back
CTIZAN AD

बालश्रम र विवाह न्यूनीकरण गर्न सचेत बन्दै नागरिक

वि.सं.२०७६ वैशाख २५ बुधवार

681 

shares

२५ वैशाख, लमही । बालविवाह न्यूनीकरण तथा बालश्रम अन्त्य गर्न दाङको तुलसीपुर उपमहानगरपालिकाले थालेको अभियान प्रभावकारी बन्दै गएको छ । तुलसीपुर उपमहानगरपालिकालाई बालमैत्री नगर निर्माणका लागि अभियानको थालनीपछि बालविवाह तथा बालश्रममा न्यूनीकरण आएको पाइएको छ ।

तुलसीपुर उपमहानगरपालिकाका उपप्रमुख माया आचार्य, महिला तथा बालबालिका शाखा संयोजक नवराज लामिछाने, महिला शाखा प्रमुख माया श्रेष्ठलगायतको टोलीले अनुगमन गर्दा यस्तो भेटिएको हो ।

तुलसीपुरको सबैभन्दा बढी बालश्रमिक र बालविवाह गर्ने गरेको तुलसीपुरको वडा नं ४, ७ , १०, ११ तथा साविक उरहरी, टरिगाउँ र हलवार गाविस हुने गरेको भए पनि पछिल्लो समय त्यहाँका नागरिक सचेत बनेको उपमहानगरपालिकाका उपप्रमुख माया आचार्यले बताइन् । “साविकको टरिगाउँ, उरहरी र हलवार बालविवाह र बालश्रम बढी हुने गरेका गाविस थिए, यिनैलाई लक्षित गरी विभिन्न सङ्घसंस्थाको सहकार्यमा कार्यक्रम सञ्चालन ग¥यौँ”, उनले भनिन् “यी कार्यक्रम सञ्चालनपछि अहिले बालश्रम र बालविवाह गराउनु हुन्न भन्नेमा अभिभावकहरु सहमत देखिएका छन् ।”

तुलसीपुर उपमहानगरपालिका र सिबिसको आर्थिक सहयोगमा नवजागरण महिला तथा बाल संरक्षण केन्द्र न्युसिपिसीले बालविवाह न्यूनीकरण र बालश्रम अन्त्यका लागि कार्यक्रम सञ्चालन गरिरहेको तुलसीपुर उपमहानगर महिला तथा बाल संरक्षण केन्द्रका संयोजक नवराज लामिछानेले बताए ।

बालविवाहले पार्ने असरका बारेमा सबै नागरिक सचेत भइसकेको तुलसीपुर उपमहानगर महिला शाखा प्रमुख माया श्रेष्ठले बताइन् । उनले भनिन्, “बालविवाह गर्दा गर्भवती किशोरीको मृत्यु नै हुनसक्छ भन्ने चेतना भएपछि यस्तो कार्य रोकिएको छ ।”

अहिले बालविवाह तथा बालश्रम अन्त्यका लागि तुलसीपुर उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डेको पत्र, पर्चा पम्पलेट वितरण गर्नुका साथै सडक नाटक प्रस्तुत गर्ने गरिएको न्युसिपिसीका कार्यक्रम संयोजक सन्तोष चनाराले जानकारी दिए ।

वि.सं.२०७६ वैशाख २५ बुधवार ११:५० मा प्रकाशित

नेपालगञ्जमा ‘दौडिन्छिन् हजुरआमा’ दोस्रो संस्करण हुँदै

नेपालगञ्जमा ‘दौडिन्छिन् हजुरआमा’ दोस्रो संस्करण हुँदै

बाँके । जेष्ठ नागरिकको स्वास्थ्य, सक्रिय जीवनशैली तथा मनोसामाजिक सुस्वास्थ्यप्रति...

महिला हिंसा अन्त्यका लागि कानुनी व्यवस्था कडा बनाउन सांसदहरूको माग

महिला हिंसा अन्त्यका लागि कानुनी व्यवस्था कडा बनाउन सांसदहरूको माग

काठमाडौँ । महिला हिंसा अन्त्यका लागि कानुनी व्यवस्था कडा बनाउँदै...

पर्यटन विधेयकमा आरोहीको बीमादेखि ‘फेक रेस्क्यु’ नियन्त्रणसम्मका सुझाव

पर्यटन विधेयकमा आरोहीको बीमादेखि ‘फेक रेस्क्यु’ नियन्त्रणसम्मका सुझाव

काठमाडौँ । पर्यटन विधेयकमा आरोहीको बीमादेखि ‘फेक रेस्क्यु’ नियन्त्रणसम्मका सुझाव...

जुम्लाबाटै सेवा निवृत्त कर्मचारीले प्राप्त गरे ई–पेन्सन सेवा

जुम्लाबाटै सेवा निवृत्त कर्मचारीले प्राप्त गरे ई–पेन्सन सेवा

जुम्ला । हिमाली जिल्ला जुम्लामा ई–पेन्सन सेवा सञ्चालनमा ल्याइएसँगै सेवा...

आरुघाट अस्पताल स्तरोन्नति गर्न छ पालिका मिलेर काम गर्ने सहमति

आरुघाट अस्पताल स्तरोन्नति गर्न छ पालिका मिलेर काम गर्ने सहमति

गोरखा । गोरखा र धादिङको सीमा क्षेत्रमा अवस्थित आरुघाट आधारभूत...

एचआइभीका नयाँ रोगी पहिचान

एचआइभीका नयाँ रोगी पहिचान

नेपालगञ्ज (बाँके) । भेरी अस्पताल, नेपालगञ्जमा एचआइभीका नयाँ रोगी फेला...