
डा. हरिकुमार श्रेष्ठ
नगार्जुन १०, स्युचाटार, काठमाडौँ
काठमाडौँदेखि नेपाल चीनको सीमाना पुग्ने कोदारी राजमार्ग पर्यटकीय हिसाबले निकै नै महत्वपूर्ण छ । अझ भन्ने हो भने त्यस राजमार्ग आसपासको भोटेकोशी, सुनकोशी र ईन्द्रावती नदी जलयात्रा (¥याफ्टिङ्ग) विश्वमै चर्चित छ । त्यस क्षेत्रमा सञ्चालित होटेल तथा ¥याफ्टिङ्ग व्यवसायहरुबाट करिब ११ सयजनाले प्रत्यक्ष रोजगारी तथा अन्य सहयोग पाएका छन् । यसरी रोजगारी तथा सहयोग पाउनेहरुमा त्यस क्षेत्रका माझी तथा जनजाति र केही स्कुलहरु पनि पर्दछन् ।
विश्वमै चर्चित भोटेकोशी, सुनकोशी र ईन्द्रावती नदीहरुको जलयात्रा (¥याफ्टिङ्ग) यतिखेर धरापमा परेको कुरा यस क्षेत्रमा लागेका होटल तथा ¥याफ्टिङ्ग व्यवसायीहरुको छ । किनकि, यतिखेर यी नदीहरुको बहावको धार, प्राकृतिक रुप–रङ्ग, आकार–प्रकार र संरचना क्रसर व्यवसायी र ठेकेदारहरुको कारण ध्वस्त भई अस्तव्यस्त वगरमा परिणत भएकोले त्यस नदी क्षेत्रका जलचरको पनि विनाश भएको छ । पहिले डुङ्गा बहने ठाउँमा अहिले ढुङ्गा, गिटी र बालुवाका थुप्राहरु यत्रतत्र छरिएको छ भने टिपर तथा एक्जा भेटर अनियन्त्रित रुपमा दौडिरहेको वा पालो कुरेर बसेको छ । हाल भोटेकोशी, सुनकोशी र ईन्द्रावती नदी क्षेत्रमा २१ क्रसर उद्योगहरुले घरेलु तथा सानाउद्योग समितिमा दर्ता गरी सञ्चालनमा छन् भने दैनिक ५० भन्दा बढी टिपर र एक्जाभेटरहरु ।
फोटो: भोटेकोशी नदी तटमा अव्यवस्थित रुपमा उत्खनन् गरिएका गिटी तथा बालुवाका थुप्राहरु (फोटोग्राफी : डार्विन जोशी, धनगढी)
२०७२ साल बैशाख १२ गते र त्यसपछिका भूकम्पका अनगिन्ति पराकम्पनहरुबाट ध्वस्त भई थलिएका सो क्षेत्रमा बनेकाहोटेल र रिसोर्टहरु केही तङ्ग्रन नपाउँदै टिपर र एक्जाभेटरको कारण पुन धरासयी बन्दै गएको कुरा त्यहाँका होटेल तथा रिसोर्ट व्यवसायीहरुको गुनासो छ । उक्त नदीमा करिब २५ वर्ष पहिले पहिलोपल्ट एडभेन्चर ¥याफ्टिङ्ग व्यवसायमा लागेका मेघ राना तथा उनका सहकर्मी खड्कासँग मिति २०७६ बैशाख १७ गतेका दिन त्यस क्षेत्रमा गरिएको स्थलगत भ्रमणको क्रममा गरेको कुराकानीमा केही उच्च व्यक्तिहरुको संरक्षणमा रहेका टिपर र क्रसर व्यवसायीहरुका कारण उक्त नदीको प्राकृतिक सौन्दर्यता हेर्दाहेर्दै गुम्न गई क्षतविक्षत अवस्थामा भएकोले निकै ठुलो लगानी गरेर सञ्चालन गरेको व्यवसाय भुकम्पको भन्दापनि ठूलो मारमा परेको कुरा बताउँछन् । यसैको कारण करिब ११ सयजनाको रोजगारी पनि धरापमा पर्ने स्थिति भएको कुराको पनि जानकारी गराए ।
त्यहाँ संलग्न व्यवसायी तथा व्यक्तिहरुको लगानी र रोजगारी मारमा त परेकै छ । तर यसको कारण नदी क्षेत्रको मनै लोभ्याउने प्राकृतिक रुप पनि कुरुप बन्दै गएकोले नदी र आपसासको वातावरण ध्वस्त बन्दैछ, मानव स्वास्थ्यमा पनि असर पर्ने अवस्था छ । समथर नदी किनारहरुमा खाल्टाखुल्टी, धुवाँ, धुलो र चर्को ध्वनीका कारण नदी किनारमा टेन्ट राखेर बस्नै नसक्ने अवस्था आएकोले पर्यटन व्यवसाय नै धरापमा परेको पीडादायी कुराहरु पनि उनीहरुले पोखे । किनकि, वार्षिक ६० हजारभन्दा बढी स्वदेशी र २० हजारभन्दा बढी विदेशी पर्यटकहरु नदी किनारमा बसी वा जलयात्रामा रमाउन आउने गरेकोमा अब विस्तारै घट्दो क्रममा छ ।
यो समस्या समाधानको लागि त्यस क्षेत्रमा केहीमहिना अगाडि वनमन्त्री माननीय श्री शक्ति बस्नेतको प्रमुख आतिथ्यतामा एक विशाल पत्रकार सम्मेलनको आयोजना भएको कुरा पनि उनीहरुले सुनाए । जसमा ८० जनाभन्दा बढी पत्रकारहरु, टेलिभिजनहरु, प्रशासन, स्थानीय निकायका पदाधिकारीहरु, शिक्षकहरु र राजनीतिक व्यक्तिहरुको उपस्थिति भएको रहेछ । यसले गर्दा अहिले नेपालका राजनीतिक नेतृत्व लगायत सरोकार निकायहरुले यस बारे सोच्न बाध्य भएका छन् र यससँग सम्बन्धित स्थानीय तथा राष्ट्रियस्तरका कार्यक्रममा उनीहरुलाई पनि उपस्थिति गराउन थालिएको छ र उनीहरुको कुरा सुनिन थालेको छ । स्थानीय निकायहरुले पनि त्यस तटको पर्यटन नीति बनाउने कार्यको सुरुवात भएको कुराको पनि उनीहरुले जानकारी दिए ।
यस क्षेत्रमा देखिएका उल्लिखित समस्याहरु समाधान गर्न तथा पर्यटन विकासको लागि संघ तथा प्रदेशस्तरमा पनि यसलाई प्राथमिकता दिइ उपयुक्त पर्यटन नीति तय गरी प्रभावकारी कार्यान्वयन हुन जरुरी देखिन्छ । उक्त पत्रकार सम्मेलन तथा अन्तरक्रिया कार्यक्रममा माननीय मन्त्री स्वयम् उपस्थित हुनुले त्यस क्षेत्रका व्यवसायीहरुमा आशाको त्यान्त्रो पलाउनुको साथै अबको केही महिनाभित्रमा यो विकाराल समस्याको अन्त्य हुने अपेक्षा पनि गरेका छन् । जुन त्यस क्षेत्रको पर्यटन विकासको साथै त्यस क्षेत्रका माझी, जनजाती, स्कुलहरु लगायत अन्य सेवाग्राहीहरुको भलाइको लागि अपरिहार्य पनि छ ।
वि.सं.२०७६ वैशाख २३ सोमवार ०९:०५ मा प्रकाशित