
२९ बैशाख, काठमाण्डौं । सन्राइज बैंक लिमिटेड र सूर्या लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड बीच बैंकास्योरेन्स सम्बन्धि सम्झौता भएको छ ।
सन्राइज बैंक लिमिटेडको प्रधान कार्यलयमा बैशाख २ मा आयोजित सम्झौता कार्यक्रममा सन्राइज बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य र सूर्या लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत शिवनाथ पाण्डेले बैंकास्योरेन्स सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर गरेका थिए ।
ग्राहकहरुले सन्राइज बैंकका देशभरीका शाखाहरmबाट सूर्या लाइफ इन्स्योरेन्स कम्पनीमा जीवन बीमा गर्नुका साथै प्रिमियम भुक्तानी, दाबी भुक्तानी लगायत सबै सेवा प्राप्त गर्न सक्ने बैंकद्धारा जारी विज्ञप्तिमा बताइएको छ ।
यो सम्झौताले जीवन बीमा गर्न चाहने र गरिरहेका ग्राहकहरुलाई थप सुविधा प्राप्त हुनेमा बैंक विश्वस्त रहेको जनाइएको छ ।
वि.सं.२०७६ वैशाख २९ आइतवार १५:४३ मा प्रकाशित






























