back
CTIZAN AD

टिपर र एक्जाभेटरका कारण पर्यटन व्यवसाय धरापमा

वि.सं.२०७६ वैशाख २३ सोमवार

672 

shares

डा. हरिकुमार श्रेष्ठ
नगार्जुन १०, स्युचाटार, काठमाडौँ

काठमाडौँदेखि नेपाल चीनको सीमाना पुग्ने कोदारी राजमार्ग पर्यटकीय हिसाबले निकै नै महत्वपूर्ण छ । अझ भन्ने हो भने त्यस राजमार्ग आसपासको भोटेकोशी, सुनकोशी र ईन्द्रावती नदी जलयात्रा (¥याफ्टिङ्ग) विश्वमै चर्चित छ । त्यस क्षेत्रमा सञ्चालित होटेल तथा ¥याफ्टिङ्ग व्यवसायहरुबाट करिब ११ सयजनाले प्रत्यक्ष रोजगारी तथा अन्य सहयोग पाएका छन् । यसरी रोजगारी तथा सहयोग पाउनेहरुमा त्यस क्षेत्रका माझी तथा जनजाति र केही स्कुलहरु पनि पर्दछन् ।

विश्वमै चर्चित भोटेकोशी, सुनकोशी र ईन्द्रावती नदीहरुको जलयात्रा (¥याफ्टिङ्ग) यतिखेर धरापमा परेको कुरा यस क्षेत्रमा लागेका होटल तथा ¥याफ्टिङ्ग व्यवसायीहरुको छ । किनकि, यतिखेर यी नदीहरुको बहावको धार, प्राकृतिक रुप–रङ्ग, आकार–प्रकार र संरचना क्रसर व्यवसायी र ठेकेदारहरुको कारण ध्वस्त भई अस्तव्यस्त वगरमा परिणत भएकोले त्यस नदी क्षेत्रका जलचरको पनि विनाश भएको छ । पहिले डुङ्गा बहने ठाउँमा अहिले ढुङ्गा, गिटी र बालुवाका थुप्राहरु यत्रतत्र छरिएको छ भने टिपर तथा एक्जा भेटर अनियन्त्रित रुपमा दौडिरहेको वा पालो कुरेर बसेको छ । हाल भोटेकोशी, सुनकोशी र ईन्द्रावती नदी क्षेत्रमा २१ क्रसर उद्योगहरुले घरेलु तथा सानाउद्योग समितिमा दर्ता गरी सञ्चालनमा छन् भने दैनिक ५० भन्दा बढी टिपर र एक्जाभेटरहरु ।

फोटो: भोटेकोशी नदी तटमा अव्यवस्थित रुपमा उत्खनन् गरिएका गिटी तथा बालुवाका थुप्राहरु (फोटोग्राफी : डार्विन जोशी, धनगढी)

२०७२ साल बैशाख १२ गते र त्यसपछिका भूकम्पका अनगिन्ति पराकम्पनहरुबाट ध्वस्त भई थलिएका सो क्षेत्रमा बनेकाहोटेल र रिसोर्टहरु केही तङ्ग्रन नपाउँदै टिपर र एक्जाभेटरको कारण पुन धरासयी बन्दै गएको कुरा त्यहाँका होटेल तथा रिसोर्ट व्यवसायीहरुको गुनासो छ । उक्त नदीमा करिब २५ वर्ष पहिले पहिलोपल्ट एडभेन्चर ¥याफ्टिङ्ग व्यवसायमा लागेका मेघ राना तथा उनका सहकर्मी खड्कासँग मिति २०७६ बैशाख १७ गतेका दिन त्यस क्षेत्रमा गरिएको स्थलगत भ्रमणको क्रममा गरेको कुराकानीमा केही उच्च व्यक्तिहरुको संरक्षणमा रहेका टिपर र क्रसर व्यवसायीहरुका कारण उक्त नदीको प्राकृतिक सौन्दर्यता हेर्दाहेर्दै गुम्न गई क्षतविक्षत अवस्थामा भएकोले निकै ठुलो लगानी गरेर सञ्चालन गरेको व्यवसाय भुकम्पको भन्दापनि ठूलो मारमा परेको कुरा बताउँछन् । यसैको कारण करिब ११ सयजनाको रोजगारी पनि धरापमा पर्ने स्थिति भएको कुराको पनि जानकारी गराए ।

त्यहाँ संलग्न व्यवसायी तथा व्यक्तिहरुको लगानी र रोजगारी मारमा त परेकै छ । तर यसको कारण नदी क्षेत्रको मनै लोभ्याउने प्राकृतिक रुप पनि कुरुप बन्दै गएकोले नदी र आपसासको वातावरण ध्वस्त बन्दैछ, मानव स्वास्थ्यमा पनि असर पर्ने अवस्था छ । समथर नदी किनारहरुमा खाल्टाखुल्टी, धुवाँ, धुलो र चर्को ध्वनीका कारण नदी किनारमा टेन्ट राखेर बस्नै नसक्ने अवस्था आएकोले पर्यटन व्यवसाय नै धरापमा परेको पीडादायी कुराहरु पनि उनीहरुले पोखे । किनकि, वार्षिक ६० हजारभन्दा बढी स्वदेशी र २० हजारभन्दा बढी विदेशी पर्यटकहरु नदी किनारमा बसी वा जलयात्रामा रमाउन आउने गरेकोमा अब विस्तारै घट्दो क्रममा छ ।

