back
CTIZAN AD

गरिब देशको नागरिक धनी देशको पर्यटक बन्दा

वि.सं.२०७६ वैशाख २० शुक्रवार

615 

shares

संसारको सबैभन्दा न्यून प्रतिव्यक्ति आय भए मध्येको हरितन्नम् मुलुक नेपालको नागरिक म, संसारको उच्चप्रतिव्यक्ति आय भएको देश लम्जेम्बर्गमा पर्यटक बनेर आएको छु ।

मनमा लाग्यो एकपल्ट यहाँ पनि दौडेर पसिना त बगाउन पर्यो । वसन्त ऋतुको यूरोपको विहानी त्यसैपनि सुन्दर हुन्छ, मन लोभियो । बसेको ठाँउ सेन्ट्रल ट्रेन स्टेशन .प्राय ः यूरोपका शहरहरूमा मुख्य ट्रेन स्टेशन शहरको केन्द्रमा हुने गर्छ) नजिकैबाट करिब २० मिनेट दौडदा चार पाँचवटा बच्चाहरू खेल्ने पार्क आए, सानो खोला आयो, त्यसपछि सानो जंगल अनि खेति लगाइएको ठूलो बारी ।

घरहरू साना, चिटिक्क र सफा । चराहरू चिरविर गरिरहेका थिए । खोलाको पानी कंचन र कलकल । देश संझिए । यतिखेर संचार माध्यामहरूमा सार्वजनिक जग्जा मिचेका, स्कूलको खैल्ने मैदान मासेर सपिङ मल बनाइएको र खुल्लांमन्चको अतिक्रमणका समाचारहरू आइरहेका छन् । लाग्यो, हामीले विकास र प्रगतिको (अहिले समृद्धि) नाममा विगत तीन दशक यता जीवनको आधारभूत तत्व सबै मासेका छौं, मास्दै गएका छौं । खोलानाला, जंगल, खेतवारी सबै मासेर कंक्रिटको जंगल खडा गरेछौं ।

नतिजा हाम्रो पानी दुषित छ, हाम्रो हावा स्वच्छ छैन्, शहर दौडन र हिड्न मैत्री छैन्, बच्चाबच्ची खेल्ने पार्क, बुढाबुढी बसेर घाम ताप्ने खुल्ला ठाँउ छैनन् । त्यसको नकारात्मक प्रभाव यतिखेर देखिदैछ । मेरो उमेर वा सो भन्दा माथिका अधिकांश शहरीजनहरूमा डाइवेटिज, उच्च रक्तचाप, मोटोपन, यूरिक एडिज, ड्प्रिेशन, स्वसप्रश्वास सम्बन्धी रोगले चापेको छ । नेतादेखि जनतासम्म । त्यस्ता रोग नभएका मानिस भेट्न शहरमा गाह्रो हुन थालेको छ । ती रोगहरू जुन खानपान र हाम्रो जीवनशैलीको कारण हुने रोग वा शारिरिक असंन्तुलन हुन् ।

हामी वातावरणीय समस्याले निम्ताएको स्वस्थ्य समस्याको विकराल अवस्थातिर जादैछौं । स्वास्थ्य समस्यासँगै त्यसको चर्को आर्थिक र सामाजिक भार त छदैंछ । यस्तै अवस्था कायम रहे त्यो झन बढ्रने वाला छ । बच्चाबच्चीलाइ चाहिनेभन्दा धेरै व्यक्तिगत सम्पत्ति जोड्न पर्ने तर उनीहरूको जीवनको लागि चाहिने सवैभन्दा महत्वपूर्ण कुरा स्वच्छ हावा, पानी र स्वास्थ्य वातावरण भने मतलव नगर्ने वा ग्रान्ट्रेड ठान्ने हाम्रो सामाजिक मानसिकता पो गरिब हो कि ?

वि.सं.२०७६ वैशाख २० शुक्रवार १३:४४ मा प्रकाशित

कुशल शिक्षाविद तथा पेसागत आन्दोलनका नेता प्रा. हर्षनारायण धौभडेल प्रति हार्दिक श्रद्धासुमन !

कुशल शिक्षाविद तथा पेसागत आन्दोलनका नेता प्रा. हर्षनारायण धौभडेल प्रति हार्दिक श्रद्धासुमन !

पेसागत महासंघ नेपालकाे पहिलो र दाेश्राे महाधिवेशनबाट निर्वाचित अध्यक्ष तथा...

युवाहरू व्यावहारिक सीप सिक्नतर्फ आकर्षित

युवाहरू व्यावहारिक सीप सिक्नतर्फ आकर्षित

पछिल्लो समय युवाहरू खर्च घटाउने तत्कालीन उपायभन्दा भविष्यमा उपयोगी हुने...

आठ वर्षसम्म स्कुलमा टेक्न नपाएको खनालको खुलासा

आठ वर्षसम्म स्कुलमा टेक्न नपाएको खनालको खुलासा

पूर्व अर्थमन्त्री रामेश्वर खनालले आफू आठ वर्षसम्म स्कुलमा टेक्न नपाएको...

‘आमा’ भनेर कति पटक चिच्यायौ होला, शिवान ?

‘आमा’ भनेर कति पटक चिच्यायौ होला, शिवान ?

नवलपरासी (बर्दघाट सुस्ता पूर्व)को गैँडाकोट नगरपालिका–१४, भागरका साढे दुई वर्षीय...

चिराचिरा परेको जमिनले ताम्सुवासीमा त्रासमा, कतिखेर पहिरो जान्छ थाहा छैन

चिराचिरा परेको जमिनले ताम्सुवासीमा त्रासमा, कतिखेर पहिरो जान्छ थाहा छैन

बाजुरा । “जमिनमा परेको चिरा हेर्दा आफ्नै मन फाटेजस्तो लाग्छ...