back
CTIZAN AD

विवादास्पद भिषा प्रणालीलाई कतारले बर्षभित्र अन्त्य गर्ने–आइएलओ

वि.सं.२०७६ वैशाख १३ शुक्रवार

666 

shares

१३ वैशाख, दोहा, कतार । कतारले विवादास्पद बहिर्गमन भिषा प्रणालीलाई यसै बर्षको अन्त्यसम्ममा सुधार गर्न सहमत भएको संयुक्त राष्ट्रसङ्घ अन्तर्गतको अन्तर्राष्ट्रिय श्रमिक सङ्गठन (आइएलओ) ले शुक्रबार जानकारी गराएको छ ।

कतारले सन् २०२२ मा विश्वकप फुटबलको आयोजना गर्नका लागि चयन भएपछि यसका लागि आवश्यक पर्ने पूर्वाधार निर्माण गर्नका लागि विदेशी कामदारलाई थप समय राख्न श्रृङ्खलावद्धरूपमा श्रम कानूनमा परिवर्तन गरेको थियो ।

“गत बर्ष विदेशी कामदारको वहिर्गमन भिषा रद्द गरेको थियो र यो सम्वद्ध समूहका कामदारका लागी यस बर्ष पनि लागू हुने गरी थप गरेको थियो,” आइएलओको दोहास्थित श्रमिक निकायका आयोजनाका प्रमुख हौटन होमयोनपुरले एएफपीलाई बताए ।

सन् २०१८ को सेप्टेम्बरमा विवादित ‘काफला’ भनिने प्रायोजन प्रणालीलाई अनुमोदन गरेको थियो । यसले आइएलओ सन्धि अनुसार श्रमिकको अधिकारको हनन गरेको भन्दै विश्वका श्रमिक संगठनबाट विरोध भएको थियो ।

विवादास्पद ‘काफला’ प्रणालीले देश छोड्नका लागि विदेशी कामदारले सम्वन्धित रोजगारदातासँग देश छोड्नुपूर्व अनुमति लिनुपर्ने बाध्यकारी व्यवस्था गरेको थियो ।

होमायोनपुरले भने, “यो बर्ष विदेशी कामदारको वहिर्गमन भिषा प्रणालीबारे सुधार हुने विशेष बर्षका रूपमा रहने र यो सन् २०१९ को अन्त्यसम्ममा औपचारिक खारेजीमा जानेछ ।”

सन् २०२२ मा विश्व कप आयोजना गर्ने जिम्मा पाएको मुलुक कतारमा श्रम कानूनको उल्लङ्घन भएको एम्नेष्टी इनटरनेशनलको प्रतिवेदनपछि गत फेबु्रअरीमा कतारले आफू श्रम कानून सुधारका लागि प्रतिवद्ध रहेको जनाएको थियो ।

दोहाले मानव अधिकार समूहको दवावपछि श्रमकानूनमा दीर्घकालीनरूपमा परिवर्तनका लागि अग्रसर रहेको बताउँदै आएको छ ।
आइएलओ कानून अनुसार कतारले प्रतिमहिना न्यूनतम २०६ अमेरिकी डलर दिने लगायतक श्रम कानूनमा परिवर्तन गर्नुपर्ने बुँदालाई सुधारसहित अघि बढ्ने प्रतिवद्धता जनाएको छ ।

वि.सं.२०७६ वैशाख १३ शुक्रवार २०:४१ मा प्रकाशित

बलुचिस्तानमा बम विस्फोटमा एक सुरक्षाकर्मीको मृत्यु, छ घाइते

बलुचिस्तानमा बम विस्फोटमा एक सुरक्षाकर्मीको मृत्यु, छ घाइते

इस्लामाबाद । पाकिस्तानको दक्षिण–पश्चिमी बलुचिस्तान प्रान्तमा शनिबार सुरक्षाकर्मीको टोलीलाई लक्षित...

युद्धका बेला चुनाव गराउँदा युक्रेन विभाजित हुने जेलेन्स्कीको चेतावनी

युद्धका बेला चुनाव गराउँदा युक्रेन विभाजित हुने जेलेन्स्कीको चेतावनी

किएभ । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसी आक्रमण जारी रहेका...

बीजिङ खेलमा चिनियाँ रोबोटले उसेन बोल्टको १०० मिटर विश्व कीर्तिमान तोड्याे

बीजिङ खेलमा चिनियाँ रोबोटले उसेन बोल्टको १०० मिटर विश्व कीर्तिमान तोड्याे

(बेइजिङ, रोयटर्स) । चीनको बेइजिङमा आयोजित विश्व ह्युमनोइड रोबोट खेलकुद...

एआई अभियानका लागि अलिबाबाले १० अर्ब डलरको शेयर निष्कासन गर्ने

एआई अभियानका लागि अलिबाबाले १० अर्ब डलरको शेयर निष्कासन गर्ने

हङकङ । चिनियाँ प्रविधि कम्पनी अलिबाबाले कृत्रिम बुद्धिमत्ता (एआई) क्षेत्रमा...

एथेन्समा बढ्दो गर्मीसँगै पर्यटकबीच टोपीको माग बढी

एथेन्समा बढ्दो गर्मीसँगै पर्यटकबीच टोपीको माग बढी

एथेन्स । ग्रीसको राजधानी एथेन्समा गर्मी बढेसँगै पुरातात्त्विक स्थल भ्रमण...

दास व्यापार तथा यसको उन्मूलनको स्मरणका लागि अन्तरराष्ट्रिय दिवस

दास व्यापार तथा यसको उन्मूलनको स्मरणका लागि अन्तरराष्ट्रिय दिवस

दास व्यापार तथा यसको उन्मूलनको स्मरणका लागि अन्तरराष्ट्रिय दिवस आज...