यो समस्या समाधानको लागि त्यस क्षेत्रमा केहीमहिना अगाडि वनमन्त्री माननीय श्री शक्ति बस्नेतको प्रमुख आतिथ्यतामा एक विशाल पत्रकार सम्मेलनको आयोजना भएको कुरा पनि उनीहरुले सुनाए । जसमा ८० जनाभन्दा बढी पत्रकारहरु, टेलिभिजनहरु, प्रशासन, स्थानीय निकायका पदाधिकारीहरु, शिक्षकहरु र राजनीतिक व्यक्तिहरुको उपस्थिति भएको रहेछ । यसले गर्दा अहिले नेपालका राजनीतिक नेतृत्व लगायत सरोकार निकायहरुले यस बारे सोच्न बाध्य भएका छन् र यससँग सम्बन्धित स्थानीय तथा राष्ट्रियस्तरका कार्यक्रममा उनीहरुलाई पनि उपस्थिति गराउन थालिएको छ र उनीहरुको कुरा सुनिन थालेको छ । स्थानीय निकायहरुले पनि त्यस तटको पर्यटन नीति बनाउने कार्यको सुरुवात भएको कुराको पनि उनीहरुले जानकारी दिए ।

यस क्षेत्रमा देखिएका उल्लिखित समस्याहरु समाधान गर्न तथा पर्यटन विकासको लागि संघ तथा प्रदेशस्तरमा पनि यसलाई प्राथमिकता दिइ उपयुक्त पर्यटन नीति तय गरी प्रभावकारी कार्यान्वयन हुन जरुरी देखिन्छ । उक्त पत्रकार सम्मेलन तथा अन्तरक्रिया कार्यक्रममा माननीय मन्त्री स्वयम् उपस्थित हुनुले त्यस क्षेत्रका व्यवसायीहरुमा आशाको त्यान्त्रो पलाउनुको साथै अबको केही महिनाभित्रमा यो विकाराल समस्याको अन्त्य हुने अपेक्षा पनि गरेका छन् । जुन त्यस क्षेत्रको पर्यटन विकासको साथै त्यस क्षेत्रका माझी, जनजाती, स्कुलहरु लगायत अन्य सेवाग्राहीहरुको भलाइको लागि अपरिहार्य पनि छ ।

 

वि.सं.२०७६ वैशाख २३ सोमवार ०९:०५ मा प्रकाशित

आई.बी मल्लको संघर्ष र कलाकारितामा प्रेरणादायी यात्रा

आई.बी मल्लको संघर्ष र कलाकारितामा प्रेरणादायी यात्रा

पर्वत जिल्ला, महाशिला लुँखुका स्व गुप्तबहादुर मल्ल र श्रीमती सय...

विदेशबाट फर्केपछि फलफूलखेतीमा लागेका अधिकारीकाे वार्षिक १० लाख आम्दानीको लक्ष्य

विदेशबाट फर्केपछि फलफूलखेतीमा लागेका अधिकारीकाे वार्षिक १० लाख आम्दानीको लक्ष्य

भोजपुर, २३ जेठ – मलेसियामा करिब छ वर्ष रोजगारी गरेर फर्किएका...

कुर्सी मात्र होइन, मर्यादा पनि भाँचिएको त्यो संसद्

कुर्सी मात्र होइन, मर्यादा पनि भाँचिएको त्यो संसद्

फेरि नयाँ संसद भित्र धक्कामुक्का भयो।  युट्यूव तथ टेलिभिजन स्क्रिनमा...

व्यवसायी मित्र लाल पार्देको पोल्याण्डबाट खुल्लासवाल – ‘हिजोका अभियन्ता आज अपराधी ? ’’

व्यवसायी मित्र लाल पार्देको पोल्याण्डबाट खुल्लासवाल – ‘हिजोका अभियन्ता आज अपराधी ? ’’

पोल्याण्ड – विदेशी भूमिमा नेपाली सामानको ब्रान्ड बनाउन दशकौं संघर्ष गरेका...

न्युजिल्याण्डमा भित्रन्छन् वार्षिक ९ हजार नेपाली

न्युजिल्याण्डमा भित्रन्छन् वार्षिक ९ हजार नेपाली

न्युजिल्याण्डमा वर्षभरिमा कति नेपालीहरु आउंदा होलान ? अनुमान गर्न सक्नु...

श्रमिक कर्मचारीकाे  ट्रेड  युनियन  अधिकार र ट्रेड युनियन आन्दोलनको कार्य दिशा 

श्रमिक कर्मचारीकाे  ट्रेड  युनियन  अधिकार र ट्रेड युनियन आन्दोलनको कार्य दिशा 

ट्रेड युनियन  अधिकारका सन्दर्भमा :  वर्तमान सरकार गठन भएको १...