back
CTIZAN AD

अनेसास जापानको स्वर्ण शृङ्खला सम्पन्न

वि.सं.२०७६ वैशाख १७ मंगलवार

861 

shares

जापान । पछिल्लो समय देश बाहिर पनि साहित्यिक गतिविधिहरू बाक्लै हुन थालेका छन् । त्यसैको एउटा उदाहरण हो, अन्तर्राष्ट्रिय नेपाली साहित्य (अनेसास) जापान च्याप्टर ।

परदेशको व्यस्त समयलाई पनि व्यवस्थापन गरि अनेसासले आफ्नो गौरवमय स्वर्ण शृङ्खला (५० औं) आइतबार टोकियोमा एक कार्यक्रम गरी सम्पन्न गरेको छ ।
स्वर्ण शृङ्खला विशेषमा नेपालबाट कवि÷गीतकार रमेश पौडेल र युवा आख्यानकार मीनराज बसन्त अतिथिका रूपमा निम्त्याइएका थिए ।

जापानको साहित्यिक गतिविधिलाई निरन्तरता दिँदै आइरहेको अनेसासले नेपालमा हालसालै मात्र प्रकाशित बसन्तको आख्यान पिपिरीको जापान लोकार्पण तथा केन्द्रको मुखपत्र अन्तरदृष्टी पनि विमोचन गरेको थियो ।

जापानमा अनेसास साहित्य शृङ्खलाको जग राखेका पूर्वअध्यक्ष बेलुकाजी थापाले संस्था यहाँसम्म आइपुग्नुमा सबैको सहयोग रहेको बताए । ‘त्यतिबेला एउटा होटलको टेबलको कोठाबाट सुरु भएको यात्रा हो’ अनेसासको विगतका दिन सम्झिँदै उनले भने, ‘हामीले कैयौं शृङ्खला चार पाँच जना मात्रैले पनि चलायौं तर मर्न दिएनौं ।’

आफूले बीउ राखे पनि संस्थालाई यहाँसम्म ल्याइर्पुयाउन सबैको उत्तिकै साथ सहयोग रहेको बताउँदै कृतज्ञता प्रकट गरे । केन्द्रका वरिष्ठ उपाध्यक्ष प्रकाश पौडेल ‘माइला’ले केन्द्र र च्याप्टरको बीचमा हातेमालो गर्दै अगाडि बढ्नका लागि आफूले भूमिका खेल्ने पनि बताए । यस्तै सल्लाहकार तिलक मल्ल, सुस्मा ओमाता, दिनेशराज ज्ञवाली, शिवप्रसाद पौडेल लगायतले अनेसासले गरेका विभिन्न यात्राबारे आफ्ना अनुभूति सुनाएका थिए ।

लोकार्पित कृतिमाथि बोल्दै प्रमुख अतिथि रमेश पौडेलले, पिपिरी बाल्यकालीन दिनको सुन्दर चित्रण भएको बताए । ‘पिपिरीमा बसन्तले बाल मनोविज्ञान, गाउँले चरित्र र नारी समवेदनालाई कुशलतापूर्वक आख्यानीकृत गरेका छन्, उनले भने– ‘एकपटक गाउँ फर्काउने शक्ति पिपिरीमा छ ।’

लेखक बसन्तले आफू अरबमा बसेर मुदिर लेखेको स्मरण गरेका थिए । ‘एउटा लेखक लेखेरै पनि देश विदेश घुम्न सक्छु उनले लेखन यात्राबारे आफ्ना अनुभव सुनाउँदै भने– ‘मेरो सपनाको देश थियो जापान । पहिले विद्यार्थी भिसामा आउन कोसिस गरें तर सकिनँ । पछि कुक भिसा निस्कियो । तर म अरब बसेर श्रम गरिसकें । अब जापान गएँ भनेँ घुम्न जान्छु भन्ने सोचेको थिएँ । त्यही सपना अनेसासले पूरा गरिदियो ।’

