
२२ वैशाख । विश्व ¥याफ्टिङ च्याम्पियनशिपमा सहभागी हुन सात खेलाडीसहित आठ सदस्यीय नेपाली टोली मङ्गलबार अस्ट्रेलियाको क्विन्सल्याण्ड जाँदैछ ।
यही वैशाख ३० देखि आगामी जेठ ६ गतेसम्म हुने उक्त प्रतियोगितामा सहभागिता जनाउने नेपाली टोलीलाई सफलताको शुभकामना दिँदै युवा तथा खेलकूदमन्त्री जगतबहादुर विश्वकर्माले आज यहाँ आयोजित एक कार्यक्रममा बिदाइ गरे ।
सहभागी टोलीमा शक्तिकुमार गुरुङ, पदमबहादुर गुरुङ, दीपेश गुरुङ, सबिन गुरुङ, सुनिल गुरुङ र रबिल मियाले पुरुष खुला टोली स्पर्धामा प्रतिस्पर्धा गर्नेछन् । त्यस्तै टोलीको प्रशिक्षकमा सुरज गुरुङ रहेका छन् ।
टोलीमा २५० मिटरको स्प्रिन्ट, ३५० मिटरको हेड टू हेड, ४५० मिटरको स्लालम र २१–२५ मिटरको डाउन रिभर रेसमा प्रतिस्पर्धा गर्नुपर्ने हुन्छ । नेपालले आगामी जेठ २ गते स्प्रिन्ट, ३ गते हेड टू हेड, ४ गते स्लालम र ५ गते डाउन रिभर रेसमा सहभागिता जनाउनेछ ।
नेपालले विश्व च्याम्पियनशिपमा दोस्रो पटक सहभागिता जनाउन लागेको हो । सन् २०१७ मा जापानमा भएको विश्व च्याम्पियनशिपमा नेपालले पहिलो पटक सहभागिता जनाएको थियो । त्यतिबेला खेलेका कुनै पनि खेलाडी अहिलेको टोलीमा छैनन् । उक्त प्रतियोगितामा २९ राष्ट्रको सहभागिता रहने बताइएको छ ।
वि.सं.२०७६ वैशाख २३ सोमवार २०:११ मा प्रकाशित