back

सन्राइज बैंक र रिलायबल नेपाल लाईफबीच बैंकास्योरेन्स सम्झौता

वि.सं.२०७६ वैशाख ३० सोमवार

42 

shares

३० बैशाख, काठमाण्डौं । सन्राइज बैंक र रिलायबल नेपाल लाइफ इन्स्योरेन्सबीच बैकास्योरेन्स सम्झौता भएको छ ।

बैशाख २९ गते भएको उक्त बैंकास्योरेन्स (Bancassurance)    सम्झौता अनुसार सन्राइज बैंकले देशभर रहेका १०५ वटै शाखाहरुबाट रिलायबल नेपाल लाईफ इन्स्योरेन्स लिमिटेडको जीवन बीमा योजनाहरु बिक्रि गर्न सक्ने छ ।

सन्राइज बैंक लिमिटेडको प्रधान कार्यालयमा बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य र रिलायबल नेपाल लाईफ इन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत नारायण बाबु लोहनी बीच बैंकास्योरेन्स सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको हो ।

सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पु¥याउने उद्धेश्य सहित यस बैकले १०५ वटा शाखा, २९ वटा शाखारहित बैंकिङ्ग सेवा, ४ वटा एक्सटेन्सन काउण्टर, १२० वटा ए.टि.एम मार्फत आफ्ना ५ लाखभन्दा बढी ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको बताएको छ । साथै मर्चेन्ट बैकिङ्ग तथा ईन्भेष्टमेन्ट बैकिङ्ग कार्य गर्नका लागि बैंकको सहायक कम्पनी सन्राइज क्यापिटल लि. रहेको छ ।

वि.सं.२०७६ वैशाख ३० सोमवार १३:१९ मा प्रकाशित

कति तोकेको छ त राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको भाउ ?

कति तोकेको छ त राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको भाउ ?

काठमाडौं । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको...

संकटमा अर्बौं विदेशी मुद्रा भित्र्याउने चिया व्यवसाय

संकटमा अर्बौं विदेशी मुद्रा भित्र्याउने चिया व्यवसाय

झापा । अलैँचीपछि सबैभन्दा बढी विदेशी मुद्रा स्वदेश भित्र्याउने चिया...

सुन्तला पकेट क्षेत्रमा यस वर्ष उत्पादनमा कमी

सुन्तला पकेट क्षेत्रमा यस वर्ष उत्पादनमा कमी

  बागलुङ । बागलुङको सुन्तला पकेट क्षेत्रमा यस वर्ष उत्पादनमा...

अध्यक्ष ढकाल भन्छन्-मौद्रिक नीतिको समीक्षाबाट अर्थतन्त्र सुधारमा सहयोग पुग्ने अपेक्षा छ

अध्यक्ष ढकाल भन्छन्-मौद्रिक नीतिको समीक्षाबाट अर्थतन्त्र सुधारमा सहयोग पुग्ने अपेक्षा छ

काठमाडौं । नेपाल राष्ट्र बैंकले शुक्रबार सार्वजनिक गरेको मौद्रिक नीतिको...

रारामा चार महिनामा चार हजार पर्यटक

रारामा चार महिनामा चार हजार पर्यटक

मुगु । कर्णालीको उत्कृष्ट पर्यटकीय गन्तव्य मानिएको रारामा चार महिनायता...

स्वदेशमै उत्पादित आलु, प्याज र स्याउमा भ्याट नलाग्ने

स्वदेशमै उत्पादित आलु, प्याज र स्याउमा भ्याट नलाग्ने

काठमाडौँ । आन्तरिक राजस्व विभागले नेपालमै उत्पादन भएका आलु, प्याज,...