back
CTIZAN AD

सभामुखको सचिवालयद्वारा आरोपको पुष्टि गर्न चुनौती

वि.सं.२०७६ वैशाख १३ शुक्रवार

678 

shares

१३ वैशाख, काठमाडौँ । सभामुखको सचिवालयले संघीय संसदका सभामुख कृष्णबहादुर महरामाथि केही सञ्चारमाध्यमहरुले लगाएको आरोपलाई प्रमाणीत गर्न चुनौती दिएको छ ।

सभामुखको सचिवालयका तर्फबाट प्रेस सल्लाहकार डिल्ली मल्लद्वारा जारी खण्डनमा ‘क्रिश्चियन धर्म प्रचारका पक्राउ परेका व्यक्तिहरुलाई छुटाउन प्रहरीलाई दबाब दिएको’ भनी केही अनलाइनहरुले सभामुख महराको नाम जोडेकोमा आरोप पुष्टि गर्न चुनौती दिइएको छ ।

उक्त घटना बारे समामुखलाई जानकारी नै नभएको र छुटाउन दबाब दिन कसैसँग सम्पर्क नभएको अवस्थामा सभामुखको चरित्र हत्या गर्ने उद्देश्यले समाचार बनाइएको भन्दै आपत्ति जनाइएको छ ।

उक्त खण्डनमा उक्त घटनाका बारेमा लगाइएको आरोप प्रमाणित गर्न म सम्बन्धित अनलाइनहरु र सञ्चालकलाई चुनौति दिन चाहन्छु, भनिएको छ । ‘समाचार गलत नियतबाट, कसैको चरित्र हत्या गर्ने उद्देश्य अथा बार्गेनिङ्ग गर्ने र भ्रम फैलाउने हिसाबले बनाइएको’ भनिएको छ ।

समाचारलाई भ्रामक, कपोल्कल्पित र छुद्र आरोप भएको भन्दै कोही पनि भ्रममा नपर्न अनुरोध गरिएको छ त्यस्ता सञ्चारमाध्यमहरुले पत्रकारिताको न्यूनतम मापदण्डभित्र नपर्ने भन्दै सुनियोजित ढंगले गरिएको हमलाको कानुनी उपचारको बाटो खोजिने समेत खण्डनमा उल्लेख गरिएको छ ।

वि.सं.२०७६ वैशाख १३ शुक्रवार २१:३६ मा प्रकाशित

मेयर्स रिसर्च फेलोसिपका लागि अनुसन्धान प्रस्ताव आह्वान

मेयर्स रिसर्च फेलोसिपका लागि अनुसन्धान प्रस्ताव आह्वान

काठमाडौँ . काठमाडौँ महानगरपालिकाले मेयर्स रिसर्च फेलोसिप २०८३ (Mayor’s Research...

बालविकास सहजकर्ता र विद्यालय कर्मचारीको पारिश्रमिक बृद्धि, निर्णय कार्यान्वयन गर्न पत्राचार

बालविकास सहजकर्ता र विद्यालय कर्मचारीको पारिश्रमिक बृद्धि, निर्णय कार्यान्वयन गर्न पत्राचार

भक्तपुर । नेपाल सरकारले प्रारम्भिक बालविकासका सहजकर्ता, विद्यालय सहायक कर्मचारी,...

अवरुद्ध तातोपानी नाका जोड्ने सडकको इको खण्ड खुल्यो

अवरुद्ध तातोपानी नाका जोड्ने सडकको इको खण्ड खुल्यो

सिन्धुपाल्चोक । पहिरोका कारण ४० दिनदेखि अवरुद्ध चीनसँगको प्रमुख व्यापारिक...

काँग्रेसले महिला उद्यमशीलता सम्मेलन आयोजना गर्दै

काँग्रेसले महिला उद्यमशीलता सम्मेलन आयोजना गर्दै

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको...

स्याङ्जामा बोलेरो जिप दुर्घटना हुँदा दुईको मृत्यु, १० जना घाइते

स्याङ्जामा बोलेरो जिप दुर्घटना हुँदा दुईको मृत्यु, १० जना घाइते

स्याङ्जा । स्याङ्जाको गल्याङ नगरपालिका–८ करादीस्थित भित्री सडकखण्डमा बोलेरो जिप...

उद्धव थापालाई पदमुक्त गर्न उजुरीसहित प्रमुख सचेतक तामाङले प्रदेशसभा सचिवालय बुझाइन पत्र

उद्धव थापालाई पदमुक्त गर्न उजुरीसहित प्रमुख सचेतक तामाङले प्रदेशसभा सचिवालय बुझाइन पत्र

हेटौँडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की बागमती प्रदेश प्रमुख सचेतक...