back

विवादास्पद भिषा प्रणालीलाई कतारले बर्षभित्र अन्त्य गर्ने–आइएलओ

वि.सं.२०७६ वैशाख १३ शुक्रवार

39 

shares

१३ वैशाख, दोहा, कतार । कतारले विवादास्पद बहिर्गमन भिषा प्रणालीलाई यसै बर्षको अन्त्यसम्ममा सुधार गर्न सहमत भएको संयुक्त राष्ट्रसङ्घ अन्तर्गतको अन्तर्राष्ट्रिय श्रमिक सङ्गठन (आइएलओ) ले शुक्रबार जानकारी गराएको छ ।

कतारले सन् २०२२ मा विश्वकप फुटबलको आयोजना गर्नका लागि चयन भएपछि यसका लागि आवश्यक पर्ने पूर्वाधार निर्माण गर्नका लागि विदेशी कामदारलाई थप समय राख्न श्रृङ्खलावद्धरूपमा श्रम कानूनमा परिवर्तन गरेको थियो ।

“गत बर्ष विदेशी कामदारको वहिर्गमन भिषा रद्द गरेको थियो र यो सम्वद्ध समूहका कामदारका लागी यस बर्ष पनि लागू हुने गरी थप गरेको थियो,” आइएलओको दोहास्थित श्रमिक निकायका आयोजनाका प्रमुख हौटन होमयोनपुरले एएफपीलाई बताए ।

सन् २०१८ को सेप्टेम्बरमा विवादित ‘काफला’ भनिने प्रायोजन प्रणालीलाई अनुमोदन गरेको थियो । यसले आइएलओ सन्धि अनुसार श्रमिकको अधिकारको हनन गरेको भन्दै विश्वका श्रमिक संगठनबाट विरोध भएको थियो ।

विवादास्पद ‘काफला’ प्रणालीले देश छोड्नका लागि विदेशी कामदारले सम्वन्धित रोजगारदातासँग देश छोड्नुपूर्व अनुमति लिनुपर्ने बाध्यकारी व्यवस्था गरेको थियो ।

होमायोनपुरले भने, “यो बर्ष विदेशी कामदारको वहिर्गमन भिषा प्रणालीबारे सुधार हुने विशेष बर्षका रूपमा रहने र यो सन् २०१९ को अन्त्यसम्ममा औपचारिक खारेजीमा जानेछ ।”

सन् २०२२ मा विश्व कप आयोजना गर्ने जिम्मा पाएको मुलुक कतारमा श्रम कानूनको उल्लङ्घन भएको एम्नेष्टी इनटरनेशनलको प्रतिवेदनपछि गत फेबु्रअरीमा कतारले आफू श्रम कानून सुधारका लागि प्रतिवद्ध रहेको जनाएको थियो ।

दोहाले मानव अधिकार समूहको दवावपछि श्रमकानूनमा दीर्घकालीनरूपमा परिवर्तनका लागि अग्रसर रहेको बताउँदै आएको छ ।
आइएलओ कानून अनुसार कतारले प्रतिमहिना न्यूनतम २०६ अमेरिकी डलर दिने लगायतक श्रम कानूनमा परिवर्तन गर्नुपर्ने बुँदालाई सुधारसहित अघि बढ्ने प्रतिवद्धता जनाएको छ ।

वि.सं.२०७६ वैशाख १३ शुक्रवार २०:४१ मा प्रकाशित

बस दुर्घटना हुँदा थाइल्यान्डमा १४ जनाको मृत्यु, ३५ जना घाइते

बस दुर्घटना हुँदा थाइल्यान्डमा १४ जनाको मृत्यु, ३५ जना घाइते

बैंकक । थाइल्यान्डमा बस दुर्घटना हुँदा १४ जनाको मृत्यु भएको...

हिमपातका कारण म्युनिखमा ७०० उडानहरू रद्दः बस-रेल सेवा स्थगित

हिमपातका कारण म्युनिखमा ७०० उडानहरू रद्दः बस-रेल सेवा स्थगित

म्युनिख । भारी हिमपातका कारण शनिबार जर्मनीको म्युनिख विमानस्थल हुँदै...

पेरुको खानीमा आक्रमण हुँदा ९ जनाको मृत्यु, १५ घाइते

पेरुको खानीमा आक्रमण हुँदा ९ जनाको मृत्यु, १५ घाइते

लिमा । उत्तरी पेरुको ला लिबर्टाड विभागको पोडेरोसास्थित खानीमा शनिबार...

‘नेपालबाट इन्डोनेशिया प्रवेश गर्दा स्टिकर भिषा अनिवार्य’

‘नेपालबाट इन्डोनेशिया प्रवेश गर्दा स्टिकर भिषा अनिवार्य’

काठमाडौँ । नेपाल हेर्ने इन्डोनेशियाको ढाकास्थित दुतावासले नेपालबाट इन्डोनेशिया प्रवेश...

गाजाबाट थप १२ बन्धक रिहा

गाजाबाट थप १२ बन्धक रिहा

गाजापट्टी (प्यालेस्टिनी अधिनस्थ क्षेत्र) । प्यालेस्टिनी बन्दीहरूको बदलामा थप बन्धक...

गाजामा युद्धविराम मध्यस्थता प्रयास जारी

गाजामा युद्धविराम मध्यस्थता प्रयास जारी

गाजा,जेरुसेलम । विद्यमान इजराइल–हमास मानवीय युद्धविरामलाई अगाडि बढाउन मध्यस्थता प्रयासलाई...