
२५ वैशाख, काठमाडौँ । नेपाल प्रज्ञा प्रतिष्ठानले राष्ट्रिय कविता महोत्सव २०७६ को आयोजना गर्दैछ । प्रतिष्ठानको ६२ औँ वार्षिक उत्सवका उपलक्ष्यमा यहि असार ९ गते आयोजना गर्न लागिएको महोत्सवमा सहभागी हुन हुन चाहने कविहरुका लागि प्रतिष्ठानले सूचना जारी गरेको छ ।
प्रतियोगितामा सहभागी हुन चाहने कविहरुले समसामयिक विषयमा आधारित १५० शब्दमा नबढाइ ए फोर साइजमा कम्प्युटर टाइप गरी पठाउनु पर्ने हुन्छ । जेठ २५ गतेभित्र प्रतिष्ठानलाई प्राप्त हुने गरी पठाउनु पर्नेछ । उक्त अवधिपछि प्राप्त भएका कवितालाई महोसत्वमा समावेश नगरिने बताइएको छ ।
कविता पूर्णतः मौलिक हुनुपर्ने तथा महोत्सव सम्पन्न नभएसम्म कुनै पनि छापा वा विद्युतीय माध्यमबाट प्रकाशित नभएको हुनुपर्दछ । प्रतियोगि कविहरुले आफ्नो हालसालै खिचेको एक प्रति पासपोर्ट, ठेगाना र सम्पर्क नम्बर स्पष्ट रुपमा लेखि पठाउनु पर्दछ ।
प्रतियोगितामा प्रथम हुने एक जनालाई स्वर्ण पदक सहित नगद रु. ३० हजार, द्वितीय हुने एकजनालाई रजत पदकसहित नगद रु २५ हजार र तृतीय हुने तीन जनालाई जनही काँस्य पदकसहित नगद रु. २० हजार प्रदान गरिने प्रतिष्ठानद्वारा जारी सूचनामा जनाइएको छ ।
वि.सं.२०७६ वैशाख २५ बुधवार ०९:२६ मा प्रकाशित






























