन्द्र खड्काका छोरा रहेका बिनयको २२ अप्रिलका दिन टोक्योको तबाता पार्कमा असामयिक निधन भएको मोना जापानले जनाएको छ ।

खड्काको निधनले स्तब्ध बनाएको भन्दै मोनाले दुःख व्यक्त गरेको छ ।

उनको भोली (२७ अप्रिल) दिन दाहसंस्कार गरिने हुँदा जापानमा रहेका सम्पूर्ण म्याग्देलीहरुलाई उपस्थिति भइदिन पनि मोनाले अनुरोध गरेको छ ।

दाहसंस्कार गरिने समय र स्थान निम्न प्रकारको रहेको छ

वि.सं.२०७६ वैशाख १३ शुक्रवार १२:४४ मा प्रकाशित