back
CTIZAN AD

मोदीको आरोपमा तुक छैन –देवेन्द्र प्रताप शाह

वि.सं.२०७६ वैशाख २८ शनिवार

837 

shares

भारतीय प्रधानमन्त्री नरेंद्र मोदीले ले चुनाव प्रचारका दौरान विपक्षप्रति कडा निशाना प्रहार गरेका छन् । कांग्रस आईका अध्यक्ष राहुल गांधीका पीता राजीव गान्धीप्रति गम्भिर आरोप लगाएका छन् । उनले राजीव गान्धी ‘नम्बर वन भ्रष्ट नेता’ भएको आरोप लगएका हुन् । यो अभिव्यक्तिले भारतीय राजनीतिमा तरङ्ग सिर्जना गरेको छ भने भारतीय राजनीतिलाई हेरेका विश्लेषकहरुले पनि विभिन्न तरिकाले आफ्नो मत व्यक्त गरेका छन् ।

विश्लेषक देवेन्द्र प्रताप शाहले भारतीय प्रधानमन्त्री मोदीले राजीवलाई भ्रष्ट नेता भनेर लगाइएको आरोमा कुनै तुक नभएको भनि टिप्पणी गरेका छन् । उनले मोदीको अभिव्यक्ति सोचे जस्तो व्यक्ति नभएको बताएका छन् । भारतीय प्रधानमन्त्री मोदीलाई इमान्दार नेताको रुपमा हेरेको भएपनि यो अभिव्यक्तिपछि भने आफ्नो दृष्टिकोण फरक भएको शाहले बताएका छन् । उनले लेखको छन्:

“भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालको पहिलो भ्रमणमा संयुक्त सदनलाई सम्बोधन गर्ने क्रममा उनले बोलेका कुरालाई गम्भिरतापूर्वक लिदा कति आनन्द आएको थियो, त्यसको सीमा नै छैन । सनातन रुपमा विश्वासको संकटबाट गुज्रिरहेको नेपाल भारत सम्बन्धले अब एउटा उचाइ लिने ठानियो । सारा नेपाली जनताको मनमा अपार हर्ष छाएको थियो ।

कहाँसम्म भने उनले नाकाबन्दी गर्दा पनि मेरो सोझो मनमा नेपाली नेताहरुले नै कुनै अक्षम्य भुल गरेछन् कि भन्ने शंका उब्जेको थियो । तर अहिले भारतीय चुनाबको सिलसिलामा उनले बोलेका टिप्पणीहरु सुने पछि मोदी सोचे जस्तो रहेनछन् भन्ने लाग्दैछ । यस चुनाबमा प्रतिस्पर्धि रहेका राहुल गान्धीका पिताको बारेमा बोल्दै मोदीले भनेछन्,’राजिव गान्धी करप्ट नम्बर वान हुन्’ ।

चुनाबमा बतख्वाई गर्ने भनेको आफ्नो प्रतिस्पर्धिको हो, उनको माता वा पिताको होइन । त्यही पनि राजिबलाई भारतीय अदालतले नै बोफोर्स मुद्दामा घुस खाएको प्रमाण नभेटिएको भन्दै उन्मुक्ति दिइसकेको अवस्था हो । यति मात्र हैन, राजिब गान्धी देशको लागि लड्दा आतंककारीहरुद्वारा मारिएका शहिद हुन् । अझै थपौँ, राजिबले नै भारतको समाजवादी धारमा अलमलिएर गरिब मात्र जन्माइरहने अर्थतन्त्रलाई उदारिकरणको शुरुआत गरेका थिए । राजिब त्यस्ता ब्यक्ति थिए जसले आफुलाई भारतीय राजनीतिमा अहिलेसम्मकै ठूलो राजनीतिक धोका दिने विश्वनाथप्रसाद सिंहको प्रधानमन्त्रीको सपथ समारोहमै उपस्थित भएर बधाइ दिएका थिए । त्यसअघि त्यस देशमा कुनै प्रधानमन्त्रीको सपथ समारोहमा कुनै पूर्व प्रधानमन्त्री उपस्थित भएका थिएनन् । यति मात्र हैन, पुर्व प्रधानमन्त्री चन्द्रशेखरले बोफोर्स जस्ता काण्ड हरेक प्रधानमन्त्रीको पालोमा भएका छन्, राजिब सोझा भएका र धोका खाएकाले मात्र बाहिर आएको हो भनेका थिए ।”

वि.सं.२०७६ वैशाख २८ शनिवार ०९:३१ मा प्रकाशित

युवाहरू व्यावहारिक सीप सिक्नतर्फ आकर्षित

युवाहरू व्यावहारिक सीप सिक्नतर्फ आकर्षित

पछिल्लो समय युवाहरू खर्च घटाउने तत्कालीन उपायभन्दा भविष्यमा उपयोगी हुने...

आठ वर्षसम्म स्कुलमा टेक्न नपाएको खनालको खुलासा

आठ वर्षसम्म स्कुलमा टेक्न नपाएको खनालको खुलासा

पूर्व अर्थमन्त्री रामेश्वर खनालले आफू आठ वर्षसम्म स्कुलमा टेक्न नपाएको...

‘आमा’ भनेर कति पटक चिच्यायौ होला, शिवान ?

‘आमा’ भनेर कति पटक चिच्यायौ होला, शिवान ?

नवलपरासी (बर्दघाट सुस्ता पूर्व)को गैँडाकोट नगरपालिका–१४, भागरका साढे दुई वर्षीय...

चिराचिरा परेको जमिनले ताम्सुवासीमा त्रासमा, कतिखेर पहिरो जान्छ थाहा छैन

चिराचिरा परेको जमिनले ताम्सुवासीमा त्रासमा, कतिखेर पहिरो जान्छ थाहा छैन

बाजुरा । “जमिनमा परेको चिरा हेर्दा आफ्नै मन फाटेजस्तो लाग्छ...

नेपाली वैज्ञानिक डा. शिवप्रसाद अधिकारी अमेरिकामा पुरस्कृत

नेपाली वैज्ञानिक डा. शिवप्रसाद अधिकारी अमेरिकामा पुरस्कृत

नेपाली वैज्ञानिक डा. शिवप्रसाद अधिकारी अमेरिकामा प्रतिष्ठित अन्तर्राष्ट्रिय पुरस्कारबाट सम्मानित...