
२२ बैशाख, जनकपुरधाम । संघीय समाजवादी फोरमका नेता राजकिशोर महतो वडाअध्यक्षबाट कुटिएका छन् ।
प्रदेश नं २ बाट प्रदेश सांसदको उम्मेदवार बनेका महतो धनुषाको बटेश्वर गाउापालिका ३ का वडा अध्यक्ष हिरालाल महतोबाट कुटिएको प्रत्यक्षदर्शी गाउँपालिका अध्यक्ष डम्बर बहादुर राउतले जनाएका छन् । धनुषा–४ (ख) बाट उनी प्रत्याशी थिए ।
प्रदेश सरकारले गाउापलिकामा पठाएको ५० लाख ससर्त अनुदानतर्फको बजेटको विषयमा भनाभन हुँदा महतो कुटिएका हुन् ।
गाउँमा विकासका लागि प्रदेश सरकारले पठाएको बजेट फोरमका नेता महतो कवीर मन्दिर निर्माण गराउने पक्षमा छन् ।
उनले प्रदेश सरकारको योजनामा भनसुन गरेर कवीर मन्दिर निर्माण शीर्षकमा बजेट खर्चिने उल्लेख गरेको गाउँपालिका अध्यक्ष राउतले बताए ।
वडा अध्यक्ष, गाउँपालिकाका अध्यक्ष र स्थानीयबीच वडा कार्यालयमा सडक विस्तारका लागि छलफल चलिरहेको थियो । त्यसैबीच पुगेका फोरम नेता महतोले प्रदेश सरकारको बजेटबारे कुरा झिेकेका थिए । चुनावताका आफूले कवीर मन्दिर बनाउने स्थानीयलाई बचन दिएको पनि फोरम नेता महतोले बताए । आइतबारको अन्नपूर्णपोष्ट दैनिकबाट
वि.सं.२०७६ वैशाख २२ आइतवार ०८:२२ मा प्रकाशित