back
CTIZAN AD

म्यानमारकी नेतृ सुकीको कम्बोडिया भ्रमण

वि.सं.२०७६ वैशाख १३ शुक्रवार

690 

shares

१३ बैशाख, नोमपेन्ह । म्यानमारकी राज्य सल्लाहकार आङ सान सुकीले कम्बोडियाको औपचारिक भ्रमण गर्न लागेको कम्बोडियाको विदेश मन्त्रालयले जनाएको छ । आगामी अप्रिल २९ देखि १ तारिखसम्म सुकीले कम्बोडियाको भ्रमण गर्न लागेको मन्त्रालयको विज्ञप्तिमा उलल्लेख छ ।

सन् २०१६ मा सत्तामा आएकी सुकीको यो पहिलो कम्बोडिया भ्रमण हो । भ्रमणका क्रममा सुकीले कम्बोडियाली राजा नरोदोम सिहामोनी र बडामहारानी नरोेदम मोनीनेआथ सिहानुकसँग छुट्टाछुट्टै भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।

त्यसैगरी उनले कम्बोडियाका प्रधानमन्त्री हुन सेनसँग द्विपक्षीय भेटवार्ता गर्नेछिन् । सुकीले कम्बोडियाका राष्ट्रिय सभाका अध्यक्ष सम्देच हेङ समरिन र सिनेटका अध्यक्ष साम्देच से छमसँग भेटवार्ता गर्नेछिन् ।

नेतृ सुकीको भ्रमणले दुई देशबीचको सम्बन्धका साथै दक्षिणपूर्वी एसियाली राष्ट्रसँगको मित्रता अझ सुदृढ बनाउन सहयोग गर्ने कम्बोडियाको विदेश मन्त्रालयको वक्तव्यमा उल्लेख छ ।
म्यानमार र कम्बोडियाबीच सन् १९५५ मा कूटनीतिक सम्बन्ध स्थापना भएको थियो ।

वि.सं.२०७६ वैशाख १३ शुक्रवार १३:१८ मा प्रकाशित

पेरिसनजिक थिम पार्क बनाउन फ्रान्स र साउदी अरबबीच सहमति

पेरिसनजिक थिम पार्क बनाउन फ्रान्स र साउदी अरबबीच सहमति

पेरिस । फ्रान्स र साउदी अरबले पेरिसनजिकै ६ अर्ब युरो...

युवाहरू व्यावहारिक सीप सिक्नतर्फ आकर्षित

युवाहरू व्यावहारिक सीप सिक्नतर्फ आकर्षित

पछिल्लो समय युवाहरू खर्च घटाउने तत्कालीन उपायभन्दा भविष्यमा उपयोगी हुने...

बलुचिस्तानमा बम विस्फोटमा एक सुरक्षाकर्मीको मृत्यु, छ घाइते

बलुचिस्तानमा बम विस्फोटमा एक सुरक्षाकर्मीको मृत्यु, छ घाइते

इस्लामाबाद । पाकिस्तानको दक्षिण–पश्चिमी बलुचिस्तान प्रान्तमा शनिबार सुरक्षाकर्मीको टोलीलाई लक्षित...

युद्धका बेला चुनाव गराउँदा युक्रेन विभाजित हुने जेलेन्स्कीको चेतावनी

युद्धका बेला चुनाव गराउँदा युक्रेन विभाजित हुने जेलेन्स्कीको चेतावनी

किएभ । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसी आक्रमण जारी रहेका...

बीजिङ खेलमा चिनियाँ रोबोटले उसेन बोल्टको १०० मिटर विश्व कीर्तिमान तोड्याे

बीजिङ खेलमा चिनियाँ रोबोटले उसेन बोल्टको १०० मिटर विश्व कीर्तिमान तोड्याे

(बेइजिङ, रोयटर्स) । चीनको बेइजिङमा आयोजित विश्व ह्युमनोइड रोबोट खेलकुद...

एआई अभियानका लागि अलिबाबाले १० अर्ब डलरको शेयर निष्कासन गर्ने

एआई अभियानका लागि अलिबाबाले १० अर्ब डलरको शेयर निष्कासन गर्ने

हङकङ । चिनियाँ प्रविधि कम्पनी अलिबाबाले कृत्रिम बुद्धिमत्ता (एआई) क्षेत्रमा...