back
CTIZAN AD

मानव बेचबिखन नियन्त्रणका लागि कानून अपर्याप्त

वि.सं.२०७६ वैशाख १८ बुधवार

723 

shares

१८ वैशाख, काठमाडौँ :  मानव बेचबिखन र ओसारपसार नियन्त्रणका लागि विद्यमान कानूनमा परिमार्जनको आवश्यकता देखिएको छ ।

मानव बेचबिखनको बदलिँदो परिस्थितिमा मुलुकमा विद्यमान मानव बेचबिखन तथा ओसारपसारसम्बन्धी ऐन २०६४ र मानव अङ्ग प्रत्यारोपण ऐन २०५५ एकापसमा बाझिँदा नियन्त्रणमा जटिलता देखिएको हो । पैसाको प्रलोभन तथा डर, धाक, धम्की देखाएर मानव अङ्गको बेचबिखन कार्य हुँदै आएको छ ।

जनअधिकार संरक्षण विकास मञ्चका शतिसकुमार शर्माले गत एक दशकको अन्तरालमा मिर्गौला तथा मानव बेचबिखनको सङ्ख्या बढोत्तरी भएकाले यस्ता घटना न्यूनीकरणका लागि कानूनी र संरचनात्मक अवस्थामा सुधार आउनुपर्ने बताए ।

महिला कानून तथा विकास मञ्चका कार्यकारी निर्देशक सविन श्रेष्ठले एउटा कामका लागि भनेर विदेश लाने र पछि अन्यन्त्र लगेर बेचबिखन गर्ने देखिएकाले वैदेशिक रोजगारीमा जाँदा सर्तक हुनुपर्ने जनाएका छन् । उनले यस कार्यमा सञ्चारमाध्यमले थप सचेतना गराउनुपर्ने बताए ।

सेलर्ड संस्थामा आबद्ध अधिवक्ता मञ्जु मरासिनीले मनोरञ्जनका क्षेत्रमा विभिन्न प्रलोभन देखाएर बालबालिकालाई त्यस्तो कार्यमा लाग्न बाध्य पारिने जनाएका छन् । उहाँका अनुसार यस्ता घटनामा मुद्दा चले पनि अदालतमा फैसलामा ढिलाइ र फैसला कार्यान्वयनमा प्रभावकारिता नहुँदा पीडितलाई न्याय नहुने बताए ।

वि.सं.२०७६ वैशाख १८ बुधवार १३:०५ मा प्रकाशित

जेनजी आन्दोलनका घाइते र सहिद परिवारसँग भएका सम्झौता कार्यान्वयन गर्न सहजीकरण समिति गठन

जेनजी आन्दोलनका घाइते र सहिद परिवारसँग भएका सम्झौता कार्यान्वयन गर्न सहजीकरण समिति गठन

काठमाडौँ ।सरकारले गत वर्ष भदौ २३/२४ मा भएको जेन–जी आन्दोलनका...

मुग्लिन-मलेखु सडक तीन वर्षः आधाभन्दा थोरै काम

मुग्लिन-मलेखु सडक तीन वर्षः आधाभन्दा थोरै काम

चितवन । पृथ्वी राजमार्गाको नागढुङ्गा–मुग्लिन सडक खण्डको तेस्रो प्याकेज मुग्लिन–मलेखु...

मध्यपहाडी राजमार्गमा राति सवारी आवागमनमा रोक

मध्यपहाडी राजमार्गमा राति सवारी आवागमनमा रोक

रुकुमपूर्व । भारी वर्षाका कारण पहिरो खसेर पुष्पलाल (मध्यपहाडी) राजमार्गका...

पत्रकार श्रेष्ठलाई सोमबार अदालतमा उपस्थित गराउन आदेश

पत्रकार श्रेष्ठलाई सोमबार अदालतमा उपस्थित गराउन आदेश

काठमाडौँ । सर्वोच्च अदालतले जनआस्था साप्ताहिकका प्रधान सम्पादक किशोर श्रेष्ठलाई...

सुदूरपश्चिमको मुख्यमन्त्रीमा भट्ट नियुक्त

सुदूरपश्चिमको मुख्यमन्त्रीमा भट्ट नियुक्त

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेपाली कम्युनिष्ट पार्टी (नेकपा) प्रदेशसभा...

ह्वात्तै घट्यो सुनको मूल्य, प्रतितोला कतिमा हुँदै छ कारोबार ?

ह्वात्तै घट्यो सुनको मूल्य, प्रतितोला कतिमा हुँदै छ कारोबार ?

काठमाडौँ । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य घटेको छ ।...