back

संविधानमा ‘मजदुर आयोग’को व्यवस्था गर्नुपर्ने माग

वि.सं.२०७३ कात्तिक २७ शनिवार

537 

shares
IME Limited
NTC AD

pm-majdur२७ कात्तिक, काठमाडौं । अखिल नेपाल ट्रेड यूनियन महासंघले संविधानमा राष्ट्रिय मजदुर आयोगको व्यवस्था गर्नुपर्ने माग राखेको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग आज बिहान बालुवाटारमा भएको भेटघाटमा महासंघका अध्यक्ष शालिकराम जमरकट्टेल मजदुर आयोग स्थापना हुनुपर्ने माग गर्दै मजदुरको समानुपातिक समावेशी सहभागिता सुनिश्चित गर्न, यातायात क्षेत्रका मजदुरका समस्या सम्बोधन गर्न, इ–रिक्सालाई व्यवस्थित पार्न नियमावली तयार गर्न तथा सरकारी ज्यालादारी र करारमा नियुक्त कर्मचरी, कामदारलाई अन्य सरकारी कर्मचारीसरह सेवा सुविधा दिन आग्रह गर्नुभएको थियो ।
जमरकट्टेल केही समयअघि पारित भएको औद्योगिक व्यवसाय ऐन मजदुरको पक्षमा नभएको भन्दै यसलाई संशोधन गर्न तथा संसदमा पुगेको श्रम ऐनको संशोधन विद्येयक र सामाजिक सुरक्षा ऐनलाई मजदुरमैत्री बनाउन समेत आग्रह गर्नु भएको थियो ।

भेटघाटका क्रममा प्रधानमन्त्री दाहालले मजदुर वर्गका समस्या समाधान गर्न आफू गम्भीर रहेको बताउदै आफू मजदुर किसान वर्गको मुक्तिका लागि अनवरत संघर्षमा रहेको भन्दै अहिले सरकारमा रहेर मजदुरका समस्या समाधान गर्न कुनै कसर बाँकी नराख्ने बताउनु भयो ।
प्रधानमन्त्रीले दाहालले महासंघका सबै माग जायज रहेको भन्दै यसलाई पुरा गराउन आफूले पहल गर्ने बताउनु भयो ।

वि.सं.२०७३ कात्तिक २७ शनिवार ०४:०७ मा प्रकाशित

एमाले पोलिटव्यूरो बैठक जारी

एमाले पोलिटव्यूरो बैठक जारी

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)को पोलिटव्यूरो बैठकमा सदस्यहरूले आआफ्नो...

भ्रस्टाचारको छानबिन र कारबाही माग गर्दै राप्रपाले अख्तियारमा बुझायो ज्ञापनपत्र

भ्रस्टाचारको छानबिन र कारबाही माग गर्दै राप्रपाले अख्तियारमा बुझायो ज्ञापनपत्र

काठमाडौं । भ्रष्टाचारको छानबिन र कारबाही माग गर्दै राष्ट्रिय प्रजातन्त्र...

अफताब आलमलाई सफाइ दिने फैसलाविरुद्ध सर्वोच्चमा पुनरावेदन

अफताब आलमलाई सफाइ दिने फैसलाविरुद्ध सर्वोच्चमा पुनरावेदन

काठमाडौं । नेपाली कांग्रेसका पूर्वसांसद मोहम्मद आफताब आलमलाई ज्यान मुद्दामा...

बाँफिकोटमा भिरबाट लडेर युवकको मृत्यु

बाँफिकोटमा भिरबाट लडेर युवकको मृत्यु

काठमाडौं । रुकुम पश्चिमको बाँफिकोट गाउँपालिकामा भिरबाट लडेर एक युवकको...

बामदेव गौतम आज एकीकृत समाजवादीमा प्रवेश गर्दै

बामदेव गौतम आज एकीकृत समाजवादीमा प्रवेश गर्दै

काठमाडौं । एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतम आज नेकपा...

एमाले पोलिटब्युरो बैठक : पूर्वराष्ट्रपति भण्डारीको सन्दर्भमा चर्चा हुने

एमाले पोलिटब्युरो बैठक : पूर्वराष्ट्रपति भण्डारीको सन्दर्भमा चर्चा हुने

काठमाडौं । नेकपा एमालेको पोलिटब्युरो बैठक आज दिउँसो १ बजे...