back
CTIZAN AD

निकुञ्जमा जनावर मर्ने क्रम बढ्दो

वि.सं.२०७६ वैशाख १५ आइतवार

663 

shares

१५ वैशाख, वीरगञ्ज । बाराको पथलैयादेखि अमलेखगञ्ज तथा पूर्व–पश्चिम राजमार्ग क्षेत्रमा अत्याधिक गतिमा सवारीसाधन चलाउँदा पर्सा राष्ट्रिय निकुञ्जमा रहेका जनावर सवारीसाधनको ठक्करबाट मर्ने क्रम बढ्दै गएको छ ।

प्रदेश नं २ को एक मात्र पर्सा राष्ट्रिय निकुञ्जको मध्यभाग भएर सडक विस्तार भएपछि त्यस क्षेत्रमा अत्यधिक गतिमा सवारीसाधन चलाउँदा जनावर ओहोरदोहोर गर्ने क्रममा ठक्कर लागेर मर्ने क्रम बढ्दै गएको निकुञ्जका सहायक संरक्षण अधिकृत अशोककुमार रामले राससलाई बताए ।

पथलैयादेखि पूर्वमा तामागढी र उत्तरमा मकवानपुरसम्म फैलिएको सो निकुञ्जमा रहेका जनावरको सुरक्षा चुनौती बढ्दै गएपछि निकुञ्ज प्रशासनले ठाउँठाउँमा चेकपोष्ट राख्ने, विस्तारै गाडी हाँक्न लगाउने, जनचेतना फैलाउने काम गरिनेसमेत बताइएको छ । त्यसैगरी ओहरदोहर गर्ने जनावरको सुरक्षाका लागि सो क्षेत्रमा आकासे पुल बनाउने सोच रहेको निकुञ्ज प्रशासनले जनाएको छ ।

यसैगरी सेनाद्वारा बनाइरहेको फास्टट्र्याक पनि डिपिआरविना बनिरहेकाले हात्तीलगायतका जनावरलाई ओहोरदोहोर गर्न जोखिम हुने भएकाले त्यसतर्फ पनि निकुञ्ज प्रशासन गम्भीर रहेको बताइएको छ ।

निकुञ्जभित्र रहेको २० दुर्लभ पाटेबाघमध्ये दुई बाघ दुर्घटनामा मरेपछि अहिले निकुञ्जभित्र १८ पाटेबाघ मात्र रहेको छ । सडक दुर्घटनामा चैत महीनामा मात्र पाँच बदेल, चित्तल, बाँदर सवारीसाधनको ठक्करबाट मरेको छ भने वैशाख ५ गते सवारीसाधनको ठक्करबाट एक चित्तल मरेको रेञ्जर प्रकाश पुनले राससलाई बताए ।

अर्कोतिर निकुञ्जभित्र साउन, माघ र फागुन महीना गरी वर्षमा तीन पटक लाग्ने धार्मिक तथा ऐतिहासिक दुधेश्वरनाथ मेलाको कारण अत्यधिक चाप बढ्नाले दुर्लभ वन्यजन्तुको सुरक्षा चुनौती थपिने गरिन्छ । जनावरकै सुरक्षाको लागि त्यस ठाउँबाट बस्ती हटाइए पनि जवरजस्ती मेला लाग्दा जनावर असुरक्षित हँुदै गएको निकुञ्ज प्रशासनको भनाइ छ ।

निकुञ्जभित्र राष्ट्रिय तथा अन्तर्राष्ट्रियरूपमा पहिचान भएका पाटेबाघ, हात्ती, गैँडालगायतका दुर्लभ वन्यजन्तु र यसको बासस्थानमा नकारात्मक प्रभाव पर्ने गरेको छ ।

जैविक विविधताले भरिएको पर्सा राष्ट्रिय निकुञ्जमा रहेको लोपोन्मुख जनावर हिँड्न सुरक्षित तथा छोटो बाटो नभएकाले बेलाबेलामा सवारीसाधनको ठक्करबाट जनावर मर्ने क्रम बढ्दै गएको छ भने निकुञ्जभित्र रहेका काठ चोरी, अवैध सिकारी, उद्योगबाट निस्कने रासायनयुक्त धुवाँधुलोले समेत पर्या–प्रणालीमा प्रभाव पार्दा यसले जनावरको जीवनचक्रमा समेत प्रभाव पार्न थालेका छन् । कुल ६२७ दशमलव ३९ वर्ग किमिमा फैलिएको पर्सा राष्ट्रिय निकुञ्जको पूर्वमा धार्मिक रतनपुरी जङ्गल, पश्चिममा चितवन राष्ट्रिय निकुञ्जको सिकारीबास, उत्तरमा बफरजुन र दक्षिणमा निर्मलबस्ती, सुवर्णपुर रहेका छन् ।

वि.सं.२०७६ वैशाख १५ आइतवार १२:५० मा प्रकाशित

भोटेकोसीमा अचानक आएको बाढी, उच्च सतर्कता अपनाउन प्रधानमन्त्रीको आग्रह

भोटेकोसीमा अचानक आएको बाढी, उच्च सतर्कता अपनाउन प्रधानमन्त्रीको आग्रह

काठमाडौं । तिब्बततर्फबाट अचानक आएको ठूलो बाढीका कारण रसुवा र...

जसपाका तीन प्रदेश सांसदलाई पुनः स्पष्टीकरण पेश गर्न निर्देशन

जसपाका तीन प्रदेश सांसदलाई पुनः स्पष्टीकरण पेश गर्न निर्देशन

ललितपुर । जनता समाजवादी पार्टी, नेपाल (जसपा) ले लुम्बिनी प्रदेश...

तीन सांसदलाई पदमुक्त गर्ने पत्रमाथि कमल थापाको आशंका सहितको प्रश्न

तीन सांसदलाई पदमुक्त गर्ने पत्रमाथि कमल थापाको आशंका सहितको प्रश्न

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)भित्र बागमती प्रदेश सरकारमा सहभागी...

पत्रपत्रिका वर्गीकरण र लोककल्याणकारी विज्ञापन वितरणलाई व्यवस्थित बनाउन निर्देशन

पत्रपत्रिका वर्गीकरण र लोककल्याणकारी विज्ञापन वितरणलाई व्यवस्थित बनाउन निर्देशन

काठमाडौँ, । सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले पत्रपत्रिका वर्गीकरण...

देउवा–खड्काको रिटमा बिहीबार पेसी, सर्वोच्चको सुनुवाइ दुवै समूहका लागि महत्वपूर्ण मोड

देउवा–खड्काको रिटमा बिहीबार पेसी, सर्वोच्चको सुनुवाइ दुवै समूहका लागि महत्वपूर्ण मोड

काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा र निवर्तमान...

गण्डकी प्रदेश सरकारबाट मन्त्री फिर्ता बोलाउँदै एमाले

गण्डकी प्रदेश सरकारबाट मन्त्री फिर्ता बोलाउँदै एमाले

गण्डकी । नेकपा (एमाले)ले गण्डकी प्रदेश सरकारबाट आफ्ना मन्त्रीहरू फिर्ता...