
कतार नेपाली एकता समाज सहलीय एरिया समितिको पुनर्गठन गरिएको छ ।
केन्द्रिय समितिका अध्यक्ष हेमन्त वाइवा र सदस्य लक्ष्मण कोईरालाको विषेश उपस्थितीमा सात पूर्ण, एक वैकल्पिक र एक सल्लाहकार सदस्य चयन गरी मे १० का दिन ९ सदस्सीय कार्यसमिति चयन गरिएको छ ।
जसको अध्यक्षमा टिकाराम वर्तौला, (कैलाली), उपाध्यक्ष, सुमन वि.क (दाङ्ग), सचिव, हरि थापा, (प्यूठान), कोषाध्यक्ष सञ्जय गैरे (दाङ्ग) र सदस्यहमा .यम बहादुर मल्ल (प्यूठान), दिल बहादुर घर्ती मगर, (रोल्पा राम), बहादुर वली (दाङ्ग) रहेका छन् ।
त्यस्तै समितिको वैकल्पिक सदस्यमा विनोद बुढाथोकी (खोटाङ्ग) र सल्लाहाकार मिन गिरी (प्यूठान) लाई चयन गरिएको छ ।
नयाँ कार्यसमितिमा चयन भएका सम्पूर्णलाई केन्द्रिय समितिका अध्यक्ष हेमन्त वाईवाले शुभकामना तथा बधाई दिएका थिए ।
वि.सं.२०७६ वैशाख ३१ मंगलवार १२:५८ मा प्रकाशित






























