back
CTIZAN AD

¥याफ्टिङ टोली अस्ट्रेलिया जाँदै

वि.सं.२०७६ वैशाख २३ सोमवार

828 

shares

२२ वैशाख । विश्व ¥याफ्टिङ च्याम्पियनशिपमा सहभागी हुन सात खेलाडीसहित आठ सदस्यीय नेपाली टोली मङ्गलबार अस्ट्रेलियाको क्विन्सल्याण्ड जाँदैछ ।

यही वैशाख ३० देखि आगामी जेठ ६ गतेसम्म हुने उक्त प्रतियोगितामा सहभागिता जनाउने नेपाली टोलीलाई सफलताको शुभकामना दिँदै युवा तथा खेलकूदमन्त्री जगतबहादुर विश्वकर्माले आज यहाँ आयोजित एक कार्यक्रममा बिदाइ गरे ।

सहभागी टोलीमा शक्तिकुमार गुरुङ, पदमबहादुर गुरुङ, दीपेश गुरुङ, सबिन गुरुङ, सुनिल गुरुङ र रबिल मियाले पुरुष खुला टोली स्पर्धामा प्रतिस्पर्धा गर्नेछन् । त्यस्तै टोलीको प्रशिक्षकमा सुरज गुरुङ रहेका छन् ।

टोलीमा २५० मिटरको स्प्रिन्ट, ३५० मिटरको हेड टू हेड, ४५० मिटरको स्लालम र २१–२५ मिटरको डाउन रिभर रेसमा प्रतिस्पर्धा गर्नुपर्ने हुन्छ । नेपालले आगामी जेठ २ गते स्प्रिन्ट, ३ गते हेड टू हेड, ४ गते स्लालम र ५ गते डाउन रिभर रेसमा सहभागिता जनाउनेछ ।

नेपालले विश्व च्याम्पियनशिपमा दोस्रो पटक सहभागिता जनाउन लागेको हो । सन् २०१७ मा जापानमा भएको विश्व च्याम्पियनशिपमा नेपालले पहिलो पटक सहभागिता जनाएको थियो । त्यतिबेला खेलेका कुनै पनि खेलाडी अहिलेको टोलीमा छैनन् । उक्त प्रतियोगितामा २९ राष्ट्रको सहभागिता रहने बताइएको छ ।

वि.सं.२०७६ वैशाख २३ सोमवार २०:११ मा प्रकाशित

पब्जी मोबाइलको राष्ट्रिय प्रतियोगिता आजदेखि काठमाडौंमा सुरु हुँदै

पब्जी मोबाइलको राष्ट्रिय प्रतियोगिता आजदेखि काठमाडौंमा सुरु हुँदै

काठमाडौं । पब्जी मोबाइलको राष्ट्रिय प्रतियोगिता (पीएमएनसी) आज देखि काठमाडौंमा...

पीएसए स्याटेलाइट स्क्वास हुने

पीएसए स्याटेलाइट स्क्वास हुने

काठमाडौँ । नेपाल स्क्वास ¥याकेट्स संघको आयोजनामा पीएसए नेपाल स्याटेलाइट...

इन्डोर सुपर लिग सिजन–२ को टोली जनकपुर किंग्सको मुख्य प्रायोजक

इन्डोर सुपर लिग सिजन–२ को टोली जनकपुर किंग्सको मुख्य प्रायोजक

काठमाडौं । इन्डोर सुपर लिग सिजन–२ को फ्रेन्चाइज टोली जनकपुर...

ब्याकयार्ड अल्ट्रामा अर्जुन र मन्जु पहिलो

ब्याकयार्ड अल्ट्रामा अर्जुन र मन्जु पहिलो

काठमाडौं । अर्जुन कुलुङ राई र मन्जु सुनुवार ब्याकयार्ड अल्ट्रा–...

राखेप बोर्डमा पहिलोपटक खेलाडीको वर्चश्व

राखेप बोर्डमा पहिलोपटक खेलाडीको वर्चश्व

राखेप बोर्डमा पहिलोपटक खेलाडीको वर्चश्व काठमाडौँ । राष्ट्रिय खेलकुद परिषद्...

पोखरा एभेन्जर्समा पुनः आबद्ध भए श्रीलंकाली अलराउन्डर धनञ्जय लक्षण

पोखरा एभेन्जर्समा पुनः आबद्ध भए श्रीलंकाली अलराउन्डर धनञ्जय लक्षण

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–३ को तयारीलाई थप...