back
CTIZAN AD

भवन विवाद बारे बोले अध्यक्ष भट्ट, सरकारसँग क्षतिपूर्ति माग

वि.सं.२०७६ वैशाख २९ आइतवार

633 

shares

 

२९ बैशाख, काठमाण्डौं । गैरआवासीय नेपाली संघले (एनआरएनए) ले सरकारसँग क्षतिपूर्ति मागेको छ ।

विवादमा आएको बालुवाटारस्थित ललिता निवासको जग्गामा एनआरएनएले बनाएको भवन अब सरकारको नाममा जाने कुरा बाहिर आइरहेको बेला एनआरएनएले भने सरकारसँग क्षतिपूर्ति मागेको छ ।

अष्ट्रेलियाको सिड्नीमा ११ र १२ मे मा आयोजित एनआरएनएको ओसेनिया क्षेत्रिय बैठकको समापनका क्रममा संघका अध्यक्ष भवन भट्टले एनआरएनएले बनाएको भवन सरकारका नाममा लगे क्षतिूर्ति दिनुपर्ने माग राखेका छन् ।

अध्यक्ष भट्टले यदि सरकारले एनआरएनएको भवन खरिद लाई गलत कार्य भनेर अर्थ लगाउँछ भने एनआरएनएको जति खर्च भएको छ त्यसको क्षतिपूर्ति सरकारले दिनुपर्ने जोडदार माग गरेका थिए । पत्रकार सम्मेलनमा अध्यक्ष भट्टले भने, ‘बकाइदा राजस्व तिरेर लालपूर्जा लिएर नगरपालिकाको निर्माण अनुमति लिएर भवन सम्पन्नको सर्टिफिकेट लिइसकेको सम्झौता कसरी फिर्ता लान पाइन्छ ?’

अध्यक्ष भट्टले क्याविनेटबाटै निर्णय गराएर जग्गा खरिद गरिएको भन्दै पुन : क्याबिनेटमै जाने समेत बताए । उनले सरकारको जग्गा बेच्ने मान्छे गलत रहेको बताउँदै आफूहरुलाई सरकारले क्षतिपूर्ति दिनुपर्ने माग गरेका थिए ।

२०७२ मा शेष घले अध्यक्ष र भवन भट्ट उपाध्यक्ष रहेका बेला एनआरएनएले जग्गा खरिद गरेको थियो भने भवन बनेको एकवर्ष वित्न नपाउँदै उक्त भवन रहेको जग्गा चरम विवादमा आएको हो ।

आफ्नै नेतृत्व रहेको बेला खरिद गरिएको उक्त जग्गाका बारेमा अध्यक्ष शेष घलेले सरकारका सबै निकाय र वकिलहरुको सल्लाह लिँदा जग्गा किन्न उचित भएका बताएपछि खरिद गरिएको बताएका छन् ।

अध्यक्ष भट्ट त्यतिबेला जग्गा खरिद गर्नका लागि बनेको कार्यसमितिका संयोजक थिए भने उक्त जग्गा उनीहरुले भाटभटेनी सुपरमार्केटका संचालक मिन बहादुर गुरुङ मार्फत २०७२ जेठ १४ गते खरिद गरेका थिए ।

गैरआवासीय नेपाली संघ ओसेनिया बैठक सम्पन्न, यस्ता छन् निर्णयहरु

 

वि.सं.२०७६ वैशाख २९ आइतवार १४:०७ मा प्रकाशित

वरिष्ठ शिक्षाविद् तथा पूर्वराजदूत प्रा. हर्षनारायण धौभडेलको निधन

वरिष्ठ शिक्षाविद् तथा पूर्वराजदूत प्रा. हर्षनारायण धौभडेलको निधन

काठमाडौं । वरिष्ठ शिक्षाविद् तथा भारत र भुटानका लागि पूर्वनेपाली...

भारतका प्रधानसेनापति काठमाडौँ आउँदै

भारतका प्रधानसेनापति काठमाडौँ आउँदै

काठमाडौँ। प्रधानसेनापति अशोकराज सिग्देलको निमन्त्रणामा भारतका प्रधानसेनापति धीरज सेठ नेपालको...

जाजरकोट पहिरो : दुई जनाको मृत्यु, दुई बेपत्ता, २०० भन्दा बढी विस्थापित

जाजरकोट पहिरो : दुई जनाको मृत्यु, दुई बेपत्ता, २०० भन्दा बढी विस्थापित

जाजरकोट । अविरल वर्षापछि जाजरकोटको भेरी नगरपालिका–२ रिसाङ तथा आसपासका...

मनसुन सक्रिय, यी प्रदेशका पहाडी भेगमा भारी वर्षाको सम्भावना !

मनसुन सक्रिय, यी प्रदेशका पहाडी भेगमा भारी वर्षाको सम्भावना !

काठमाडौँ । देशभर आज मनसुनी वायुको प्रभाव रहेको छ ।...

जापानिज इन्सेफ्लाइटिसको सङ्क्रमण बढ्दो, साबधानी अपनाउन आग्रह

जापानिज इन्सेफ्लाइटिसको सङ्क्रमण बढ्दो, साबधानी अपनाउन आग्रह

भद्रपुर (झापा) । वर्षायाम सुरु भएसँगै झापामा जापानिज इन्सेफ्लाइटिस (जेई)को...

पाटन बारमा नयाँ पदाधिकारीका लागि भएको मतदान सम्पन्न

पाटन बारमा नयाँ पदाधिकारीका लागि भएको मतदान सम्पन्न

काठमाडौँ । उच्च अदालत बार एशोसिएशन पाटनको नयाँ कार्यसमितिका लागि...