back

भारतीय प्रधानमन्त्री मोदी बनारसबाट चुनाव लड्दै

वि.सं.२०७६ वैशाख १३ शुक्रवार

30 

shares


१३ वैशाख, नयाँ दिल्ली । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आसन्न आम निर्वाचनका लागि भारतीय राज्य उत्तर प्रदेशको बनारसबाट उम्मेदवारी दर्ता गराएका छन् ।

उनले शुक्रबार बनारसको एक निर्वाचन क्षेत्रबाट उम्मेदवारी दर्ता गराएका हुन् । उनले सो निर्वाचन क्षेत्रबाट यसअघिको अर्थात् सन् २०१४ को आम निर्वाचनमा भारी मतका साथ निर्वाचित भएका थिए ।

उक्त निर्वाचन क्षेत्रमा आगामी मे १९ मा मतदान हुन गइरहेको छ । आगामी चरण निर्वाचनको अन्तिम तथा सातौँ चरण हो । उक्त चरणको निर्वाचन आगामी मेको ११, १८ र १९ तारिखमा हुने कार्यक्रम छ । सो अन्तिम चरणको निर्वाचन सम्पन्न भएको चार दिनपछि अर्थात् मे २३ मा निर्वाचन परिणाम घोषणा गर्ने कार्यक्रम रहेको बताइएको छ ।

सो मनोनयन दर्ताका लागि उक्त क्षेत्रमा पनि विभिन्न २८ राजनीतिक दलको सहभागिता रहेको थियो । भारतीय सत्तापक्षीय राजनीतिक गठबन्धनमा ती दलहरु रहेका छन् । ती दलहरुले संयुक्त रुपमा मनोनयन दर्ता गराएका हुन् ।

प्रधानमन्त्री मोदीले सो मनोनयन दर्ता गर्ने बेलामा ती २८ ओटै गठबन्धन राजनीतिक दलका नेताहरु पनि सहभागी भएका थिए । भारती जनता पार्टीको नेतृत्वमा उक्त नेशनल डेमोक्रेटिक अलाइन्स (एनडिए) गठन भएको हो ।

उनको मनोनयका समयमा भारतीय जनता पार्टीका अध्यक्ष अमित शाह, भारतीय जनता पार्टीका अरु केन्द्रीय नेताहरु, विदेशमन्त्री सुषमा स्वराज, गृहमन्त्री राजनाथ सिंहलगायतका नेताहरुको सो अवसरमा सहभागिता रहेको बनारसबाट प्राप्त समाचारमा जनाइएको छ ।

मोदीको गृहनगर भने भारतीय पश्चिमी राज्य गुजरात हो । उनी गएको निर्वाचन सन् २०१४ मा पनि बनारसका अतिरिक्त गुजरातबाट निर्वाचन लडेका थिए । उनले सो निर्वाचनमा यी दुवै निर्वाचन क्षेत्रबाट विजयी भएका थिए ।

बनारस भारतीय राजनीतिको एक रणनीतिक महत्वको क्षेत्र हो । त्यहाँ भारतीय संसदको तल्लो सदन लोकसभाका ५४३ मध्ये ८० स्थान रहेका छन् । त्यसैले सरकार निर्माणमा यो प्रदेशलाई महत्वपूर्ण रुपमा लिने गरिन्छ ।

भारतमा यहाँको संसदको तल्लो सदन, लोकसभाका ५४३ स्थानका लागि मतदान जारी छ । अहिलेसम्म देशका विभिन्न स्थानमा छ चरणको मतदान भइसकेको छ । अब आगामी चरणको निर्वाचनपछि मे २३ मा परिणाम घोषणा हुने कार्यक्रम रहेको भारती निर्वाचन आयोगले जनाएको छ ।

कंग्रेस आईकी महासचिव प्रियंका गान्धि प्रधानमन्त्री मोदीसँग प्रतिस्पर्धा गर्ने यसअघि घोषणा गरेकी थिइन् यद्यपी कंग्रेसले यसबारे मुख खोलेको छैन । जनताबीच पुगेर राम्रो जनमत बटुलीरहेकी प्रियंका गान्धि प्रतिस्पर्धी बने प्रधानमन्त्री मोदीका लागि निकै सकस हुने विश्लेषकहरुको टिप्पणी छ ।

वि.सं.२०७६ वैशाख १३ शुक्रवार २०:३४ मा प्रकाशित

हिमपातका कारण म्युनिखमा ७०० उडानहरू रद्दः बस-रेल सेवा स्थगित

हिमपातका कारण म्युनिखमा ७०० उडानहरू रद्दः बस-रेल सेवा स्थगित

म्युनिख । भारी हिमपातका कारण शनिबार जर्मनीको म्युनिख विमानस्थल हुँदै...

पेरुको खानीमा आक्रमण हुँदा ९ जनाको मृत्यु, १५ घाइते

पेरुको खानीमा आक्रमण हुँदा ९ जनाको मृत्यु, १५ घाइते

लिमा । उत्तरी पेरुको ला लिबर्टाड विभागको पोडेरोसास्थित खानीमा शनिबार...

‘नेपालबाट इन्डोनेशिया प्रवेश गर्दा स्टिकर भिषा अनिवार्य’

‘नेपालबाट इन्डोनेशिया प्रवेश गर्दा स्टिकर भिषा अनिवार्य’

काठमाडौँ । नेपाल हेर्ने इन्डोनेशियाको ढाकास्थित दुतावासले नेपालबाट इन्डोनेशिया प्रवेश...

गाजाबाट थप १२ बन्धक रिहा

गाजाबाट थप १२ बन्धक रिहा

गाजापट्टी (प्यालेस्टिनी अधिनस्थ क्षेत्र) । प्यालेस्टिनी बन्दीहरूको बदलामा थप बन्धक...

गाजामा युद्धविराम मध्यस्थता प्रयास जारी

गाजामा युद्धविराम मध्यस्थता प्रयास जारी

गाजा,जेरुसेलम । विद्यमान इजराइल–हमास मानवीय युद्धविरामलाई अगाडि बढाउन मध्यस्थता प्रयासलाई...

बङ्गलादेशमा ‘हिंसात्मक’ कारवाहीमा हजारौँ मानिस पक्राउ

बङ्गलादेशमा ‘हिंसात्मक’ कारवाहीमा हजारौँ मानिस पक्राउ

ढाका । बङ्गलादेश सरकारले आम निर्वाचनअघि ‘प्रतिस्पर्धा हटाउन’ का लागि...