back
CTIZAN AD

गाउँको हितका लागि स्थानीयले दिए लाखौं मूल्यका जग्गा

वि.सं.२०७६ वैशाख १७ मंगलवार

774 

shares

१७ बैशाख, खोटाङ । जिल्लाको उत्तरी क्षेत्रमा पर्ने ऐँसेलुखर्क गाउँपालिकाका स्थानीयवासीले इलाका प्रशासन कार्यालय, प्राथमिक स्वास्थ्य केन्द्र, बसपार्क र खेलमैदान निर्माणका लागि लाखौँ मूल्य पर्ने जग्गा निःशुल्क उपलब्ध गराएका छन् । लामो समयदेखि भाडाको घरमा सञ्चालन भइरहेको इलाका प्रशासन कार्यालयको भवन निर्माणका लागि स्थानीयवासी गोपीकृष्ण लयालु, शम्भु दाहाल र मदन दाहालले निःशुल्क जग्गा उपलब्ध गराएका छन् ।

यस्तै सीमित जग्गामा निर्माण गरिएको भवनमा सञ्चालन हुँदै आएको प्राथमिक स्वास्थ्य केन्द्रका लागि अन्य आवश्यक संरचना निर्माण गर्न स्थानीयवासी रामकुमार कालीकोटेले पाँच रोपनी तीन आना जग्गा निःशुल्क उपलब्ध गराएका छन् । प्राप्त जग्गामा यसै वर्षबाट आवश्यक संरचना निर्माणको काम थालिने जनाइएको छ ।

हालसम्म जथाभावी पार्किङ गरिँदै आइएको यातायातका साधनलाई व्यवस्थित गर्न निर्माण गर्न लागिएको बसपार्कका लागि स्थानीय सन्तवीर तामाङले साविकको ऐँसेलुखर्क–५ मा छ रोपनी जग्गा निःशुल्क उपलब्ध गराए । बसपार्कका लागि थप जग्गा आवश्यक परे स्थानीयवासीले निःशुल्क रूपमै उपलब्ध गराउने बताएका छन् ।

खेलमैदान निर्माणका लागि ११ स्थानीयवासीले साढे २९ रोपनी जग्गा उपलब्ध गराएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत जीवन निरौलाले बताए । गाउँपालिकास्तरीय खेलमैदान निर्माण गर्नका लागि धु्रव राजभण्डारी, गोपालकृष्ण राजभण्डारी, रत्नकुमारी राजभण्डारी, पदमकुमारी राजभण्डारी, विष्णुमाया राजभण्डारी, अञ्जना राजभण्डारीलगायतले निःशुल्क जग्गा उपलब्ध गराएका हुन् ।

खेलमैदानका लागि भीमबहादुर राजभण्डारी, कमलकुमारी राजभण्डारी, खड्गबहादुर राजभण्डारी, भाइकाजी राजभण्डारी र भूपेन्द्र राजभण्डारीले पनि खेलमैदानका लागि निःशुल्क जग्गा दिन तयार भएको गाउँपालिकाले जनाएको छ । खेलमैदानका लागि स्थानीय छ जग्गादाताले गाउँपालिकाको स्वामित्वमा रहने गरी जग्गा पास गरिदिइसकेको गाउँपालिका प्रमुख विश्वनाथ निरौलाले बताए ।

बाँकी पाँच बाहिर भएकाले कानूनी प्रक्रिया पूरा गर्न बाँकी भए पनि उहाँहरूले जग्गा दिइसकेको जनाइएको छ । स्थानीयवासीले निःशुल्क उपलब्ध गराएको जग्गामा यसै वर्षबाट आवश्यक संरचना दिए ।

ऐँसेलुखर्कमा गाउँपालिकाको केन्द्र स्थापना भएपछि आवश्यक भौतिक संरचना निर्माण गर्न गाउँपालिकाको पहलमा निःशुल्क जग्गा खोजी भएको थियो । आफ्नो ठाउँमा कार्यालय तथा आवश्यक भौतिक संरचना निर्माण हुने भएपछि स्थानीयवासीले लाखौँ मूल्यको जग्गा उपलब्ध गराएका हुन् ।

वि.सं.२०७६ वैशाख १७ मंगलवार १०:४५ मा प्रकाशित

अब बालबालिकाको क्यान्सर रोगको निःशुल्क उपचार हुने

अब बालबालिकाको क्यान्सर रोगको निःशुल्क उपचार हुने

काठमाडौँ । सरकारले आगामी तीन वर्षमा ३३६ आधारभूत अस्पताल निर्माण...

‘शासकीय नवप्रवर्तन चुनौती कोष’स्थापना गरिने

‘शासकीय नवप्रवर्तन चुनौती कोष’स्थापना गरिने

काठमाडौँ ।  सरकारले आगामी आर्थिक बजेटमा कानुनी शासन र राष्ट्रिय...

खेलकुद क्षेत्रका लागि ४ अर्ब ३ करोड बजेट विनियोजन

खेलकुद क्षेत्रका लागि ४ अर्ब ३ करोड बजेट विनियोजन

काठमाडौँ । सरकारले आगामी आर्थिक वर्षमा खेलकुद क्षेत्रका लागि ४...

कर्मचारीको तलबमा २१ प्रतिशत वृद्धि

कर्मचारीको तलबमा २१ प्रतिशत वृद्धि

काठमाडौँ । सरकारले कर्मचारीको तलबमा २१ प्रतिशत वृद्धि गर्ने घोषणा...

बजेट २०८३/८४ः नेप्सेको पुनर्संरचना अघि बढाइने

बजेट २०८३/८४ः नेप्सेको पुनर्संरचना अघि बढाइने

काठमाडौँ । सरकारले नेपाल स्टक एक्सचेन्ज (नेप्से)को पुनर्संरचना अघि बढाउने...

नेपाललाई सडक बालबालिकामुक्त मुलुक घोषणा गरिने

नेपाललाई सडक बालबालिकामुक्त मुलुक घोषणा गरिने

काठमाडौँ । सरकारले सडक बालबालिकामुक्त मुलुकको घोषणा गर्ने घोषणा गरेको...