Logo
१३ आश्विन २०८०, शनिबार
     Sat Sep 30 2023
E-paper
  English Edition
   Unicode
Logo

संचारमाध्यमले भ्रम सिर्जना गरेको भन्दै परराष्ट्र मन्त्रालयको आपत्ति



foreign-ministry-logo

२७ कात्तिक, काठमाडौँ । परराष्ट्र मन्त्रालयले मन्त्रालयले एक चीन नीतिमा नेपाल सरकार पूर्ण प्रतिबद्ध र दुढ रहँदै आएको स्पष्ट पारेको छ ।

मन्त्रालयले शुक्रबार विज्ञप्ति जारी गरी नेपाल र चीनबीचको सम्बन्धलाई लिएर केही सञ्चारमाध्यममा प्रकाशित समाचारबाट द्विपक्षीय सम्बन्धमा भ्रम सिर्जना गर्ने खोजिएको तर त्यसमा सत्यता नभएको जनाएको छ ।

समाचारमा दाबी गरिए झैँ नेपालको एक चीन नीतिबारे चीनले नेपाल सरकारको धारणा माग गरेको भन्ने विषयमा समेत कुनै सत्यता नभएको उल्लेख गरिएको छ ।

नेपालले छिमेकी मित्र राष्ट्रसँगको सम्बन्धलाई सधैंँ उच्च महत्व दिई आएको र वर्तमान सरकार उक्त सम्बन्धलाई थप सुदृढ बनाउन प्रतिबद्ध रहेको बताउँदै मन्त्रालयले मित्रराष्ट्रसँगको सम्बन्धका बारेमा समाचार सम्प्रेषण गर्दा विषयको संवेदनशीलताप्रति आवश्यक सावधानी अपनाउन आग्रह गरेको छ ।


-->

एकराज पाठक, छन्दु (चीन) । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को चीन औपचारिक भ्रमण सफलतापूर्वक सम्पन्न

राजेश क्षेत्री निर्दोष, दार्चुला १. थुनेर राख्नुहोस् कारागार के गर्न खोजेका हुन् देशकै माने

काठमाडौं । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ अवस्थित रहनुका साथै बंगालको

काठमाडौँ । सरकार र आन्दोलनरत संयुक्त राहत शिक्षक संयुक्त आन्दोलन परिचालन समितिबीच सहमति भएको

म्यामराज राई, भोजपुर, हाल -जापान ‘जिम्दार साब ! म तपाईहरूकै बालीघरेकी छोरी हूँ ।