back
CTIZAN AD

एक चीन नीतिमा काँग्रेस अडिग, नक्कली फोटो राखेर दुश्प्रचार गरिएको गुनासो

वि.सं.२०७३ कात्तिक २७ शनिवार

762 

shares

congresh-flag२७ कात्तिक, काठमाडौँ । नेपाली काँग्रेसले एक चीन नीतिप्रति पार्टीको स्पष्ट दृष्टिकोण रहेकोे जनाएको छ ।

काँग्रेसल शुक्रबार विज्ञप्ति जारी गरी पार्टी पञ्चशीलको सिद्धान्तमा दृढ रहेको जनाउँदै काँग्रेसको चीन सरकारसँगको सम्बन्धका विषयमा भ्रम सिर्जना गर्ने दुष्प्रयास गर्नु दुर्भाग्यपूर्ण हो भनी उल्लेख गरेको छ ।

काँग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलद्वारा शुक्रबार जारी विज्ञप्तिमा भनिएको छ,“पार्टीको एक चीन नीतिप्रतिको दृष्टिकोण काँग्रेस पार्टी र सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवालाई कसैले सिकाइरहनु पर्दैन । ”

अनर्गल प्रचारप्रति ध्यानाकर्षण
सभापति देउवाको भारत भ्रमणका सम्बन्धमा केही छापामाध्यममा भ्रामक र कपोलकल्पित प्रचार भएको भन्दै काँग्रेसले त्यसको निन्दा गरेको छ । सभापति देउवा इन्डिया फाउन्डेसनद्वारा आयोजित कार्यक्रमको प्रमुख अतिथिका रुपमा भाग लिन भारतको गोवा जानुभएको थियो ।

“कार्यक्रमको उद्घाटनसत्र सकिनेबित्तिकै सभापति देउवा कार्यक्रमस्थलबाट बाहिरिनुभएको हो तर यथार्थलाई बिर्सेर केही नेपाली सञ्चारमाध्यमले पटक पटक सभापति देउवाले दलाई लामाका प्रतिनिधिलाई भेटेको भन्दै नियोजित रुपमा र अनर्गल प्रचारको शैलीमा समाचार सम्प्रेषण गरिरहेको प्रति काँग्रेसको गम्भीर ध्यानाकर्षण भएको छ” विज्ञप्तिमा भनिएको छ ।

उक्त कार्यक्रमको उद्घाटनसत्रको प्रमुख अतिथिका रुपमा सभापति देउवाले सम्बोधन गर्नुभएको र कार्यक्रममा भारतीय जनता पार्टीका अध्यक्ष अमित शाह, भारतका रेलमन्त्री सुरेश प्रभु र आध्यात्मिक चिन्तक स्वामी तेजोनन्द सहभागी वक्ताका रुपमा मञ्चमा रहनुभएको विज्ञप्तिमा उल्लेख छ ।

कार्यक्रमको तस्बिर नक्कली

काँग्रेसले नक्कली तस्बिरसहितका समाचार सम्प्रेषण गरेर सभापति देउवालाई बदनाम गर्ने कुत्सित उद्देश्यले दुष्प्रचार गरिएको भन्दै दुःख व्यक्त गरेको छ । विज्ञप्तिमा भनिएको छ, “कहाँ कहाँको तस्बिर जोडी उहाँसँगै बसेको र अन्तक्र्रिया समेत गरेको तथा सभापति देउवा एक चीन नीतिप्रति संवेदनशील नभएको भनी दुष्प्रचार गर्नु दुर्भाग्यपूर्ण हो ।”

काँग्रेसले सभापति प्रमुख अतिथि रहेको कार्यक्रमको दर्शकदीर्घामा को कहाँ बसेका थिए भन्ने कुनै जानकारी उहाँलाई जानकारी नभएको र त्यो चियोचर्चा गर्ने विषय पनि नभएको विज्ञप्तिमा जनाइएको छ ।

वि.सं.२०७३ कात्तिक २७ शनिवार ०४:१२ मा प्रकाशित

अन्तर्वार्ताको मिति छिटो मिलाइदिन्छु भन्ने दाबी गर्नेहरूसँग सावधान रहन अमेरिकी दूतावासको आग्रह

अन्तर्वार्ताको मिति छिटो मिलाइदिन्छु भन्ने दाबी गर्नेहरूसँग सावधान रहन अमेरिकी दूतावासको आग्रह

काठमाडौं । नेपालस्थित अमेरिकी दूतावासले भिसा अन्तर्वार्ताको मिति छिटो मिलाइदिने...

प्रमुख निर्वाचन आयुक्तमा मानबहादुर कार्की सर्वसम्मत अनुमोदित

प्रमुख निर्वाचन आयुक्तमा मानबहादुर कार्की सर्वसम्मत अनुमोदित

काठमाडौं । संघीय संसदअन्तर्गतको संसदीय सुनुवाइ समितिले प्रमुख निर्वाचन आयुक्तका...

सानेपामा नेता श्रेष्ठप्रति अन्तिम श्रद्धाञ्जली

सानेपामा नेता श्रेष्ठप्रति अन्तिम श्रद्धाञ्जली

काठमाडौँ । नेपाली कांग्रेसका पूर्व उपसभापति तथा पूर्वउपप्रधानमन्त्री गोपालमान श्रेष्ठको...

देवानगञ्ज घटनामा प्रधानमन्त्रीको भूमिकाप्रति गगन थापाको असन्तुष्टि

देवानगञ्ज घटनामा प्रधानमन्त्रीको भूमिकाप्रति गगन थापाको असन्तुष्टि

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले सुनसरीको देवानगञ्ज गाउँपालिका–३...

देवानगञ्ज गोलीकाण्ड छानबिन समिति पुग्यो घटनास्थलमा, वार्तामार्फत समाधान खोज्द दलहरुको अपिल

देवानगञ्ज गोलीकाण्ड छानबिन समिति पुग्यो घटनास्थलमा, वार्तामार्फत समाधान खोज्द दलहरुको अपिल

विराटनगर । सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा आइतबार राति भएको गोलीकाण्डको...

कपिलवस्तुमा ट्रकको ठक्करबाट बालकसहित तीन जनाको मृत्यु

कपिलवस्तुमा ट्रकको ठक्करबाट बालकसहित तीन जनाको मृत्यु

कपिलवस्तु, । कपिलवस्तुको महाराजगञ्ज नगरपालिका–२ गैडहवास्थित बहादुरगञ्ज–तौलिहवा हुलाकी सडकखण्डमा ट्रकको...