
२२ वैशाख, काठमाडौँ । प्रदेश सरकार गठनको लामो समय पछि बल्ल प्रदेश १ ले आफ्नो राजधानीको टुंगो लगाएको छ ।
सोमबार बसेको प्रदेश १ को सभाले बहुमतद्वारा सो टुंगो लगाईएको छ । राजधानी सम्बन्धी निर्णय गर्न प्रदेश सभामा मतदान नै गरिएको थियो ।
प्रदेश सभाका ९३ जना सभासद मध्ये ८६ जनाले विराटनगर राजधानीको पक्षमा मतदान गरेका थिए ।
धनकुटा र इटहरी पनि राजधानीको रुपमा चर्चामा आएको, नेकपा र नेपाली कांग्रेस भित्रै पनि विवाद रहेको भनिएका बीच अत्याधिक बहुमतले विराटनगर राजधानी निर्णय गरिएको हो । अन्तिममा धनकुटा केन्द्र बनाउने कांग्रेस र नेकपाका केही सांसद बाहेक सबैले विराटनगरका लागि मतदान गरेका थिए ।
प्रदेश प्रमुखले सोमबार राती १२ बजेबाटै प्रदेश सभाको अधिवेशन अन्त्य गरिएको सूचना आएकोले प्रदेशको नाम भने यो पटक निर्णय भएन ।
वि.सं.२०७६ वैशाख २३ सोमवार २०:३५ मा प्रकाशित