back
CTIZAN AD

आक्रमणका संदिग्ध योजनाकार पक्राउ

वि.सं.२०७६ वैशाख १७ मंगलवार

783 

shares

१७ बैशाख, लस एन्जलस :  अमेरिकी सेनाका एकजना पूर्व सिपाहीलाई लस एन्जलसमा ठूलो आक्रमणको योजना बनाएको आरोपमा पक्राउ गरिएको अधिकारीहरुले जनाएका छन् । न्यूजील्यान्डको मस्जिदमा हालै भएको आक्रमणको बदला लिन योजना बनाएको प्रहरीको भनाई छ ।

अफगानिस्तानमा तैनाथ रहेर सेवा गरिसकेका २६ वर्षीय मार्क स्टिभेन डोमिङ्गोले हालैमात्र धर्म परिवर्तन गरी मुस्लिम धर्म अपनाएका थिए । गतसाता लस एन्जलसको लङ बिचमा अतिवादी गोरा समुदायको र्यालीमा आक्रमण गर्ने योजना बनाएको मार्कमाथि आरोप छ ।

अमेरिकी न्यायाधीवक्ता निक हन्नाले मार्कले ठूलै मानवीय क्षति गर्नेगरी योजना बनाएको पुष्टी भएको बताए । उनले भने, “सुरक्षा सतर्कताका कारण समयमै उक्त हत्याकाण्ड रोकिएको छ ।”

डोमिङ्गोलाई गत शुक्रबार बम सहित गिरफ्तार गरिएको थियो ।
अदालती दस्ताबेज अनुसार डोमिङ्गोले अमेरिकी संघीय जाँच ब्यूरो (एफबीआई) का एजेन्टसँग आफूले मुस्लिम समुदायमाथि भएका आक्रमणको बदला लिन चाहेको बताएका थिए ।

डोमिङ्गोले यहूदी, गिर्जाघर र प्रहरी अधिकारी समेतका धेरै ठाउँलाई लक्षित गरी आक्रमणका विकल्प बारेमा सोचेको र अन्त्यमा लङ बिच र्यालीमा आक्रमण गर्ने योजना बनाएको अधिकारीहरुले दाबी गरेका छन् ।

उनले आफ्ना अनलाइन पोष्टमा अमेरिकाले विश्वभर हिंसा फैल्याउन भूमिका खेलेको भन्दै त्यस्ता कार्य रोक्न अमेरिकी स्वार्थ जोडिएका क्षेत्रमा आक्रमण गर्नुको विकल्प नरहेको लेखेका छन् ।

वि.सं.२०७६ वैशाख १७ मंगलवार ११:४९ मा प्रकाशित

बलुचिस्तानमा बम विस्फोटमा एक सुरक्षाकर्मीको मृत्यु, छ घाइते

बलुचिस्तानमा बम विस्फोटमा एक सुरक्षाकर्मीको मृत्यु, छ घाइते

इस्लामाबाद । पाकिस्तानको दक्षिण–पश्चिमी बलुचिस्तान प्रान्तमा शनिबार सुरक्षाकर्मीको टोलीलाई लक्षित...

युद्धका बेला चुनाव गराउँदा युक्रेन विभाजित हुने जेलेन्स्कीको चेतावनी

युद्धका बेला चुनाव गराउँदा युक्रेन विभाजित हुने जेलेन्स्कीको चेतावनी

किएभ । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसी आक्रमण जारी रहेका...

बीजिङ खेलमा चिनियाँ रोबोटले उसेन बोल्टको १०० मिटर विश्व कीर्तिमान तोड्याे

बीजिङ खेलमा चिनियाँ रोबोटले उसेन बोल्टको १०० मिटर विश्व कीर्तिमान तोड्याे

(बेइजिङ, रोयटर्स) । चीनको बेइजिङमा आयोजित विश्व ह्युमनोइड रोबोट खेलकुद...

एआई अभियानका लागि अलिबाबाले १० अर्ब डलरको शेयर निष्कासन गर्ने

एआई अभियानका लागि अलिबाबाले १० अर्ब डलरको शेयर निष्कासन गर्ने

हङकङ । चिनियाँ प्रविधि कम्पनी अलिबाबाले कृत्रिम बुद्धिमत्ता (एआई) क्षेत्रमा...

एथेन्समा बढ्दो गर्मीसँगै पर्यटकबीच टोपीको माग बढी

एथेन्समा बढ्दो गर्मीसँगै पर्यटकबीच टोपीको माग बढी

एथेन्स । ग्रीसको राजधानी एथेन्समा गर्मी बढेसँगै पुरातात्त्विक स्थल भ्रमण...

दास व्यापार तथा यसको उन्मूलनको स्मरणका लागि अन्तरराष्ट्रिय दिवस

दास व्यापार तथा यसको उन्मूलनको स्मरणका लागि अन्तरराष्ट्रिय दिवस

दास व्यापार तथा यसको उन्मूलनको स्मरणका लागि अन्तरराष्ट्रिय दिवस आज...