back
CTIZAN AD

दाङ्ग देउखुरी सेवा समाज कतारको सम्मान कार्यक्रम सम्पन्न

वि.सं.२०७६ वैशाख २५ बुधवार

600 

shares

दाङ्ग देउखुरी सेवा समाज दोहा कतारले सम्मान कार्यक्रम सम्पन्न गरेको छ ।

मई ५ का दिन सम्पन्न उक्त कार्यक्रम नेपाली नयाँवर्ष २०७६ लाई स्वागत गर्दै शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गरिएको हो ।

त्यस्तै समाजले दाङ्ग देउखुरी सेवा समाज दोहाको पूर्ण सहयोगमा दाङ्ग देउखुरी सेवा समाज दाङ्ग घोराहीद्वारा सन्चालित एम्बुलेन्सका लागि सहयोगि दाताहरु लगायत दाङ्ग देउखुरी सेवा समाज दोहा कतारले सञ्चालन गरेको विभिन्न सामाजिक अभियानमा सहयोग गर्ने सहयोगी दाताहरुलाई सम्मान गरेको हो ।

दोहाको नज्मास्थित सालिमारमा सम्पन्न कार्यक्रममा दोहामा रहेका बैचारिक संघ सस्था, जिल्लाबासी संघ–सस्था विभिन्न जातिय, धार्मिक संघ सस्था लगायत कतारबासी दङ्गाली तथा गैरदङ्गाली दाजुभाइ दिदिबहिनी, समाजसेवी, बुद्धिजिवी, पत्रकार लगायतको उपस्तिथिमा दङ्गाली कलाकारहरुको विविध प्रस्तुतिका साथ कार्यक्रम सम्पन गरिएको हो ।

उत्त सम्मान कार्यक्रमका प्रमुख अतिथि सस्थाका सस्थापन वरिष्ठ सल्लाहकार तथा एम्बुलेन्स सञ्चानको संयोजक समेत रहेका सस्थाका वरिष्ठ सल्लाहकार कमल मणि गुरागाईँको प्रमुख अथितित्यता तथा सस्थाका अध्यक्ष हेम बहादुर बस्नेतको सभापतित्वमा सम्पन्न भएको उक्त कार्यक्रमको उद्घाटन प्रमुख अतिथि लगायतबाट दिप प्रज्वलन गरेर गरिएको थियो ।

राष्ट्रिय गानबाट सुरु गरिएको उक्त कार्यक्रममा सहिदहरुको सम्झनामा एक मिनेट मौन धारण समेत गरिएको थियो ।

सस्थाका प्रथम उपाध्यक्ष छबिलाल बुढाथोकीको स्वागत मन्तव्य रहेको उक्त कार्यक्रममा प्रमुख अतिथि कमल मनि गुरागाईँले नयाँबर्ष २०७६ को सुभकामना मन्तव्य दिदैं सस्थाले छोटो समयमा निकै उपलब्धिमुलक कार्य गरेको र सो कार्य सफलहुनमा सम्पूर्ण कतारबासी दङ्गाली तथा गैरदङ्गाली मजदुर, व्यवसायी, समाजसेवी पत्रकार, कतारमा स्थापित सामाजिक तथा बैचारिक संघसस्थाहरुको महत्वपूर्ण साथ र सहयोग रहेको र आगामी दिनहरुमा पनि साथ र सहयोगको अपेक्षा गर्दै सम्पूूर्ण सहयोगी दाताहरुलाइ सम्मानका साथ हार्दिक धन्यवाद व्यक्त गरेका थिए ।

कार्यक्रममा सम्मानपत्र, कदरपत्र, प्रसंशापत्र, र आजिवन सदस्य लिएका सदस्यहरुलाइ आजिबन प्रमाणपत्र समेत प्रदान गरिएको थियो ।

कार्यक्रमको समापन सभापतित्व गरेका सस्थाका अध्यक्ष हेम बहादुर बस्नेतले गरेका थिए भने सहजीकरण सस्थाका महासचिव मीन राज पुन र सचिब रन बहादुर केसीले गरेका थिए ।

वि.सं.२०७६ वैशाख २५ बुधवार ११:४६ मा प्रकाशित

चेम्बर र एनआरएनएबीच लगानी र व्यापार प्रवर्द्धन गर्ने साझेदारी

चेम्बर र एनआरएनएबीच लगानी र व्यापार प्रवर्द्धन गर्ने साझेदारी

  काठमाडौँ ।  नेपाल चेम्बर अफ कमर्स (एनसीसी) र गैरआवासीय...

लण्डनमा तेश्रो ‘किताब जात्रा’ भव्य रुपमा सम्पन्न

लण्डनमा तेश्रो ‘किताब जात्रा’ भव्य रुपमा सम्पन्न

लण्डन। किताब यात्रा फाउन्डेसनको आयोजनामा लण्डनस्थित नेपाली दूतावासमा तेस्रो ‘किताब...

कांग्रेस महामन्त्री गुरुराज घिमिरेलाई न्युयोर्कमा स्वागत

कांग्रेस महामन्त्री गुरुराज घिमिरेलाई न्युयोर्कमा स्वागत

न्युयोर्क, अमेरिका । नेपाली कांग्रेसका केन्द्रीय महामन्त्री गुरुराज घिमिरेलाई जिपि...

स्पेनको कोस्टाब्लाङ्का क्षेत्रमा धार्मिक धरोहर निर्माणका लागि नेपाल समाज एसोसिएसनको पहलमा १ लाख युरो प्रतिबद्धता

स्पेनको कोस्टाब्लाङ्का क्षेत्रमा धार्मिक धरोहर निर्माणका लागि नेपाल समाज एसोसिएसनको पहलमा १ लाख युरो प्रतिबद्धता

स्पेनको कोस्टाब्लाङ्का क्षेत्रमा नेपाली धर्म, संस्कृति र परम्पराको संरक्षण तथा...

नेपाली वैज्ञानिक डा. शिवप्रसाद अधिकारी अमेरिकामा पुरस्कृत

नेपाली वैज्ञानिक डा. शिवप्रसाद अधिकारी अमेरिकामा पुरस्कृत

नेपाली वैज्ञानिक डा. शिवप्रसाद अधिकारी अमेरिकामा प्रतिष्ठित अन्तर्राष्ट्रिय पुरस्कारबाट सम्मानित...