back
CTIZAN AD

यसरी हुँदैछ नेकपाको पार्टी एकताको बाँकी घोषणा

वि.सं.२०७६ वैशाख ३१ मंगलवार

705 

shares

३१ बैशाख, काठमाण्डौं । २०७५ जेठ ३ को मदन आश्रित स्मृति दिवशको अवसरमा एकता घोषणा भइ बनेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले पार्टी एकताको बाँकी काम २०७६ जेठ ३ गते टुंग्याउँने भएको छ ।

एकताको ३ महिनामै काम सक्ने भनेपनि सचिवालय, स्थायी समिति, केन्द्रीय समिति र जिल्ला तथा स्थानीय तहको एकता हुन १ वर्ष लागिसकेको सन्दर्भमा बाँकी काम पनि यहि १ वर्षमै सक्ने गरी तयारी भइरहेको महासचिव विष्णु पौडेलले बताएका छन् ।

‘मदन आश्रित २६ औं स्मृति सभा तथा पार्टी स्थापनाको एक वर्षका अवसरमा जेठ ३ गते हुने कार्यक्रमलाई लक्षित गर्दै आयोजना गरिएको तयारी बैठकका क्रममा महासचिवले भने, ‘विगतका सबै कार्यक्रम भन्दा भव्यताका साथ आयोजना हुने सो कार्यक्रममै बाँकी कामहरुको घोषणा हुन्छ ।’

प्रदेश नं ३ अन्तर्गत उपत्यकामा भूगोल, गरै भौगोलिक पार्टी कमिटी र जनवर्गिय संगठनका नेता तथा कार्यकर्ताहरुको सहभागीतामा भएको सो कार्यक्रममा जेठ २ गते नै मदननगर बल्खु सिंगारिने, त्यो क्षेत्रको चहलपहल बढाइने र वरपरका सडकसम्म माइक व्यवस्थापन हुने जानकारी गराइएको थियो ।

सो पार्टीका प्रदेश नं ३ का इन्चार्ज हित बहादुर तामाङ, सेक्रेटरी पशुपति चौलागाईँ र नेता श्री राम ढकाल ‘प्रशान्त’ लगायतको उपस्थितिमा भएको सो कार्यक्रममा जनवर्गिय संगठन, केन्द्रीय निकाय र विभागहरुको घोषणा जेठ ३ गते भव्य समारोह वीच हुने बताईएको थियो ।

वि.सं.२०७६ वैशाख ३१ मंगलवार १२:२२ मा प्रकाशित

अवरुद्ध तातोपानी नाका जोड्ने सडकको इको खण्ड खुल्यो

अवरुद्ध तातोपानी नाका जोड्ने सडकको इको खण्ड खुल्यो

सिन्धुपाल्चोक । पहिरोका कारण ४० दिनदेखि अवरुद्ध चीनसँगको प्रमुख व्यापारिक...

काँग्रेसले महिला उद्यमशीलता सम्मेलन आयोजना गर्दै

काँग्रेसले महिला उद्यमशीलता सम्मेलन आयोजना गर्दै

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको...

स्याङ्जामा बोलेरो जिप दुर्घटना हुँदा दुईको मृत्यु, १० जना घाइते

स्याङ्जामा बोलेरो जिप दुर्घटना हुँदा दुईको मृत्यु, १० जना घाइते

स्याङ्जा । स्याङ्जाको गल्याङ नगरपालिका–८ करादीस्थित भित्री सडकखण्डमा बोलेरो जिप...

उद्धव थापालाई पदमुक्त गर्न उजुरीसहित प्रमुख सचेतक तामाङले प्रदेशसभा सचिवालय बुझाइन पत्र

उद्धव थापालाई पदमुक्त गर्न उजुरीसहित प्रमुख सचेतक तामाङले प्रदेशसभा सचिवालय बुझाइन पत्र

हेटौँडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की बागमती प्रदेश प्रमुख सचेतक...

संवेदनशील विषयमा बयान र खानतलासीको भिडियो सार्वजनिक गर्न तत्काल रोक लगाउन पूर्वउपप्रधानमन्त्री श्रेष्ठको आग्रह

संवेदनशील विषयमा बयान र खानतलासीको भिडियो सार्वजनिक गर्न तत्काल रोक लगाउन पूर्वउपप्रधानमन्त्री श्रेष्ठको आग्रह

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका नेता तथा पूर्वउपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठले...

मुख्यमन्त्री थापालाई विश्वासको मत दिने–नदिने विषयमा राप्रपामा फरक–फरक ह्विप, ‘फ्लोर क्रस’को सम्भावना

मुख्यमन्त्री थापालाई विश्वासको मत दिने–नदिने विषयमा राप्रपामा फरक–फरक ह्विप, ‘फ्लोर क्रस’को सम्भावना

काठमाडौँ । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापालाई विश्वासको मत दिने–नदिने...