१७ बैशाख, बुर्किनाफासो – (रासस एएनआई) अफ्रिकी मुलुक बुर्किनाफासोको प्रोटेस्टेन्ट सम्प्रदायको गिर्जाघर (चर्च)मा आइतबार भएको आक्रमणमा छ जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार अरु दुई जना सम्पर्क्विहीन भएका छन् ।
मोटरसाइकलमा आएका आक्रमणकारीले चर्च्भित्र रहेका मानिसलाई लक्षित गरी अन्धाधुन्ध गोली चलाएका थिए । एक जना प्रत्यक्षदर्शीका अनुसार आक्रमणकारीले शुरुमा हावामा गोली चलाएका थिए ।
सरकारका प्रवक्ता रेमी फुल्गान्स डान्जिनोले जातीय हिंसा बढेसँगै चर्चमा आक्रमण हुनेक्रम बढेको बताए । उनले पछिल्लो समय चर्चहरुमा सुरक्षा व्यवस्था कडा पारिएको पनि जानकारी दिए ।
उक्त घटनाको कुनै पनि समूहले जिम्मेवारी लिएका छैनन् ।
इन्टरनेसन क्राइसिस ग्रुपले पछिल्ला दिनहरुमा श्रीलंका समेत विश्वका कतिपय मुलुकमा चर्चमाथिका आक्रमण बढेर गएको भन्दै चिन्ता व्यक्त गरेको छ ।
वि.सं.२०७६ वैशाख १७ मंगलवार १२:०३ मा प्रकाशित