संस्थाका अध्यक्ष दीप पाठकले अनेसाससँग आफ्नो घनिष्ठता रहेको बताए । ुदुई वर्षे कार्यकालको उत्तरार्धमा छुु उनले सुनाए– ‘संस्थालाई आफूले जतिसक्दो बलियो र गतिशील बनाउन कुनै कसुर बाँकी राखेको छैन ।’

स्वर्ण शृङ्खलाकै सन्दर्भ पारेर समग्र संस्था र जापानको साहित्यलाई सहयोग गरेका पूर्व अध्यक्षहरूलाई दोसल्ला ओढाएर सम्मान गरिएको कार्यक्रममा दुई दर्जन स्रस्टाले रचना वाचन गरेका थिए । यस्तै ‘अनेसास जापान–सिटी एक्सप्रेस’ कविता प्रतियोगिताको नतिजा घोषणा गरी तीन स्रस्टा सबिना रेग्मी, शरद पोख्रेल र दीप मुस्कानलाई समान रूपमा नगद पुरस्कार र सम्मानपत्र प्रदान गरिएको थियो । कार्यक्रम रविन शर्माले सन्चालन गरेका थिए ।

वि.सं.२०७६ वैशाख १७ मंगलवार ११:१० मा प्रकाशित

कोरियामा पत्रकार सन्तोष खड्का परोपकारी पत्रकारिताबाट सम्मानित

कोरियामा पत्रकार सन्तोष खड्का परोपकारी पत्रकारिताबाट सम्मानित

सियोल, दक्षिण कोरिया । नेपाल पत्रकार महासंघ दक्षिण कोरिया शाखाका...

चेम्बर र एनआरएनएबीच लगानी र व्यापार प्रवर्द्धन गर्ने साझेदारी

चेम्बर र एनआरएनएबीच लगानी र व्यापार प्रवर्द्धन गर्ने साझेदारी

  काठमाडौँ ।  नेपाल चेम्बर अफ कमर्स (एनसीसी) र गैरआवासीय...

लण्डनमा तेश्रो ‘किताब जात्रा’ भव्य रुपमा सम्पन्न

लण्डनमा तेश्रो ‘किताब जात्रा’ भव्य रुपमा सम्पन्न

लण्डन। किताब यात्रा फाउन्डेसनको आयोजनामा लण्डनस्थित नेपाली दूतावासमा तेस्रो ‘किताब...

कांग्रेस महामन्त्री गुरुराज घिमिरेलाई न्युयोर्कमा स्वागत

कांग्रेस महामन्त्री गुरुराज घिमिरेलाई न्युयोर्कमा स्वागत

न्युयोर्क, अमेरिका । नेपाली कांग्रेसका केन्द्रीय महामन्त्री गुरुराज घिमिरेलाई जिपि...

स्पेनको कोस्टाब्लाङ्का क्षेत्रमा धार्मिक धरोहर निर्माणका लागि नेपाल समाज एसोसिएसनको पहलमा १ लाख युरो प्रतिबद्धता

स्पेनको कोस्टाब्लाङ्का क्षेत्रमा धार्मिक धरोहर निर्माणका लागि नेपाल समाज एसोसिएसनको पहलमा १ लाख युरो प्रतिबद्धता

स्पेनको कोस्टाब्लाङ्का क्षेत्रमा नेपाली धर्म, संस्कृति र परम्पराको संरक्षण तथा...

नेपाली वैज्ञानिक डा. शिवप्रसाद अधिकारी अमेरिकामा पुरस्कृत

नेपाली वैज्ञानिक डा. शिवप्रसाद अधिकारी अमेरिकामा पुरस्कृत

नेपाली वैज्ञानिक डा. शिवप्रसाद अधिकारी अमेरिकामा प्रतिष्ठित अन्तर्राष्ट्रिय पुरस्कारबाट सम्मानित...