back

दाङ्ग देउखुरी सेवा समाज कतारको सम्मान कार्यक्रम सम्पन्न

वि.सं.२०७६ वैशाख २५ बुधवार

24 

shares

दाङ्ग देउखुरी सेवा समाज दोहा कतारले सम्मान कार्यक्रम सम्पन्न गरेको छ ।

मई ५ का दिन सम्पन्न उक्त कार्यक्रम नेपाली नयाँवर्ष २०७६ लाई स्वागत गर्दै शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गरिएको हो ।

त्यस्तै समाजले दाङ्ग देउखुरी सेवा समाज दोहाको पूर्ण सहयोगमा दाङ्ग देउखुरी सेवा समाज दाङ्ग घोराहीद्वारा सन्चालित एम्बुलेन्सका लागि सहयोगि दाताहरु लगायत दाङ्ग देउखुरी सेवा समाज दोहा कतारले सञ्चालन गरेको विभिन्न सामाजिक अभियानमा सहयोग गर्ने सहयोगी दाताहरुलाई सम्मान गरेको हो ।

दोहाको नज्मास्थित सालिमारमा सम्पन्न कार्यक्रममा दोहामा रहेका बैचारिक संघ सस्था, जिल्लाबासी संघ–सस्था विभिन्न जातिय, धार्मिक संघ सस्था लगायत कतारबासी दङ्गाली तथा गैरदङ्गाली दाजुभाइ दिदिबहिनी, समाजसेवी, बुद्धिजिवी, पत्रकार लगायतको उपस्तिथिमा दङ्गाली कलाकारहरुको विविध प्रस्तुतिका साथ कार्यक्रम सम्पन गरिएको हो ।

उत्त सम्मान कार्यक्रमका प्रमुख अतिथि सस्थाका सस्थापन वरिष्ठ सल्लाहकार तथा एम्बुलेन्स सञ्चानको संयोजक समेत रहेका सस्थाका वरिष्ठ सल्लाहकार कमल मणि गुरागाईँको प्रमुख अथितित्यता तथा सस्थाका अध्यक्ष हेम बहादुर बस्नेतको सभापतित्वमा सम्पन्न भएको उक्त कार्यक्रमको उद्घाटन प्रमुख अतिथि लगायतबाट दिप प्रज्वलन गरेर गरिएको थियो ।

राष्ट्रिय गानबाट सुरु गरिएको उक्त कार्यक्रममा सहिदहरुको सम्झनामा एक मिनेट मौन धारण समेत गरिएको थियो ।

सस्थाका प्रथम उपाध्यक्ष छबिलाल बुढाथोकीको स्वागत मन्तव्य रहेको उक्त कार्यक्रममा प्रमुख अतिथि कमल मनि गुरागाईँले नयाँबर्ष २०७६ को सुभकामना मन्तव्य दिदैं सस्थाले छोटो समयमा निकै उपलब्धिमुलक कार्य गरेको र सो कार्य सफलहुनमा सम्पूर्ण कतारबासी दङ्गाली तथा गैरदङ्गाली मजदुर, व्यवसायी, समाजसेवी पत्रकार, कतारमा स्थापित सामाजिक तथा बैचारिक संघसस्थाहरुको महत्वपूर्ण साथ र सहयोग रहेको र आगामी दिनहरुमा पनि साथ र सहयोगको अपेक्षा गर्दै सम्पूूर्ण सहयोगी दाताहरुलाइ सम्मानका साथ हार्दिक धन्यवाद व्यक्त गरेका थिए ।

कार्यक्रममा सम्मानपत्र, कदरपत्र, प्रसंशापत्र, र आजिवन सदस्य लिएका सदस्यहरुलाइ आजिबन प्रमाणपत्र समेत प्रदान गरिएको थियो ।

कार्यक्रमको समापन सभापतित्व गरेका सस्थाका अध्यक्ष हेम बहादुर बस्नेतले गरेका थिए भने सहजीकरण सस्थाका महासचिव मीन राज पुन र सचिब रन बहादुर केसीले गरेका थिए ।

वि.सं.२०७६ वैशाख २५ बुधवार ११:४६ मा प्रकाशित

रुस-युक्रेन लडाइमा निधन भएका नेपालीको शव चाँडो पठाउन सरकारको आग्रह

रुस-युक्रेन लडाइमा निधन भएका नेपालीको शव चाँडो पठाउन सरकारको आग्रह

काठमाडौँ । नेपाल सरकारले रुसी सरकारलाई रुसी सेनामा कार्यरत रही...

बेलायतमा कार दुर्घटनामा परि मेजर राईको निधन

बेलायतमा कार दुर्घटनामा परि मेजर राईको निधन

काठमाडौं । बेलायतमा कार दुर्घटनामा परि एक नेपालीको दुःखद निधन...

पर्वतका सन्तोष क्षेत्रीकाे मलेसियामा रहस्यमय मृत्यु

पर्वतका सन्तोष क्षेत्रीकाे मलेसियामा रहस्यमय मृत्यु

लामो समयदेखि रोजगारीका क्रममा मलेसिया रहेका पर्वत जिल्ला फलेवास नगरपालिका...

पोर्चुगलमा आफ्नै साथीको छुरा प्रहारबाट एक नेपाली युवाको मृत्यु

पोर्चुगलमा आफ्नै साथीको छुरा प्रहारबाट एक नेपाली युवाको मृत्यु

लिस्बन । आफ्नै साथीले छुरा प्रहार गर्दा पोर्चुगलमा एकजना नेपाली...

बद्री समूहको प्रस्तावप्रति आरके समूहको आपत्ति

बद्री समूहको प्रस्तावप्रति आरके समूहको आपत्ति

गैरआवासीय नेपाली संघको गत महिना काठमाडौँमा सम्पन्न निर्वाचनमा धाँधली भएको...

एनआरएनए यूके अब शेष घलेको संरक्षक रहेको एनआरएनसंग आवद्ध हुने

एनआरएनए यूके अब शेष घलेको संरक्षक रहेको एनआरएनसंग आवद्ध हुने

  लन्डन । एनआरएनए यूकेले आफ्नो ’रोडम्याप’ सार्वजनिक गरेको छ...