back
CTIZAN AD

आजबाट कांग्रेसले देशभरी राष्ट्रिय जागरण अभियान गर्ने

वि.सं.२०७६ वैशाख २५ बुधवार

687 

shares

२५ बैशाख, काठमाण्डौं । नेपाल कांग्रेसले आजदेखि देशव्यापी रुपमा राष्ट्रिय जागरण अभियान सुरु गर्ने भएको छ ।

प्रमुख विपक्षी दलको भूमिकामा रहेको कांग्रेसले सरकारले गलत कदमबारे जनतालाई सू–सुचित बनाउने, कांग्रेस नेतृत्वमा भएका ऐतिहासिक कामहरुको प्रचार प्रसार गर्ने, सरकारलाई खबरदारी गर्ने तथा पार्टी संगठनभित्र देखिएका तमाम विकृतिहरुलाई सुदृढिकरण गर्नका लागि देश तथा विदेशमा पनि जागरण अभियान सुरु गर्न लागेको हो ।

आज १२ :३० बजे पार्टी सभापति शेर बहादुर देउवाद्धारा उद्घाटन गरिने जागरण अभियानको देशैभरीका जिल्ला समिति तथा संगठनहरुले एउटै समयमा बर र पिपलमा पानी हालेर उद्घाटन गरिने बताइएको छ ।

‘ हिमाल, पहाड, तराई–मधेशी नेपाली कांग्रेस राष्ट्रिय जागरण अभियान’ नाम दिईएको उक्त अभियान वर्षभरीमा सम्पन्न गरिने र तीन चरणमा सम्पन्न गरिने छ भने अभियानले पार्टीको नीति, कार्यक्रम संशोधन तथा विधानका बारेमा छलफल गरिने बताइएको छ ।

पहिलो चरण आज (२५ बैशाख) देखि जेठ २५ सम्म । दोश्रो चरण भदौ २४ देखि असोज १० सम्म र तेस्रो चरणमा पुस ७ देखि १६ सम्म जागरण अभियान सञ्चालन हुनेछ ।

आजबाट सुरु भएको पहिलो चरणको अभियान ७७ जिल्लामै सञ्चालन गरिने छ । उक्त अभियान १ महिनासम्म चल्ने छ । दोस्रो चरणमा ३३० प्रदेश निर्वाचन क्षेत्रमा र तेस्रो चरणमा ७५३ स्थानीय तहमा अभियान सञ्चालन गरिने छ ।

त्यस्तै जागरण अभियानका क्रममा मगर, नेवारी, भोजपुरी, लिम्बु, तामाङ, गुरुङ, मैथली, थारु, राई, राजवंशी, देउडा भाका र नेपाली भाषा गरेर १२ भाषामा तयार गरिएका जागरण गीत महिनाभरी नै बजाइने र देशव्यापी रुपमा बज्ने पनि पार्टी प्रवक्ता तथा नेता विश्वप्रका शर्माले बताएका छन् ।

अभियानका लागि कांग्रेसले केन्द्रीय नेताहरुलाई जिल्ला पठाइसकेको छ भने सातै प्रदेशमा पार्टी पदाधिकारी तथा शीर्ष नेतृत्वले सम्बोधन गर्ने कार्यक्रम रहेको पार्टी कार्यालयले जनाएको छ । जागरण अभियानका विदेशस्थित जनसम्पर्क समितिहरुले पनि सञ्चालन गर्नेछन् ।

 

वि.सं.२०७६ वैशाख २५ बुधवार ०९:३३ मा प्रकाशित

अवरुद्ध तातोपानी नाका जोड्ने सडकको इको खण्ड खुल्यो

अवरुद्ध तातोपानी नाका जोड्ने सडकको इको खण्ड खुल्यो

सिन्धुपाल्चोक । पहिरोका कारण ४० दिनदेखि अवरुद्ध चीनसँगको प्रमुख व्यापारिक...

काँग्रेसले महिला उद्यमशीलता सम्मेलन आयोजना गर्दै

काँग्रेसले महिला उद्यमशीलता सम्मेलन आयोजना गर्दै

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको...

स्याङ्जामा बोलेरो जिप दुर्घटना हुँदा दुईको मृत्यु, १० जना घाइते

स्याङ्जामा बोलेरो जिप दुर्घटना हुँदा दुईको मृत्यु, १० जना घाइते

स्याङ्जा । स्याङ्जाको गल्याङ नगरपालिका–८ करादीस्थित भित्री सडकखण्डमा बोलेरो जिप...

उद्धव थापालाई पदमुक्त गर्न उजुरीसहित प्रमुख सचेतक तामाङले प्रदेशसभा सचिवालय बुझाइन पत्र

उद्धव थापालाई पदमुक्त गर्न उजुरीसहित प्रमुख सचेतक तामाङले प्रदेशसभा सचिवालय बुझाइन पत्र

हेटौँडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की बागमती प्रदेश प्रमुख सचेतक...

संवेदनशील विषयमा बयान र खानतलासीको भिडियो सार्वजनिक गर्न तत्काल रोक लगाउन पूर्वउपप्रधानमन्त्री श्रेष्ठको आग्रह

संवेदनशील विषयमा बयान र खानतलासीको भिडियो सार्वजनिक गर्न तत्काल रोक लगाउन पूर्वउपप्रधानमन्त्री श्रेष्ठको आग्रह

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका नेता तथा पूर्वउपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठले...

मुख्यमन्त्री थापालाई विश्वासको मत दिने–नदिने विषयमा राप्रपामा फरक–फरक ह्विप, ‘फ्लोर क्रस’को सम्भावना

मुख्यमन्त्री थापालाई विश्वासको मत दिने–नदिने विषयमा राप्रपामा फरक–फरक ह्विप, ‘फ्लोर क्रस’को सम्भावना

काठमाडौँ । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापालाई विश्वासको मत दिने–नदिने...