back
CTIZAN AD

वडाअध्यक्षकै नेतृत्वमा दलितमाथि कुटपिट ?

वि.सं.२०७६ वैशाख २७ शुक्रवार

654 

shares

२७ बैशाख, सप्तरी । सप्तरीको अग्निसाइर कृष्ण सवरण गाँउपालिका ५ का वडाअध्यक्षकै अगुवाइमा दलितमाथि कुटपिट गरिएकोछ ।

गाउँका एक विवाहित दलित युवाले गैरदलित नावालिका भगाएपछि सुरु भएको विवादमा वडाअध्यक्ष श्रीप्रसादल यादवसहितको टोलीले दलित परिवारमाथि कुटपिट गरेको हो ।

खत्वेटोलका मोहन खंग (खत्वे), उनकी श्रीमती धनमा, छोरा रामचन्द्र र बुहारी सरोदेवी तथा राजेश खंग, डम्बर खंग र जुक्तिया खंगमाथि आक्रमण भएको छ । वडाअध्यक्ष यादव, गर्भी यादव, मनोजकुमार सिंहलगायतले २४ बैशाखमा आफूहरुमाथि आक्रमण गरेको आरोप पीडितले लगाएका छन् ।

त्यहि टोलका विलक्षण खंगका छोरा राजुले १३ वैशाखमा सप्तकोशी नगरपालिकास्थित कमलपुरकी प्रमिला खंगसँग विवाह गरेका थिए । त्यसको दुईदिन पछि १५ बैशाखमा राजुले मनोजकुमार सिंहकी छोरी साक्षी कुमारीलाई भगाए । राजुले साक्षीलाई लिएर हिडेँपछि केटी पक्षले खत्वे टोलका दलितहरुलाई निसाना बनाएको मोहन खंगको भनाइ छ ।

शुक्रबारको नयाँपत्रिका दैनिकमा दिनेश पराजुलीले ले सप्तरीबाट लेखेका छन् ।

वि.सं.२०७६ वैशाख २७ शुक्रवार ०८:२० मा प्रकाशित

बागमतीमा विश्वासको मतभन्दा ठूलो संकट सत्ता–साझेदारीको

बागमतीमा विश्वासको मतभन्दा ठूलो संकट सत्ता–साझेदारीको

काडमाडौँ । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले आज दिउँसो...

मेयर्स रिसर्च फेलोसिपका लागि अनुसन्धान प्रस्ताव आह्वान

मेयर्स रिसर्च फेलोसिपका लागि अनुसन्धान प्रस्ताव आह्वान

काठमाडौँ . काठमाडौँ महानगरपालिकाले मेयर्स रिसर्च फेलोसिप २०८३ (Mayor’s Research...

बालविकास सहजकर्ता र विद्यालय कर्मचारीको पारिश्रमिक बृद्धि, निर्णय कार्यान्वयन गर्न पत्राचार

बालविकास सहजकर्ता र विद्यालय कर्मचारीको पारिश्रमिक बृद्धि, निर्णय कार्यान्वयन गर्न पत्राचार

भक्तपुर । नेपाल सरकारले प्रारम्भिक बालविकासका सहजकर्ता, विद्यालय सहायक कर्मचारी,...

अवरुद्ध तातोपानी नाका जोड्ने सडकको इको खण्ड खुल्यो

अवरुद्ध तातोपानी नाका जोड्ने सडकको इको खण्ड खुल्यो

सिन्धुपाल्चोक । पहिरोका कारण ४० दिनदेखि अवरुद्ध चीनसँगको प्रमुख व्यापारिक...

काँग्रेसले महिला उद्यमशीलता सम्मेलन आयोजना गर्दै

काँग्रेसले महिला उद्यमशीलता सम्मेलन आयोजना गर्दै

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको...

स्याङ्जामा बोलेरो जिप दुर्घटना हुँदा दुईको मृत्यु, १० जना घाइते

स्याङ्जामा बोलेरो जिप दुर्घटना हुँदा दुईको मृत्यु, १० जना घाइते

स्याङ्जा । स्याङ्जाको गल्याङ नगरपालिका–८ करादीस्थित भित्री सडकखण्डमा बोलेरो जिप...