१८ बैशाख, कपिलबस्तु : शिवराज नगरपालिका–९ मा भरुवा बन्दुकसहित शव फेला परेको छ । सो वडाको शिवगढी नजिक बगराह खोलाको किनारमा अन्दाजी ५० वर्षीय पुरुषको शव फेला परेको र शवको नजिकै एक थान भरुवा बन्दुक समेत रहेको प्रहरीले जनाएको छ ।
शवको पहिचान हुन नसकेको वडा प्रहरी कार्यालय सुन्दरी डाँडाका प्रहरी निरीक्षक मधु सिंहले बताएका छन् । स्थानीय सर्वसाधारणले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । शव परीक्षणका लागि शिवराज अस्पताल बहादुरगञ्जमा राखिएको छ ।
वि.सं.२०७६ वैशाख १८ बुधवार १३:२० मा प्रकाशित