back
CTIZAN AD

नेपाली युवा बेलायतको काउन्सिलरमा विजयी

वि.सं.२०७६ वैशाख २० शुक्रवार

666 

shares

बेलायत । वेलायतको रशोमर बरो काउन्सिलको विहिबार सम्पन्न निर्वाचनमा नेपाली युवा काउन्सीलर पदमा विजयी भएका छन् ।

नेपालीहरुको बाक्लो बस्ती रहेको रशमोर बरो काउन्सिलको विहिबार सम्पन्न स्थानिय निर्वाचनमा वेलिङटन वार्डबाट कन्जरभेटीभ पार्टीका उम्मेदवार रहेका प्रवेश केसी बिजयी भएका हुन् । निर्वाचनमा केसीले लेवर पार्टीका उम्मेदवारसँग प्रतिश्पर्धा गरेका थिए ।

म्याग्दीमा जन्मिएका युवा व्यवसायी तथा समाजसेवी केसीले बेलायतको स्थानीय निर्वाचनमा काउन्सिलर पदका उम्मेदवारी दिएका थिए । उनले आफ्ना प्रतिद्धन्द्धी भन्दा ४५ मत बढी प्राप्त गरे । पत्रकार बाचस्पति रेग्मीका अनुसार सो वार्डमा ७ सय १० मत खसेको थियो ।

निर्वाचित भएपछि केसीले नेपाली समुदायको आवाजलाई समेत समेटेर वेलायती समुदायतसँग काम गर्ने प्रतिक्रिया दिए । केसीले चुनावी अभियानमा आफूलाई मत दिने र आफ्नो चुनावी अभियानमा सघाउने प्रति धन्यवाद दिए ।

सन् १९९६ मा बेलायत आएका केसी घरजग्गा लगायत अन्य व्यवसायमा आवद्ध छन् ।

वि.सं.२०७६ वैशाख २० शुक्रवार १३:०९ मा प्रकाशित

प्रधानमन्त्रीद्वारा मुख्यसचिवसहित सचिवहरूसँग छलफल

प्रधानमन्त्रीद्वारा मुख्यसचिवसहित सचिवहरूसँग छलफल

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले रसुवाको भोटेकोशीमा आएको भीषण बाढीले...

प्रधानमन्त्री बालेन स्थलगत निरीक्षण गरेर फर्किए

प्रधानमन्त्री बालेन स्थलगत निरीक्षण गरेर फर्किए

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाह आज बाढीबाट अत्यधिक प्रभावित नुवाकोटको...

भोटेकोशी बाढी प्रभावितका लागि राहत सामग्री संकलन गर्न तोकिए यी तीन स्थान

भोटेकोशी बाढी प्रभावितका लागि राहत सामग्री संकलन गर्न तोकिए यी तीन स्थान

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीबाट प्रभावित नागरिकका...

नाडाले विपद् राहत कोषमा १० लाख रुपैयाँ सहयोग गर्ने

नाडाले विपद् राहत कोषमा १० लाख रुपैयाँ सहयोग गर्ने

काठमाडौं । भोटेकोशी नदीमा आएको भीषण बाढीबाट प्रभावित नागरिकको उद्धार...

विपद् संकट सामना गर्न सर्वदलीय १० बुँदे संकल्प

विपद् संकट सामना गर्न सर्वदलीय १० बुँदे संकल्प

काठमाडौं । नेपाल–चीन सीमावर्ती क्षेत्रबाट भोटेकोसीलगायत नदी बेसिनमा आएको अप्रत्याशित...