२६ बैशाख, काठमाण्डौं । दोश्रो जनआन्दोलनपछि सरकारले १२ वर्षमा एक लाख ९० हजार ७ सय २६ जनालाई जन्मको आधारमा नागरिकता बाँडेको छ ।
गृहमन्त्रालयको अभिलेख अनुसार जन्मका अधारमा नागरिकता प्राप्त गर्नेमा मधेहमा बसोबास गर्ने नागरिक ज्यादा छन् ।
अन्तरिम संविधान २०६३ र नेपाल नागरिकता ऐन २०६३ जारी भएपछि पछिल्लोपटक जन्मका आधारमा नागरिकता बाँडिएको थियो । गृहमन्त्रालयको नागरिकता तथा राष्ट्रिय परिचयपत्र व्यवस्थापन शाखाको रेर्कड अनुसार ४९ जिल्लामा जन्मका आधारमा नागरिकता बाँडिएको छ ।
सर्वोच्च अदालतले मंगलबार जन्मको आधारमा नागरिकता प्राप्त नागरिकताका सन्तानलाई वंशजका आधारमा नागरिकता बाँड्न अन्तरिम आदेशमार्फत ्बन्देज लगाएको छ ।
विहिबारको अन्नपूर्णपोष्ट दैनिकमा यम वीरहीले लेखेका छन् ।
वि.सं.२०७६ वैशाख २६ बिहीवार ०७:३६ मा प्रकाशित






























