
२२ बैशाख, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले नीति तथा कार्यक्रममाथिको छलफफलमा सहभागी हुन सांसदहरुलाई रोक लगाएको छ ।
पार्टी अध्यक्ष एवंम प्रधानमन्त्री केपी शर्मा ओली, अर्का अध्यक्ष पुष्पकमल दाहाल र संसदीय दलका उपनेता सुवास नेम्वाङले समय नभएको भन्दै सांसदहरुलाई छलफलमा रोक लगाएको हुन् ।
संसदीय दलको शनिबारको बंठकमा सांसदहरुले नीति तथा कार्यक्रममा प्रयोग भएका भाषा र तथ्यांकबारे छलफल गर्न पाउनुपर्ने माग गरेका थिए ।
संसद्मा उठेका प्रश्नको जबाफ सरकारको तर्फबाट दिनुपर्ने माग उनीहरुको थियो । तीनै नेताले नीति तथा कार्यक्रममाथि हुने मतदानमा समर्थन जनाउन सांसदहरुलाई निर्देशन दिएका छन् । नीति तथा कार्यक्रममाथि बैशाख २४ गते मतदान हुनेछ । आइतबारको अन्नपूर्णपोष्ट दैनिकमा नरेन्द्र साउदले लेखेका छन् ।
वि.सं.२०७६ वैशाख २२ आइतवार ०७:५९ मा प्रकाशित






























