back
CTIZAN AD

सडकमा आगो बलेपछि बन्ने भयो चावहिल-साँखु सडक

वि.सं.२०७६ वैशाख २७ शुक्रवार

762 

shares

२७ बैशाख, साँखु । लामो समयदेखि अलपत्र चावहिल–साँखु सडकखण्डअन्तर्गत टुसाल–जोरपाटी सडकखण्ड तत्काल कालोपत्र हुने भएको छ ।

धुलो र हिलोले आजित बनेका बौद्ध, टुसाल, जोरपाटीका स्थानीय व्यवसायी र सर्वसाधारणले हिजो बिहीबार यातायात नै अवरुद्ध पारी सडक आन्दोलनमार्फत सम्बन्धित निकायलाई ध्यानार्कषण गरेका थिए । सडकमा उत्रिएका आन्दोलनकारी र उक्त सडकखण्ड निर्माण गर्न ठेक्का पाएको युनाइटेड विल्डर्सबीच छ बुँदे सहमति भएपछि आन्दोलन स्थगित भएको छ ।

स्थानीय बासिन्दा, व्यापारी तथा उक्त सडकखण्ड कालोपत्र गर्ने ठेकेदारबीच भएको सम्झौताअनुसार आइतबारदेखि नै कालोपत्र गर्ने काम ठेकेदार कम्पनीले शुरु गर्ने सहमति भएको छ ।

बौद्ध व्यापार सङ्घका अध्यक्ष दीपक चौलागाईंले कालोपत्र गर्नुपूर्व रोलर लगाउने, सबवेस, बेस बनाउने काम कार्य आजैदेखि शुरु गर्ने सहमति भएको छ । ठेकेदार कम्पनीका प्रमुख शकुन्तलालाल हिराचन, काठमाडौँ महानगरपालिका वडाध्यक्ष दीपेन्द्र लामा, बौद्ध व्यापार सङ्घका अध्यक्ष चौलागाईं, स्थानीय बासिन्दा तथा टुसाल युवा क्लबका प्रतिनिधिसहित बसेको बैठकबाट सहमति भएको चौलागाईंले जानकारी दिए ।

बिहीबार बिहान ८ः३० बजेदेखि शुरु भएको आन्दोलनमा प्रहरीले व्यापक बल प्रयोग गरेको थियो । प्रदर्शनमा उत्रिएका एक दर्जन आन्दोलनकारी घाइते भएका थिए भने प्रहरीले आन्दोलनलाई दबाउन लाठीचार्ज र अश्रुग्यास प्रहार गरेको थियो । अन्तिममा प्रहरी र स्थानीय जनप्रतिनिधिको विशेष भूमिकामा ठेकेदारलाई नै ल्याएर सहमति गर्ने वातावरण बनेपछि आन्दोलन स्थगित भएको थियो ।

सहमति ठूलो उपलब्धि भएको भन्दै बौद्ध व्यापार सङ्घका अध्यक्ष चौलागाईंले सहमतिपत्रको अक्षरसः पालाना नभए आइतबारबाट पुनः अनिश्चितकालीन चक्काजामको आह्वान गर्ने चेतावनी दिएका छन् । त्यस्तै सङ्घकी कोषाध्यक्ष मेनुका श्रेष्ठले आन्दोलन फिर्ता लिएको नभई स्थगित मात्र भएको बताइन् । आन्दोलन रोकिएको छैन, सहमतिअनुसार काम नभए पुनः चक्काजाम गर्ने श्रेष्ठले बताए ।

चार वर्षदेखि निर्माण अलपत्र परेको चावहिल–साँखु सडकखण्डअन्तर्गतका सर्वसाधारण तथा स्थानीय व्यपारीले सडककै कारण ठूलो समस्या खेप्दै आइरहेका छन् । सरकारले विसं २०७२ मा चावहिलबाट साँखुसम्मको सडकलाई २२ मिटर चौडा र चार लेनको बनाउने योजना ल्यायो । काठमाडौँ उपत्यका सडक विस्तार आयोजनाले २०७२ जेठमा सडकखण्डको निर्माणको लागि बोलपत्र आह्वान गरेर असोजमा चार निर्माण व्यवसायीलाई ठेक्का दिएको थियो ।

कूल लम्बाइ ११ दशमलव ४६ किलोमिटर सडकखण्डमा चार कम्पनीले समयमै निर्माण नसक्ने भएपछि थप एक कम्पनी गरी पाँच ठेकेदार कम्पनीले यो सडक विस्तारको जिम्मा पाएका थिए । तर अहिलेसम्म उक्त सडकखण्डले पूर्णता पाउन सकेको छैन ।

वि.सं.२०७६ वैशाख २७ शुक्रवार ११:५५ मा प्रकाशित

भोटेकोशी बाढी प्रभावितका लागि राहत सामग्री संकलन गर्न तोकिए यी तीन स्थान

भोटेकोशी बाढी प्रभावितका लागि राहत सामग्री संकलन गर्न तोकिए यी तीन स्थान

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीबाट प्रभावित नागरिकका...

नाडाले विपद् राहत कोषमा १० लाख रुपैयाँ सहयोग गर्ने

नाडाले विपद् राहत कोषमा १० लाख रुपैयाँ सहयोग गर्ने

काठमाडौं । भोटेकोशी नदीमा आएको भीषण बाढीबाट प्रभावित नागरिकको उद्धार...

विपद् संकट सामना गर्न सर्वदलीय १० बुँदे संकल्प

विपद् संकट सामना गर्न सर्वदलीय १० बुँदे संकल्प

काठमाडौं । नेपाल–चीन सीमावर्ती क्षेत्रबाट भोटेकोसीलगायत नदी बेसिनमा आएको अप्रत्याशित...

राहत बाँड्दै एनआरएनए

राहत बाँड्दै एनआरएनए

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले भोटेकोशी बाढीबाट प्रभावित...

भोटेकोसी घटनापछि तत्काल र दीर्घकालीन कार्यभार अघि बढाउन डा भट्टराईको सुझाव

भोटेकोसी घटनापछि तत्काल र दीर्घकालीन कार्यभार अघि बढाउन डा भट्टराईको सुझाव

काठमाडौं । पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले भोटेकोसी क्षेत्रमा आएको विनाशकारी...

पूर्वसूचना नदिएको आरोप खण्डन गर्दै चिनियाँ दूतावासले गरयो यस्तो आग्रह

पूर्वसूचना नदिएको आरोप खण्डन गर्दै चिनियाँ दूतावासले गरयो यस्तो आग्रह

काठमाडौँ । नेपाल–चीन सीमा क्षेत्रमा आएको विनाशकारी बाढी तथा पहिरोका...