३० बैशाख, झापा । सर्वोच्च अदालतले व्यक्ति विशेषको प्रभावमा परी अर्ब रुपैयाँ बराबरको गुठीको जग्गा व्यक्तिको नाममा गरिदिएको भन्दै झापाका सरकारी अड्डाले त्यसलाई कार्यान्वयन गर्न अस्वीकार गरेको छ ।
सर्वोच्च अदालतका तत्कालीन न्यायाधिशहरु गौरी ढकाल र राजेन्द्र कोइरालले ९ फाुगन २०६६ मा झापाको विर्तामोड नगरपालिकास्थित बिर्ताबजारको अनारमनी देवी गुठी सस्थानको साढे ५४ विघा जमिन चारजनाको नाममा जोतभोगको व्यवस्था मिलाउनु भनि फैसला कार्यान्वयनका लागि सर्वोच्च अदालतको फैसला कार्यान्वयन निर्देशनालयबाट ५ पटक ताकेता गर्दा समेत झापाका सबै सरकारी अड्डाले यस्तो फैसला कार्यान्वयन नगर्ने आन्तरिक सहमति गरी म्याद गुजारेका छन् ।
सोमबारको राजधानी दैनिकबाट
वि.सं.२०७६ वैशाख ३० सोमवार ०७:१७ मा प्रकाशित