back

अनेसास जापानको स्वर्ण शृङ्खला सम्पन्न

वि.सं.२०७६ वैशाख १७ मंगलवार

33 

shares

जापान । पछिल्लो समय देश बाहिर पनि साहित्यिक गतिविधिहरू बाक्लै हुन थालेका छन् । त्यसैको एउटा उदाहरण हो, अन्तर्राष्ट्रिय नेपाली साहित्य (अनेसास) जापान च्याप्टर ।

परदेशको व्यस्त समयलाई पनि व्यवस्थापन गरि अनेसासले आफ्नो गौरवमय स्वर्ण शृङ्खला (५० औं) आइतबार टोकियोमा एक कार्यक्रम गरी सम्पन्न गरेको छ ।
स्वर्ण शृङ्खला विशेषमा नेपालबाट कवि÷गीतकार रमेश पौडेल र युवा आख्यानकार मीनराज बसन्त अतिथिका रूपमा निम्त्याइएका थिए ।

जापानको साहित्यिक गतिविधिलाई निरन्तरता दिँदै आइरहेको अनेसासले नेपालमा हालसालै मात्र प्रकाशित बसन्तको आख्यान पिपिरीको जापान लोकार्पण तथा केन्द्रको मुखपत्र अन्तरदृष्टी पनि विमोचन गरेको थियो ।

जापानमा अनेसास साहित्य शृङ्खलाको जग राखेका पूर्वअध्यक्ष बेलुकाजी थापाले संस्था यहाँसम्म आइपुग्नुमा सबैको सहयोग रहेको बताए । ‘त्यतिबेला एउटा होटलको टेबलको कोठाबाट सुरु भएको यात्रा हो’ अनेसासको विगतका दिन सम्झिँदै उनले भने, ‘हामीले कैयौं शृङ्खला चार पाँच जना मात्रैले पनि चलायौं तर मर्न दिएनौं ।’

आफूले बीउ राखे पनि संस्थालाई यहाँसम्म ल्याइर्पुयाउन सबैको उत्तिकै साथ सहयोग रहेको बताउँदै कृतज्ञता प्रकट गरे । केन्द्रका वरिष्ठ उपाध्यक्ष प्रकाश पौडेल ‘माइला’ले केन्द्र र च्याप्टरको बीचमा हातेमालो गर्दै अगाडि बढ्नका लागि आफूले भूमिका खेल्ने पनि बताए । यस्तै सल्लाहकार तिलक मल्ल, सुस्मा ओमाता, दिनेशराज ज्ञवाली, शिवप्रसाद पौडेल लगायतले अनेसासले गरेका विभिन्न यात्राबारे आफ्ना अनुभूति सुनाएका थिए ।

लोकार्पित कृतिमाथि बोल्दै प्रमुख अतिथि रमेश पौडेलले, पिपिरी बाल्यकालीन दिनको सुन्दर चित्रण भएको बताए । ‘पिपिरीमा बसन्तले बाल मनोविज्ञान, गाउँले चरित्र र नारी समवेदनालाई कुशलतापूर्वक आख्यानीकृत गरेका छन्, उनले भने– ‘एकपटक गाउँ फर्काउने शक्ति पिपिरीमा छ ।’

लेखक बसन्तले आफू अरबमा बसेर मुदिर लेखेको स्मरण गरेका थिए । ‘एउटा लेखक लेखेरै पनि देश विदेश घुम्न सक्छु उनले लेखन यात्राबारे आफ्ना अनुभव सुनाउँदै भने– ‘मेरो सपनाको देश थियो जापान । पहिले विद्यार्थी भिसामा आउन कोसिस गरें तर सकिनँ । पछि कुक भिसा निस्कियो । तर म अरब बसेर श्रम गरिसकें । अब जापान गएँ भनेँ घुम्न जान्छु भन्ने सोचेको थिएँ । त्यही सपना अनेसासले पूरा गरिदियो ।’

संस्थाका अध्यक्ष दीप पाठकले अनेसाससँग आफ्नो घनिष्ठता रहेको बताए । ुदुई वर्षे कार्यकालको उत्तरार्धमा छुु उनले सुनाए– ‘संस्थालाई आफूले जतिसक्दो बलियो र गतिशील बनाउन कुनै कसुर बाँकी राखेको छैन ।’

स्वर्ण शृङ्खलाकै सन्दर्भ पारेर समग्र संस्था र जापानको साहित्यलाई सहयोग गरेका पूर्व अध्यक्षहरूलाई दोसल्ला ओढाएर सम्मान गरिएको कार्यक्रममा दुई दर्जन स्रस्टाले रचना वाचन गरेका थिए । यस्तै ‘अनेसास जापान–सिटी एक्सप्रेस’ कविता प्रतियोगिताको नतिजा घोषणा गरी तीन स्रस्टा सबिना रेग्मी, शरद पोख्रेल र दीप मुस्कानलाई समान रूपमा नगद पुरस्कार र सम्मानपत्र प्रदान गरिएको थियो । कार्यक्रम रविन शर्माले सन्चालन गरेका थिए ।

वि.सं.२०७६ वैशाख १७ मंगलवार ११:१० मा प्रकाशित

नेपाली समाज अमेरिकाको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा लोक चेम्जोङ सर्वसम्मत

नेपाली समाज अमेरिकाको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा लोक चेम्जोङ सर्वसम्मत

न्यूयोर्क । नेपाली समाज अमेरिकाको तेस्रो अधिवेशन यही डिसेम्बर ३...

रकम हिनामिना गरेको आरोपप्रति एनआरएनए बेल्जियमको आपत्ति

रकम हिनामिना गरेको आरोपप्रति एनआरएनए बेल्जियमको आपत्ति

बेल्जियम । गैरआवासीय नेपाली संघ (एनआरएनए) बेल्जियमले अध्यक्ष सिता सापकोटालाई...

एनआरएनए नाइजेरियाद्वारा परराष्ट्र मन्त्रीमार्फत् भूकम्प पीडितलाई आर्थिक सहयोग

एनआरएनए नाइजेरियाद्वारा परराष्ट्र मन्त्रीमार्फत् भूकम्प पीडितलाई आर्थिक सहयोग

काठमाडौं । गैरआवासीय नेपालीी संघ (एनआरएनए) नाइजेरियाद्वारा पश्चिमरुकुम र जाजरकोटका...

अनेसास न्यूयोर्क शाखाको अध्यक्षमा लक्ष्मी श्रेष्ठ निर्वाचित

अनेसास न्यूयोर्क शाखाको अध्यक्षमा लक्ष्मी श्रेष्ठ निर्वाचित

अमेरिका । न्यूयोर्कमा आयोजित ११५ औं महाकबि लक्ष्मीप्रसाद देबकोटा जयन्ती...

गैरआवासीय नेपाली विज्ञान तथा प्रविधि पुरष्कार डा.अधिकारीलाई

गैरआवासीय नेपाली विज्ञान तथा प्रविधि पुरष्कार डा.अधिकारीलाई

काठमाडौं । अष्ट्रेलियामा निवासी वैज्ञानिक एवम् गैरआवासीय नेपाली संघका सीप,...

उपप्रधानमन्त्री पुर्णबहादुर खडकालाई एनआरएनए घानाको स्वागत

उपप्रधानमन्त्री पुर्णबहादुर खडकालाई एनआरएनए घानाको स्वागत

आक्रा । घाना घाना भ्रमणमा रहेका उपप्रधानमन्त्री तथा रक्षामन्त्री पुर्णबहादुर...