
बेलायत । वेलायतको रशोमर बरो काउन्सिलको विहिबार सम्पन्न निर्वाचनमा नेपाली युवा काउन्सीलर पदमा विजयी भएका छन् ।
नेपालीहरुको बाक्लो बस्ती रहेको रशमोर बरो काउन्सिलको विहिबार सम्पन्न स्थानिय निर्वाचनमा वेलिङटन वार्डबाट कन्जरभेटीभ पार्टीका उम्मेदवार रहेका प्रवेश केसी बिजयी भएका हुन् । निर्वाचनमा केसीले लेवर पार्टीका उम्मेदवारसँग प्रतिश्पर्धा गरेका थिए ।
म्याग्दीमा जन्मिएका युवा व्यवसायी तथा समाजसेवी केसीले बेलायतको स्थानीय निर्वाचनमा काउन्सिलर पदका उम्मेदवारी दिएका थिए । उनले आफ्ना प्रतिद्धन्द्धी भन्दा ४५ मत बढी प्राप्त गरे । पत्रकार बाचस्पति रेग्मीका अनुसार सो वार्डमा ७ सय १० मत खसेको थियो ।
निर्वाचित भएपछि केसीले नेपाली समुदायको आवाजलाई समेत समेटेर वेलायती समुदायतसँग काम गर्ने प्रतिक्रिया दिए । केसीले चुनावी अभियानमा आफूलाई मत दिने र आफ्नो चुनावी अभियानमा सघाउने प्रति धन्यवाद दिए ।
सन् १९९६ मा बेलायत आएका केसी घरजग्गा लगायत अन्य व्यवसायमा आवद्ध छन् ।
वि.सं.२०७६ वैशाख २० शुक्रवार १३:०९ मा प्रकाशित