back
CTIZAN AD

भारतीय प्रधानमन्त्री मोदी बनारसबाट चुनाव लड्दै

वि.सं.२०७६ वैशाख १३ शुक्रवार

669 

shares


१३ वैशाख, नयाँ दिल्ली । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आसन्न आम निर्वाचनका लागि भारतीय राज्य उत्तर प्रदेशको बनारसबाट उम्मेदवारी दर्ता गराएका छन् ।

उनले शुक्रबार बनारसको एक निर्वाचन क्षेत्रबाट उम्मेदवारी दर्ता गराएका हुन् । उनले सो निर्वाचन क्षेत्रबाट यसअघिको अर्थात् सन् २०१४ को आम निर्वाचनमा भारी मतका साथ निर्वाचित भएका थिए ।

उक्त निर्वाचन क्षेत्रमा आगामी मे १९ मा मतदान हुन गइरहेको छ । आगामी चरण निर्वाचनको अन्तिम तथा सातौँ चरण हो । उक्त चरणको निर्वाचन आगामी मेको ११, १८ र १९ तारिखमा हुने कार्यक्रम छ । सो अन्तिम चरणको निर्वाचन सम्पन्न भएको चार दिनपछि अर्थात् मे २३ मा निर्वाचन परिणाम घोषणा गर्ने कार्यक्रम रहेको बताइएको छ ।

सो मनोनयन दर्ताका लागि उक्त क्षेत्रमा पनि विभिन्न २८ राजनीतिक दलको सहभागिता रहेको थियो । भारतीय सत्तापक्षीय राजनीतिक गठबन्धनमा ती दलहरु रहेका छन् । ती दलहरुले संयुक्त रुपमा मनोनयन दर्ता गराएका हुन् ।

प्रधानमन्त्री मोदीले सो मनोनयन दर्ता गर्ने बेलामा ती २८ ओटै गठबन्धन राजनीतिक दलका नेताहरु पनि सहभागी भएका थिए । भारती जनता पार्टीको नेतृत्वमा उक्त नेशनल डेमोक्रेटिक अलाइन्स (एनडिए) गठन भएको हो ।

उनको मनोनयका समयमा भारतीय जनता पार्टीका अध्यक्ष अमित शाह, भारतीय जनता पार्टीका अरु केन्द्रीय नेताहरु, विदेशमन्त्री सुषमा स्वराज, गृहमन्त्री राजनाथ सिंहलगायतका नेताहरुको सो अवसरमा सहभागिता रहेको बनारसबाट प्राप्त समाचारमा जनाइएको छ ।

मोदीको गृहनगर भने भारतीय पश्चिमी राज्य गुजरात हो । उनी गएको निर्वाचन सन् २०१४ मा पनि बनारसका अतिरिक्त गुजरातबाट निर्वाचन लडेका थिए । उनले सो निर्वाचनमा यी दुवै निर्वाचन क्षेत्रबाट विजयी भएका थिए ।

बनारस भारतीय राजनीतिको एक रणनीतिक महत्वको क्षेत्र हो । त्यहाँ भारतीय संसदको तल्लो सदन लोकसभाका ५४३ मध्ये ८० स्थान रहेका छन् । त्यसैले सरकार निर्माणमा यो प्रदेशलाई महत्वपूर्ण रुपमा लिने गरिन्छ ।

भारतमा यहाँको संसदको तल्लो सदन, लोकसभाका ५४३ स्थानका लागि मतदान जारी छ । अहिलेसम्म देशका विभिन्न स्थानमा छ चरणको मतदान भइसकेको छ । अब आगामी चरणको निर्वाचनपछि मे २३ मा परिणाम घोषणा हुने कार्यक्रम रहेको भारती निर्वाचन आयोगले जनाएको छ ।

कंग्रेस आईकी महासचिव प्रियंका गान्धि प्रधानमन्त्री मोदीसँग प्रतिस्पर्धा गर्ने यसअघि घोषणा गरेकी थिइन् यद्यपी कंग्रेसले यसबारे मुख खोलेको छैन । जनताबीच पुगेर राम्रो जनमत बटुलीरहेकी प्रियंका गान्धि प्रतिस्पर्धी बने प्रधानमन्त्री मोदीका लागि निकै सकस हुने विश्लेषकहरुको टिप्पणी छ ।

वि.सं.२०७६ वैशाख १३ शुक्रवार २०:३४ मा प्रकाशित

सुकी रिहाइको आसियान आह्वान म्यान्माद्वारा अस्वीकार

सुकी रिहाइको आसियान आह्वान म्यान्माद्वारा अस्वीकार

बैङ्कक । म्यान्माको सेना समर्थित सरकारले हिरासतमा रहेकी पूर्वनेता आङ...

बुबाको निधनपछि मेस्सी अनुपस्थित मियामी लिग्स कपमा पराजित

बुबाको निधनपछि मेस्सी अनुपस्थित मियामी लिग्स कपमा पराजित

मियामी । बुबाको निधनपछि लियोनेल मेस्सी अनुपस्थित रहँदा इन्टर मियामीले...

पश्चिमी नाइजरमा बस दुर्घटना हुँदा २१ जनाको मृत्यु, ३७ घाइते

पश्चिमी नाइजरमा बस दुर्घटना हुँदा २१ जनाको मृत्यु, ३७ घाइते

नियामे । पश्चिमी नाइजरमा शुक्रबार दुई यात्रुवाहक बस आपसमा ठोक्किँदा...

क्यानडामा जुलाईमा ७५ हजार रोजगारीका अवसर वृद्धि

क्यानडामा जुलाईमा ७५ हजार रोजगारीका अवसर वृद्धि

क्यानाडाको अर्थतन्त्र क्षेत्रले जुलाईमा ७५ हजार रोजगारीका अवसर वृद्धि गरेको...

युगान्डामा नेतान्याहुका दाजुको स्मारक अनावरण

युगान्डामा नेतान्याहुका दाजुको स्मारक अनावरण

युगान्डाको सेनाले सन् १९७६ मा एन्टेबे विमानस्थलमा गरिएको ऐतिहासिक बन्धक...

अमेरिकी आक्रमण तत्काल स्थगित, ’छिट्टै सम्झौता भए इरानमाथि हमला हुँदैन’ : ट्रम्प

अमेरिकी आक्रमण तत्काल स्थगित, ’छिट्टै सम्झौता भए इरानमाथि हमला हुँदैन’ : ट्रम्प

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग छिट्टै कूटनीतिक सम्झौता...